News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • पुर्वाञ्चलको तेह्रथुम जिल्लालाई ‘ढाकाको राजधानी’ घोषणा

    हिमालीसंचार संवाददाता
    २१५ पटक

    तेह्रथुम – तेह्रथुम जिल्लालाई ढाका कपडाको राजधानी घोषणा गरिएको छ । हाते तानबाट ढाकाका कपडा उत्पादन गर्ने तेह्रथुमलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार ढाका कपडाको राजधानी घोषणा गरेको हो।

    ढाका कपडा बुन्ने सीप र कलालाई विश्वभर प्रचारप्रसार गर्न, व्यवसायीकरण र विविधीकरणका लागि सरकारले ढाका कपडाको राजधानी घोषणा गरेको जनाएको छ। म्याङलुङ नगरपालिकाले अयोजना गरेको कार्यक्रममा मन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेलले तेह्रथुमलाई ढाका कपडा राजधानीको जिल्ला घोषणा गरेका हुन्।

    ‘तेह्रथुम जिल्लाको ढाका कपडा गुणस्तरीय र प्रसिद्ध पनि छ। तर कपडाको बजारीकरणमा सरकारको ध्यान पुगेको पाइएन,’ मन्त्रालयका सचिव पोखरेलले भने, ‘घोषणापछि भने सीप विकास, प्रविधिको बढावा र बजारीकरणमा पनि अगाडि बढाउनुपर्छ भनेर नै मन्त्रालयको चाहना अनुसार राजधानी घोषणा गरिएको हो।’

    यसअघि मन्त्रालयले पाल्पालाई पनि ढाका कपडाको जिल्ला घोषणा गरेको थियो। मन्त्रालयले पाल्पा र तेह्रथुमलाई ढाका कपडा राजधानी घोषणा गर्ने कार्यक्रम चालु आर्थिक वर्षको कार्यक्रममा राखेको थियो। ढाका कपडालाई निर्यातयोग्य वस्तुका रूपमा अघि बढाएर लैजाने कार्यक्रम राखिएको सचिव पोखरेलको भनाइ छ।

    तेह्रथुम जिल्लाको ढाका कपडाको अनुसन्धान गर्न चाहनेहरूका लागि दातृ संस्था मार्फत् परिचालन गर्ने योजना पनि मन्त्रालयको छ। राजधानी घोषणापछि आगामी दिनमा मन्त्रालय वा अन्य दातृ निकायबाट कार्यक्रम गर्न पनि सहज हुने म्याङलुङ नगरपालिकाका प्रमुख संजय कुमार तुम्बाहाङफेले बताए।

    पछिल्लो समय तेह्रथुमे ढाका कपडाको उत्पादन र बजारीकरणमा व्यवसायी र साना उद्यमीसमेत सक्रिय भएर लागेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख उद्योग अधिकृत कृष्णप्रसाद पोखरेलले बताए। ढाकाको राजधानी घोषणा कार्यक्रम म्याङलुङ नगरपालिकाले समन्वय गरेको थियो। ‘जिल्लाको आर्थिक अवस्था सुधारका लागि ढाका कपडा माद्यम हुने नगर प्रमुख तुम्बाहाङफेको भनाइ छ। राजधानी घोषणापछि हरेक हिसाबले कार्यक्रम गर्न सरकारी तथा गैरसरकारी संघ संस्थालाई कार्यक्रम गर्न दबाब पर्ने उनको भनाइ छ।

    तेह्रथुम हाते तानबाट बुनिने ढाका कपडाको लागि प्रसिद्ध मानिन्छ। ढाकाको प्रवर्द्धनका लागि यस अघिदेखि नै म्याङलुङ नगरपालिकाले सहयोग गरिरहेको प्रमुख प्रशासकीय अधिकृत गिरीराज भटराईले बताए। घरेलु तथा साना उद्योग कार्यालयका अनुसार जिल्लामा १ सय ४५ वटा ढाका कपडा उद्योग दर्ता भएर सञ्चालनमा रहेका छन्।

    तर, १ हजारभन्दा बढी उद्योग दर्ता बिना नै सञ्चालनमा रहेको हुनसक्ने कार्यालयको अनुमान छ। यी उद्योगमा करिब १ अर्बभन्दा बढी रुपैयाँ लगानी रहेको कार्यालयको अनुमान छ। जिल्लाको ढाका उद्योगमा ५ हजार बढी जनशक्तिले रोजगारी पाएको कार्यालय प्रमुख उद्योग अधिकृत पोखरेलले जानकारी दिए।

    यस्तै, ढाका कपडा बुनाइ सम्बन्धी तालिम लिनेको संख्या १० हजार भन्दा बढी छ। घोषणापछि राष्ट्रियस्तरको मात्र नभइ अन्तर्राष्ट्रिय बजारमा पनि ढाका कपडाको पहिचान पुर्‍याउन अझ बढी सहयोग पुग्ने प्रदेश सांसद लक्ष्मण तिवारीले बताए। ‘ढाका कपडालाई टोपी र चोली, पछ्यौरी र साडी मात्र नभइ उत्पादनका अन्य विविधीकरणमा पनि लैजानुपर्ने सांसद तिवारीले औंल्याए।

    तेह्रथुमका गाउँगाउँमा ढाकाको कपडा उत्पादन कहिलेबाट सुरु गरिएको भनेर यकिन गर्न नसकिए पनि बेलायती नागरिक सुसी डान्स्मोरले सन् १९८३ मा लगातार तीन वर्ष लगाएर तेह्रथुममा उत्पादन हुने ढाकाका कपडाको अध्ययन तथा अनुसन्धान गरेर ढाका कपडा बुन्दा प्रयोगमा ल्याइने धागोको रंगको छनोट गरिदिएपछि ढाका कपडा उद्योगले व्यावसायिकता पाएको उद्योगी रामसिंह आलेले बताए।

    प्रतिकृया दिनुहोस्

    भर्जिनिया दुर्घटनामा ज्यान गुमाउने नेपालीको परिचय खुल्यो

    काठमाडौं। अमेरिकाको भर्जिनियामा ४ जना नेपाली सवार कार दुर्घटना हुँदा मृत्यु भएका २ जनाको परिचय...

    तनहुँको धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको राजापानी सिद्धेश्वर महादेव ओझेलमा

    तनहुँ। धार्मिक तथा पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको तनहुँको व्यास नगरपालिका–९ गजौडेस्थित राजापानी सिद्धेश्वर महादेव...

    डलरको भाउ बढेको बढ्यै, यस्तो छ सटही दर

    काठमाडौं। नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैङ्कले सार्वजनिक...

    अन्तरदेशीय उडानको प्रतीक्षामा पोखरा विमानस्थल

    गण्डकी। उद्घाटन भएको दुई वर्षमा केही ‘चार्टर’ उडान भएपनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तरदेशीय उडान...

    ज्ञानेन्द्र शाहले लुम्बिनीमा गरे हजार बुद्ध मन्दिरको पूजा

    दाङ। पूर्वराजा ज्ञानेन्द्र शाहले रुपन्देहीको लुम्बिनीस्थित हजार बुद्ध मन्दिरमा पुजाअर्चना गरेका छन्। मन्दिर उदघाटन अवसरमा...