News Portal

मोरङको बेलबारी नगरपालिकाले जनप्रतिनिधिलाई साडी र झोला वितरण ग-यो

हिमालीसंचार संवाददाता
६०८ पटक

रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको बेलबारी नगरपालिकाले नवनिर्वाचित महिला जनप्रतिनिधिलाई १ लाख ७४ हजारको साडी वितरण गरेको छ । जनताको सेवामा लाग्ने प्रतिवद्धताका साथ निर्वाचित जनप्रतिनिधिले आफैंलाई साडी वितरण गर्न थालेपछि कतिपयले त्यसको आलोचना समेत गरेका छन् । 

मोरङको बेलबारी नगरसभामा पोशाकका रूपमा महिला जनप्रतिनिधिहरूलाई साडी वितरण गरिएको नगरपालिकाले जनाएको छ । गत असार ९ गते बसेको नगर कार्यपालिकाको बैठकबाट निर्णय गराएर महिला जनप्रतिनिधिहरूलाई साडी वितरण गरिएको हो । बेलबारी नगरले ६ हजार मूल्य बराबरको साडी महिलाहरूलाई वितरण गरिएको नगरपालिका स्रोतले बताए । बेलबारी नगरपालिकाकी उपमेयर निता थापा कोइरालाले नै महिला जनप्रतिनिधिका लागि साडी खरिद गरेर ल्याएकी थिइन् । 

नगरपालिकाको लेखा शाखाले उनीहरुकै बैंक खातामा उक्त रकम पठाउने तयारी गरेको छ । ‘कार्यतालिकाको निर्णय कार्यान्वयन गर्ने हाम्रो कर्तव्य हो,’ लेखा शाखाका एक कर्मचारीले भने । उक्त साडीको मूल्य भने भ्याटसहित ६ हजार रहेको छ । कार्यालयले ६ हजार रुपैयाँ नगरपालिकाले खातामा हालिदिएपछि सो रकम उपप्रमुखलाई बुझाउने एक महिला जनप्रतिनिधिले बताइन् । तर, ६ हजारमा ल्याइएको भनिएको साडीको मूल्य ६ हजार पर्ने खालको नभएको उनको भनाइ छ । 

बेलबारी नगरपालिकाको उपमेयरसहित २४ जना जनताबाट निर्वाचित जनप्रतिनिधि हुन् । त्यस्तै। ५ जना कार्यपालिकाबाट निर्वाचित भएका हुन् । ‘२९ जनालाई ६ हजारका दरले साडी वितरण गर्दा १ लाख ७४ हजार बेलबारी नगरपालिकालाई भार परेको छ।’

यस्तै, पुरुष जनप्रतिनिधिलाई भने नगर सभामा कागजपत्रहरू हाल्न भन्दै ३५ सय रुपैयाँ पर्ने झोला वितरण गरिएको छ । नगरपालिकाका जिन्सी शाखाका प्रमुख चतुर भुज माझीका अनुसार उनीहरूलाई झोला वितरण गरिएको हो । मेयरसहित ३३ जना निर्वाचित जनप्रतिनिधि हुन भने तीन जना कार्यपालिकाबाट निर्वाचित भएका हुन् । ३७  जनालाई झोला वितरण गर्दा १ लाख २९ हजार पाँच सय रुपैयाँ राज्यलाई भार परेको छ ।

प्रतिकृया दिनुहोस्

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...