नेपाली दूतावास लण्डनलद्वारा स्कटल्यान्डमा घुम्ती सेवा शुरुवात

लण्डन – बेलायतको लण्डन स्थित नेपाली दुतावासले स्कटल्यान्डमा संचालन गरेको घुम्ती सेवाबाट एक सय जना भन्दा बढीले सेवाग्राहीका लागि धुम्ति सेवा शुरुवात गरेको छ।
गैरआवासीय नेपाली संघ स्कटल्यान्डका अध्यक्ष काशीराम भण्डारीका अनुसार दुतावासले आइतबार र सोमबार गरि दुई दिन सो क्षेत्रमा घुम्ति सेवा संचालनमा ल्याएको हो । गैरआवासीय नेपाली संघ स्कटल्याण्ड राज्य परिषदका उपाध्यक्ष उज्वल कार्कीका अनुसार एवर्डिनमा ४० जना र एडिनबरामा ६० जनाले दूतावासको सेवा लिएका थिए ।
नेपाली दूतावासको तर्फबाट रामबावु नेपालको नेतृत्वमा खटिएको ६ जनाको टोलीले पासपोर्ट, भिसा, एनआरएनए कार्ड लगायतको सेवा प्रत्यक्ष रुपमा प्रदान गरेको थियो । दुतावासले दिएको सेवाप्रति गैरआवासीय नेपाली संघ स्कटल्यान्डले आभार व्यक्त गरेको छन् ।
दूतावासको घुम्ति सेवा संचालन गर्न स्कटल्याण्ड पुगेको टोलीलाई अध्यक्ष भण्डारी, समाजसेवी घनश्याम भण्डारी, नविन क्षेत्री लगायतले महत्वपूर्ण सहयोग गरेका थिए ।

















