News Portal

  • मोरङको रंगेली स्थित ग्राम लक्ष्मि बहुउद्धेश्यीय सहकारी संस्थाले राष्ट्रिय धान दिवस मनायो

    हिमालीसंचार संवाददाता
    २७५ पटक

    रबिन्द्र बराल/मोरङ –  राष्ट्रिय धान दिवसको अवसर पारेर श्री ग्राम लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले असार १५ का दिनलाई १९ औं राष्ट्रिय धान दिवसको रुपमा मनाएको छ ।

    कृष वित्त व्यापार र उपयोग जोडी समृद्ध समाजको निर्माण ग्राम लक्ष्मीको अभियान भन्ने मुल नाराका साथ धान दिवस मनाएको हो । रंगेली नगरपालिका ४ स्थित जनता माध्यमिक बिधालयको १५ बिधा खेती १० बर्षका लागि लिजमा लिएर बिधिवत रुपमा धान खेती सुरु गरेको हो । 

    राष्ट्रिय धान दिवस कार्यक्रमको प्रमुख अतिथि प्रदेश कमिटी सदस्य एवम् क्षेत्र ५ (क ) का ईन्चार्ज  मनोज अग्रवाल, बिष्ट अतिथि रंगेली नगरपालिका ६ का वडा अध्यक्ष सुजित मंण्डल,  सन्तोष साह, ग्राम लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड अध्यक्ष सन्तोष मण्डल, संस्थाका सचिव अशोक  मण्डल, स्थानीय डिल्ली घिमिरे लगायतको उपस्थिति रहेको थियो । 

    आयोजित कार्यक्रमका प्रमुख अतिथिले कृषकहरुले समयमै बर्षौदेखि मल अभाव झेल्दै गएको र कृषकहरुले आफ्नै घरमा कुखुरा पालन गरेर त्यसको सुलिको प्रयोग गरेमा केही मात्रामा मलको अभाव कम हुने विश्वास गरेका थिए । कार्यक्रममा सहभागी डिल्लि घिमिरेले भने स्थानीय सरकारले अब कुनै पनि वहाना बनाउने ठाउँ नभएको र नगरमा बहुमत समेत भएको हुनाले  कृषकका लागि मलको आवश्यकता पूरा गर्नुपर्ने बताए ।

    दक्षिणी भेगका किसानहरुले हरेक बर्ष कृषकहरुले समयमै सिचाइको सुविधा, मल र बिउबिजनको समस्या रहेको भएता पनि अबका दिनहरुमा कृषकहरुको सहयोग र साथ लिएर कृषिमा अगाडि बडनु पर्ने सहभागीहरुले बताए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज २० गतेको राशिफल

    आज असोज २०, २०८२ (अक्टोबर ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    एमालेको केन्द्रीय कमिटी बैठकको तयारी, स्थान पत्ता लाग्न बाँकी

    काठमाडौं, असोज १९ – नेकपा एमालेले असोज २७ देखि २९ गतेसम्म केन्द्रीय कमिटी बैठक आयोजना...

    देशभरका राजमार्ग बाढीपहिरोले अवरुद्ध, कतै एकतर्फी त कतै पूर्ण बन्द

    काठमाडौं, असोज १९ – देशका विभिन्न राजमार्गहरूमा निरन्तरको वर्षासँगै बाढी र पहिरोले यातायात अवरुद्ध भएको...

    इलाममा पहिरो विपद्: १८ जनाको मृत्यु, राजमार्गहरू ठप्प

    इलाम, असोज १९ – लगातारको वर्षापछि इलामका विभिन्न ठाउँमा पहिरो र बाढीका घटनाले ठूलो क्षति...

    आज २०८२ साल असोज १९ गतेको राशिफल

    आज असोज १९, २०८२ (अक्टोबर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...