News Portal

  • रंगेलीमा माउण्ट मकालु स्कुलको बसले किचेर एक विद्यार्थीको मृत्यु अर्को गम्भीर धाईते

    हिमालीसंचार संवाददाता
    ३४६ पटक

    रबिन्द्र बराल/मोरङ –  मोरङको रंगेलीमा आज दिउँसो स्कुल बसले किचेर एक विद्यार्थीको मृत्यु भएको छ भने एक बालिका गम्भिर घाइते भएकी छन् ।  रंगेली–७ स्थित माउण्ट मकालु इङ्लिस बोर्डिङ स्कुलको को १ क ११३० नम्बरको बसले आज दिउँसो करिब साढे तीन बजेतिर सोही विद्यालयमा अध्ययनरत दुई बालबालिकालाई किचेको थियो।

    स्कुल छुट्टी भएपछि विद्यार्थीहरु बाहिर निस्कने क्रममा सोही स्कुलको बस अनियन्त्रीत भएर किच्दा रंगेली–७ का महादेव मण्डलका छोरा ४ वर्षीय रिपिक  मण्डलको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा रंगेली–६ चोप्राहाका स्थानीय नरेश मण्डलकी ५ वर्षीया छोरी सोनमकुमारी मण्डल गम्भीर घाइते भएकी छिन् । उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । 

    विद्यालयको लापरवाहीका कारण विद्यार्थीको मृत्यु भएको भन्दै स्थानीय आक्रोशित बनेका छन् । आक्रोशित स्थानीयले स्कुलविरुद्ध नाराबाजी गर्दै सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । आक्रोशित स्थानीयले स्कुलको दुईवटा गाडीमा तोडफोड समेत गरेका छन् । अहिले रंगेली बजारको स्थिती तनाग्रस्त छ । यतिबेला बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालित भएका छन् । प्रहरीले अनुसन्धानका लागि बस चालक र सहचालकलाई नियन्त्रणमा लिइएको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज २० गतेको राशिफल

    आज असोज २०, २०८२ (अक्टोबर ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    एमालेको केन्द्रीय कमिटी बैठकको तयारी, स्थान पत्ता लाग्न बाँकी

    काठमाडौं, असोज १९ – नेकपा एमालेले असोज २७ देखि २९ गतेसम्म केन्द्रीय कमिटी बैठक आयोजना...

    देशभरका राजमार्ग बाढीपहिरोले अवरुद्ध, कतै एकतर्फी त कतै पूर्ण बन्द

    काठमाडौं, असोज १९ – देशका विभिन्न राजमार्गहरूमा निरन्तरको वर्षासँगै बाढी र पहिरोले यातायात अवरुद्ध भएको...

    इलाममा पहिरो विपद्: १८ जनाको मृत्यु, राजमार्गहरू ठप्प

    इलाम, असोज १९ – लगातारको वर्षापछि इलामका विभिन्न ठाउँमा पहिरो र बाढीका घटनाले ठूलो क्षति...

    आज २०८२ साल असोज १९ गतेको राशिफल

    आज असोज १९, २०८२ (अक्टोबर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...