News Portal

उदयपुरको तिल्केचौरमा जमिन भासियो, स्थानीयद्वारा बस्ति स्थानान्तरणको माग

हिमालीसंचार संवाददाता
२०९ पटक

प्रीयजन राई/उदयपुर – उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं. १० तिल्केचौरमा बस्ति भन्दा २ सय मिटर माथिको पहाड धाँजा परेर जमिन भासिन थालेपछि वडा नं. १० स्थित १७ घर परिवार उच्च जोखिममा परेको छ ।

अविरल बर्षाका कारण कटारी नगरपालिका वडा नं. १० तिल्केचौर बस्ति अविरल वर्षातसँगै पहिरोको उच्च जोखिममा परेको हो । बस्ति माथिको जमिन धाँजा परेर भासिँएपछि तिल्केचौर पहिरोको उच्च जोखिममा परेको हो ।बस्तीभन्दा करिब २ सय मिटर माथि लामो धाँजा परेर जमिन भासिएको छ । जमिन भासिँदै जाँदा तिल्केचौरका १७ घर परिवार उच्च जोखिममा परेका हुन्। 

अविरल बर्षाका कारण जमिन भासिँदा स्थानीय डाकबहादुर थापा, दिलबहादुर थापा, बालकृष्ण थापा, मानकुमारी कार्की, मिनबहादुर थापा, भुपेन्द्र बगाले थापा, केशब बस्नेत, लालबहादुर थापा, यज्ञबहादुर थापा, दुर्गाबहादुर थापा, रमेश थापा, लिलबहादुर थापा र अशोक बिष्टको घर  उच्च जोखिममा रहेको कटारी नगरपालिका वडा नं. १० का वडाध्यक्ष क्षेत्रबहादुर खड्काले हिमालीसंचारडटकमसंग बताए।  

जिल्लाको तिल्केचौरको १७ घर रहेको बस्ति वरपर जताततै जमिन भासिएको छ। त्यसमध्ये पनि बालकृष्ण, डाकबहादुर, मिनबहादुर, यज्ञबहादुर र भूपेन्द्रको घर उच्च जोखिममा रहेको छ । बस्ति भन्दा माथिबाटै जमिन भासिएकोले पहिरोको जोखिम उच्च रहेको उनले बताए । जमिन भासिँदा सिंगो बस्ति नै पहिरोको उच्च जोखिममा छ। वर्षातको समय भन्दा अगाडी नै पानी निरन्तर परिरहेका कारण पहिरोको उच्च जोखिम बढेको हो।

अघिल्लो वर्ष कटारी नगरपालिकाको कार्यपालिका बैठकले नगरका वडा नम्बर १० मा १७ घर धुरी विस्थापित हुने अवस्थामा पुगेकाले भूगर्भविद् झिकाएर बस्न नसक्ने अवस्था आए नगरपालिकाले बसोबास योग्य उपयुक्त स्थानमा बसोबासको व्यवस्था मिलाउने निर्णय गरेको थियो । तर त्यो निर्णय कार्यान्वयन हुन सकेको छैनन् ।

अविरल वर्षातसँगै तिल्केचौरबासी अहिले त्रासमा छन् । नगरपालिकाले तत्काल भूगर्भविद झिकाएर अध्यायन गराउने भनिए पनि कोरोना कहरले गर्दा सम्भव नभएको बताए । तिल्केचौरबासीमा पहिरोको त्रास कायम रहेको वडाध्यक्ष खड्काको भनाई रहेको छ । भूर्गभविद ल्याउने निर्णयसँगै बस्ती स्थानान्तरणका लागि सुरक्षित स्थानको खोजीमा लागेको लागी नगरपालिकाले अघिल्लो वर्ष निर्णय भएको थियो । तर कार्यान्वयन हुन सकेनन् । हामी निर्बाचित भएर आएकाछौं अघिल्लो निर्णय बमोजिम के गर्न सकिन्छ त्यसका लागि पहल हुने वडाध्यक्ष खड्काले पुन प्रतिबद्धता जाहेर गरे।

प्रतिकृया दिनुहोस्

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...