News Portal

शैक्षिक क्रान्ति आवश्यकः नेता राठौर

हिमाली संचार संवाददाता
९११ पटक

बर्दिया : नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् संघिय सभासद किशोरसिंह राठौरले समाजमा ठूलो समस्याका रुपमा गाँजिदै गएको लागुऔषध दुव्र्यसनी र महिला हिंसा अन्त्यका लागि शैक्षिक क्रान्ति आवश्यक रहेको बताएका छन ।

लागु औषध, मदिरा र महिला हिंसाका बिरुद्धमा गेरुवा गाउँपालिका, गाउँपालिका स्तरिय महिला सञ्जाल र जिल्ला प्रशासन कार्यालय बर्दियाको संयुक्त आयोजनामा गेरुवा गाउँपालिकाको शान्तीबजारमा आयोजित हाम्रो अभियान, समृद्ध नेपाल, सुखी नेपाली विषयक अभियानलाइ सम्बोधन गर्दे केन्द्रिय सदस्य राठौरले नेपालमा राजनैतिक परिवर्तनहरु भए पनि सामाजिक परिवर्तन नभएकाले समाज रुपान्तरणका लागि शिक्षाको माध्यमबाट सामाजिक जागरण ल्याउनु पर्नेमा जोड दिए । समाज चेतनशिल बनाउन सके लागु औषध,मदिरा र महिला हिंसा समाजबाट आफै अन्त्य भएर जाने सांसद राठौरको भनाइ छ ।

कार्यक्रममा बोल्दै संघिय सभासद बिमला बिकले छोरीहरुलाई सिकाईने संस्कारले महिलाहरु लाई स्वभावैले कमजोर बनाएका कारण महिला माथी बढीे हिंसा हुने बताउँदै महिला पुरुषका कारण बाट मात्र हिंसामा नपरी महिलाका कारण पनि हिंसामा पर्ने गरेको बताईन ।

बर्दिया जिल्लामा पनि लागुपदार्थ सेवनकर्ताको अवस्था दिनानुदिन बढ्दै गएको कारण यस्लाई नियन्त्रण गर्न नसकेमा भयानक रुप लिन सक्ने प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले वताए । यसको रोकथाम गर्न सकिएन भने भविष्यका संततीहरु कुलतको दलदलमा फस्ने निश्चित भएको प्रजिअको भनाई छ । यस्लाई रोक्नकालागि प्रशासन र प्रहरी केन्द्रीय निती अनुसार अगाडी बढ्नका लागि कार्ययोजनाका साथ अगाडी बढ्ने समेत उनले वताए ।

बर्दिया जिल्ला ८० किमी क्षेत्र खुला सीमाना भएका कारण लागुऔधको समस्या झेल्नु परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका एसपि सुरेन्द्र प्रसाद मैनालीले वताए । यसलाई नियन्त्रण गर्न प्रहरी सुक्ष्म तरिकाले लागि रहेको एसपि मैनालकिो भनाई छ । यस्का लागि स्थानीयवासीले प्रहरीलाई सहयोग गर्नृुपर्नेमा उनको जोड थियो । कार्यक्रमका सहभागीले लागुऔषध तथा मदिरा सेवनकर्ता र महिला हिंसा विरुद्धमा सेचेतना अंकित प्लेकार्ड प्रर्दशन गर्दे शान्तीबजार बजार परिक्रमा गरेका थिए ।

बाँसगढी नगरपलिकाले निसुल्क तथा अनिवार्य आधारभुत शिक्षामा ५ वर्ष देखि १२ वर्षसम्मका बालबालिका अव कोहिपनि बाहिर नरहेको घोषणा गरेको छ । उक्त कार्यक्रम मा नगर प्रमुख सालिकराम अधिकारी ज्यु र विभिन्न राजनीतिक दल का नेताकार्यकर्ता लगायत आम जन समुदाय र विद्यार्थी भाइ बहिनी हरुको ठुलो उपस्थिति रहेको थियो । काष्ठमण्डपबाट

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...