News Portal

मोरङको रंगेली स्थित ग्राम लक्ष्मि बहुउद्धेश्यीय सहकारी संस्थाले राष्ट्रिय धान दिवस मनायो

हिमालीसंचार संवाददाता
३१८ पटक

रबिन्द्र बराल/मोरङ –  राष्ट्रिय धान दिवसको अवसर पारेर श्री ग्राम लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले असार १५ का दिनलाई १९ औं राष्ट्रिय धान दिवसको रुपमा मनाएको छ ।

कृष वित्त व्यापार र उपयोग जोडी समृद्ध समाजको निर्माण ग्राम लक्ष्मीको अभियान भन्ने मुल नाराका साथ धान दिवस मनाएको हो । रंगेली नगरपालिका ४ स्थित जनता माध्यमिक बिधालयको १५ बिधा खेती १० बर्षका लागि लिजमा लिएर बिधिवत रुपमा धान खेती सुरु गरेको हो । 

राष्ट्रिय धान दिवस कार्यक्रमको प्रमुख अतिथि प्रदेश कमिटी सदस्य एवम् क्षेत्र ५ (क ) का ईन्चार्ज  मनोज अग्रवाल, बिष्ट अतिथि रंगेली नगरपालिका ६ का वडा अध्यक्ष सुजित मंण्डल,  सन्तोष साह, ग्राम लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड अध्यक्ष सन्तोष मण्डल, संस्थाका सचिव अशोक  मण्डल, स्थानीय डिल्ली घिमिरे लगायतको उपस्थिति रहेको थियो । 

आयोजित कार्यक्रमका प्रमुख अतिथिले कृषकहरुले समयमै बर्षौदेखि मल अभाव झेल्दै गएको र कृषकहरुले आफ्नै घरमा कुखुरा पालन गरेर त्यसको सुलिको प्रयोग गरेमा केही मात्रामा मलको अभाव कम हुने विश्वास गरेका थिए । कार्यक्रममा सहभागी डिल्लि घिमिरेले भने स्थानीय सरकारले अब कुनै पनि वहाना बनाउने ठाउँ नभएको र नगरमा बहुमत समेत भएको हुनाले  कृषकका लागि मलको आवश्यकता पूरा गर्नुपर्ने बताए ।

दक्षिणी भेगका किसानहरुले हरेक बर्ष कृषकहरुले समयमै सिचाइको सुविधा, मल र बिउबिजनको समस्या रहेको भएता पनि अबका दिनहरुमा कृषकहरुको सहयोग र साथ लिएर कृषिमा अगाडि बडनु पर्ने सहभागीहरुले बताए ।

प्रतिकृया दिनुहोस्

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...