News Portal

नेपालले जित्यो टी-२० विश्वकप क्रिकेटको एसिया छनोट ‘बी’को उपाधि

हिमाली संचार संवाददाता
९०५ पटक

टी-२० विश्वकप क्रिकेटको एसिया छनोट ‘बी’को उपाधि नेपालले जितेको छ । शुक्रबार सिंगापुरलले नेपाललाई मात्र ८२ रनको लक्ष्य दिएको थियो । तर, नेपालले मात्र ३ बलमा एक विकेट गुमाएर १ रन बनाउँदा पानी परेपछि खेल रोकियो ।

लगातारको वर्षाका कारण खेल हुन सकेन र रन रेटका आधारमा नेपाल विजेता बनेको छ । तर, भारी वर्षाका कारण ट्रफी प्रिजेन्टेसनसमेत हुन सकेन। लगातार पाँच खेल जितेको दुबै टिमको समान अंक भए पनि नेट रन रेटमा अगाडि निकै अगाडि छ ।

मलेसिया पनि अघिल्लो चरणमा

नेपाल र सिंगापुरले यसअघि टी-२० विश्वकप छनोटको एसिया फाइनलमा स्थान बनाइसकेका थिए । तर, अन्तिम टोली टुंगो लागेको थिएन । शुक्रबार चीनलाई १० विकेटले हराएसँगै मलेसिया अघिल्लो चरणमा पुग्न सफल भएको छ ।

थाइल्याण्डको समान ७ अंक भएपनि नेट रन रेटका आधारमा मलेसिया तेस्रो बन्न सफल भएको छ ।

अब एसिया छनोट ‘ए’बाट आएका यूएई, कतार र कुवेत तथा बीबाट आएका नेपालसहित सिंगापुर र मलेसियाले एसिया फाइनल खेल्नेछन् । ६ टोलीले एकअर्कासँग खेल्दा शीर्ष दुई टोलीले टी-२० विश्वकप छनोटमा स्थान बनाउनेछन् ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...