News Portal

लिखु तामाकोसी गाउँपालिका वडा नं २का अशक्त भएका व्यक्तिलाई घरमै सामाजिक सुरक्षा भत्ता वितरण

हिमालीसंचार संवाददाता
२७४ पटक

पुष्कर खड्का – रामेछापको लिखु तामाकोसी गाउँपालिकाका वडा नम्बर -२ सैपुका अशक्त भएका व्यक्तिलाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ।वडा नम्बर -२ सैपुका वडा अध्यक्ष सन्तोष पौडेलको पहलमा बृद्ध–बृद्धा र शारीरिक अशक्त भएका व्यक्तिहरूलाई सामाजिक सुरक्षा भत्ता घर–घरमै पुगेर वितरण गरिएकोे हो।

आर्थिक वर्ष ०७८/०७९ को सामाजिक सुरक्षा भत्ता बैङ्कसम्म पुगी लिन नसक्ने बृद्ध–बृद्धा र शारीरिक अशक्त भएका व्यक्तिहरूलाई सहयोग गरिएको र बृद्ध–बृद्धा र शारीरिक अशक्त भएका व्यक्तिहरूलाई सधैं सहयोग गर्ने अध्यक्ष पौडेलले बताउनु भयो ।

अध्यक्ष पौडेलको जानकारी अनुसार ‘सामाजिक सुरक्षा भत्ता कुनै दया वा माया लागेर दिएको भत्ता होइन, यो उहाँहरूको अधिकार हो,’ उनले भने, ‘बैङ्कसम्म पुग्न नसक्नेलाई घर–घरमा पुर्‍याउनु स्थानीय सरकारको दायित्व हो । त्यहीं दायीत्व हामीले पूरा गरेका हौं ।’सामाजिक सुरक्षा भत्ता घर–घरमै पाएपछि ९९ बर्षका बृद्ध–बृद्धाहरु धेरै खुसी भएका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ४ गतेको राशिफल

आज चैत ४, २०८२ ( मार्च १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सिताराम गोकुल मिल्क्सको दूध बिक्रीमा रोक, गुणस्तर कम भेटिएपछि कारबाही

काठमाडौं, ३ चैत – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कीर्तिपुरस्थित सीताराम गोकुल मिल्क्सले उत्पादन...

पोखरामा प्याराग्लाइडिङ पुनः सुरु हुने, च्याम्पियनसिप आयोजना हुँदै

कास्की, चैत ३ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कारण रोकिएको प्याराग्लाइडिङ खेल अब फेरि सुरु हुँदैछ।...

आज २०८२ साल चैत ३ गतेको राशिफल

आज चैत ३, २०८२ ( मार्च १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...