News Portal

पिडितसंग पैक प्रहरीको अन्तरक्रिया

हिमालीसंचार संवाददाता
७१६ पटक

जाजरकोट। जाजरकोट जिल्लाको कुशे गाउपालिका वडा नं ८ मा रहेको प्रहरी चौकी पैंकले आफ्नो जिम्मेवारी इलाकाका जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, बुद्दिजिबी, सरोकारवाला तथा समाजमा हुने विभिन्न हिंसाबाट पिडित भएकाहरुसंग एक दिने अन्तरक्रिया तथा छलफल सम्पन्न गरेको छ।

सरोकारवालासंग कुनै पनि घटनाबाट पिडितले प्रहरीबाट छिटोछरितो र पारदर्शी सेवा पाएका छन/छैनन, प्रहरीको न्याय सम्पादनप्रती आमनागरिकको धारणा के रहेको छ, समाजमा घटना घट्नुको मुख्य कारण के हो, मुद्दाको प्रकृति हेरि पिडितको गोपनियता कायम भएको छ/छैन, प्रहरीले आगामी दिनमा पिडितहरुलाई न्याय दिलाउन कस्तो भुमिका खेल्न सक्छ आदि विषयमा भएको छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको चौकी इन्चार्ज प्रहारी सहायक निरीक्षक गंगा बहादुर चन्दले बताए।

उक्त छलफल तथा अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समिती जाजरकोटका सदस्य जित बहादुर रोकायले प्रहरी चौकी पैकको यो नौलो कार्यक्रमको लागि प्रहरीलाई धन्यवाद दिनुभएको थियो।

यस्ता कार्यक्रमले जनता र प्रहरीबीच सुमधुर सम्बन्ध कायम रहने, पिडितहरु छिटोछरितो न्याय पाउने, समाजमा घट्ने घटनाहरुमा कमि भैई समुन्नत समाज निर्माण हुने कुरामा आफू ढुक्क रहेकोसमेत बताउनु भएको थियो।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...