News Portal

बुद्ध नेपालमा जन्मेका हुन, मेरो चरित्र हत्या गरियो : अभिषेकप्रताप साह

हिमाली संचार संवाददाता
६३५ पटक

काठमाडाैं : नेपालमा जन्मिएका गाैतम बुद्धलाई भारतमा जन्मिएको भन्ने कार्यक्रममा सांसद गयो भन्दै नेपालका केहि मानिसहरु भारतको गुलामी गर्न खोजेको भन्दै कपिलवस्तु क्षेत्र नं ३ का सांसद अभिषेक प्रताप साहले आपत्ति जनाएका छन् ।

भारतले सीमावर्ती सिद्धार्थनगरमा मंगलबार गरेको बुद्ध सर्किट राष्ट्रिय रोडको शिलान्यास कार्यक्रममा सांसद शाह विशिष्ट अतिथिका रूपमा भएपछि यसको गलत फाइदा उठाउदै आफ्नो चरित्र हत्या गर्न खोजिएको सांसद साहले जनाएका छन् ।

नेपालपानासंगको कुराकानीमा साहले भने, ‘मुख्यमन्त्री योगी आदित्यनाथको निमन्त्रणामा म त्यहाँ पुगेको हुँ । त्यस कार्यक्रममा बुद्ध भारतमा जन्मिएको भनेर कुनै किसिमको प्रचार गरिएको पनि छैन र मैले कतै यस्तो कुरा बोलेको पनि छैन् ।

म आफै बुद्ध भुमिमा जन्मेको मान्छे, यस क्षेत्रको विकास र बुद्धको जन्मभुमिलाई अन्तराष्ट्रियकरण गर्नमा लागि परेको मान्छे हुँ । यसैमा केहि मानिसहरुलाई मन परेको छैन । गलत प्रचार गरेर बुद्धको जन्मस्थल लाई विवादित बनाएर राजनीति गर्न खोजेका छन् ।’

कुराकानीको क्रममा साहले भने, ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भर्खरै काठमाडाैंमा सम्पन्न भएको विमस्टेक सम्मेलनमा समेत बुद्ध नेपालमा जन्मेको भनेर भनि सकेपछि यसमा विवादको कुरा के रह्यो र ? भारतका प्रधानमन्त्रीले यसरी बोल्नु भनेको सामान्य कुरा होइन नी । अझ म नेपालको माटोमा हुर्केको मान्छे । बुद्धको जन्मस्थलमा जन्मेको मान्छे । यहिबाट जनताको भारी मतले जितेको मान्छे । उल्टै बुद्ध भारतमा जन्मे भनेर भन्छु होला त ?

मेरा विरुद्ध षडयन्त्र भएको छ । म यसको खुलेर सामना गर्न तयार छु । बुद्ध नेपालमा जन्मिएका हुन् । यसमा विवाद गर्नु पर्ने कुरै छैन् । कसैले बुद्ध भारतमा जन्मेका हुन भन्छ भने मेरै नेतृत्वमा आन्दोलन हुन्छ ।’ नेपालपाना

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...