News Portal

रामेछापको गोठगाउँ गोगनेमा काँग्रेस उपसभापति गुरूङ सवार गाडी दुर्घटना

हिमालीसंचार संवाददाता
२४६ पटक

पुष्कर खड्का रामेछाप – रामेछापको गोठगाउँ गोगनेमा नेपाली काँग्रेसका केन्द्रीय उपसभापति धनराज गुरूङ सवार गाडी दुर्घटना भएको छ।

उपसभापति गुरूङसहित पाँच जना सवार बा १९ च १८३९ नम्बरको स्कार्पियो गाडी रामेछापको रामेछाप नगरपालिका वडा नं(१ गोठगाउँ गोगने स्थित पानी चौर भन्ने स्थानमा दुर्घटना भएको रामेछापका महाधिवेशन प्रतिनिधि रत्न कार्कीले जानकारी दिनु भयो।

उहाँले दिएको जानकारी अनुसार नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदिप सुनुवारको श्रीमतीको निधन भएकोमा उहाँको परिवार जनप्रति समवेदना प्रकट गर्ने ओखलढुङ्गा खिजिदेम्बा गाउँपालिका खिजि फलाटे निजि निवासमा बुधबार पुगेर आज बिहिवार रामेछाप मन्थली तर्फ फर्किने क्रममा गाडी दुर्घटना भएको बताउनु भयो।

स्कार्पियो गाडी सडक किनारबाट थोरै तल झरेको तर अगाडि ढुंगाको ओत लागेकाले ठूलो दुर्घटनाबाट जोगिएको उपसभापति गुरूङले सामाजिक संजाल फेस्बुक मार्फत जानकारी दिनुभएको छ । उहाँले आफू सहित सबै जना सवार सकुशल रहेको जानकारी गराउनुभएको छ।

उहाँले सामाजिक संजाल फेस्बुक,ट्वीटरमा गाडीको फोटो राख्दै लेख्नुभएको छ, ‘ठूलो घटना हुनबाट जोगियो रामेछाप गोगनेमा हामी चढेको गाडी अचानक सडक किनारबाट तल गयो तर अगाडि ढुंगाको ओट लाग्न पुगेकाले ठूलो घटना हुनबाट जोगियो । भगवानको कृपाले हामी सबै सकुशल छौं ।गाडीमा सवार उपाध्यक्ष गुरुङसहित रामेछापका महाधिवेशन प्रतिनिधि रत्न कार्की, ललितपुर जिल्ला सदस्य सानुबाबु महर्जन लगायत पाँच जना थिए।

प्रतिकृया दिनुहोस्

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...

कुवेतमा राप्रपाको भातृ संगठन ‘पानस’को तदर्थ समिति गठन संयोजकमा राम न्यौपाने

कुवेत– राष्ट्रिय प्रजातन्त्र पार्टी (रा:प्र:पा:) को भातृ संगठन प्रवासी नेपाली एकता समाज (पानस) को तदर्थ...

आज २०८२ साल माघ ५ गतेको राशिफल

आज माघ ५, २०८२ (जनवरी १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...