News Portal

पिडितसंग पैक प्रहरीको अन्तरक्रिया

हिमालीसंचार संवाददाता
६७५ पटक

जाजरकोट। जाजरकोट जिल्लाको कुशे गाउपालिका वडा नं ८ मा रहेको प्रहरी चौकी पैंकले आफ्नो जिम्मेवारी इलाकाका जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, बुद्दिजिबी, सरोकारवाला तथा समाजमा हुने विभिन्न हिंसाबाट पिडित भएकाहरुसंग एक दिने अन्तरक्रिया तथा छलफल सम्पन्न गरेको छ।

सरोकारवालासंग कुनै पनि घटनाबाट पिडितले प्रहरीबाट छिटोछरितो र पारदर्शी सेवा पाएका छन/छैनन, प्रहरीको न्याय सम्पादनप्रती आमनागरिकको धारणा के रहेको छ, समाजमा घटना घट्नुको मुख्य कारण के हो, मुद्दाको प्रकृति हेरि पिडितको गोपनियता कायम भएको छ/छैन, प्रहरीले आगामी दिनमा पिडितहरुलाई न्याय दिलाउन कस्तो भुमिका खेल्न सक्छ आदि विषयमा भएको छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको चौकी इन्चार्ज प्रहारी सहायक निरीक्षक गंगा बहादुर चन्दले बताए।

उक्त छलफल तथा अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समिती जाजरकोटका सदस्य जित बहादुर रोकायले प्रहरी चौकी पैकको यो नौलो कार्यक्रमको लागि प्रहरीलाई धन्यवाद दिनुभएको थियो।

यस्ता कार्यक्रमले जनता र प्रहरीबीच सुमधुर सम्बन्ध कायम रहने, पिडितहरु छिटोछरितो न्याय पाउने, समाजमा घट्ने घटनाहरुमा कमि भैई समुन्नत समाज निर्माण हुने कुरामा आफू ढुक्क रहेकोसमेत बताउनु भएको थियो।

प्रतिकृया दिनुहोस्

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...

कुवेतमा राप्रपाको भातृ संगठन ‘पानस’को तदर्थ समिति गठन संयोजकमा राम न्यौपाने

कुवेत– राष्ट्रिय प्रजातन्त्र पार्टी (रा:प्र:पा:) को भातृ संगठन प्रवासी नेपाली एकता समाज (पानस) को तदर्थ...

आज २०८२ साल माघ ५ गतेको राशिफल

आज माघ ५, २०८२ (जनवरी १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

रंगेली अस्पतालले ८९ अंक प्राप्त गर्दै देशकै नमूना अस्पताल बन्न सफल

रंगेली, मोरङ – मोरङको रंगेली अस्पताल देशभरका स्थानीय तहद्वारा सञ्चालनमा रहेका अस्पतालहरूमध्ये उत्कृष्ट तथा नमूना...

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...