News Portal

  • रंगेलीमा गृह श्रमीकका सवाल र विषयक एक दिवसीय कार्यशाला गोष्ठी सम्पन्न

    हिमालीसंचार संवाददाता
    २२७ पटक

    रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिका रंगेलीमा “गृह श्रमिकका सवाल र कोभिडका असर” विषयक एक दिवसीय कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

    रंगेली नगरपालिका ७ स्थित मेलिना गेष्ट हाउसमा भएको सो कार्यक्रमको प्रमुख अतिथि नगरपालिका मेयर दिलिप दिलिप वगडिया, कमला न्यौपाने, पुनम सापकोटा, राधा मंण्डल, अन्जु दाहल, कविता नेपाल लयागतको उपस्थिति रहेको थियो । कार्यक्रमका सहभागीहरुले भने नेपालमा श्रम ऐन २०७४ जारी भएपश्चात श्रम गर्ने श्रमिकहरुमा रहेको औपचारिक तथा अनौपचारिक क्षेत्र भन्ने विषयश्रम कानूनकानगरमा परिवर्तित भै निम्नानुसारका ५ श्रम वर्गिकरणमा  कायम   भएको समेत बताए ।  

    रोजगारदाताले कुनै खास कामवा सेवा किटान गरी सो सम्पन्न गर्न तोकेर दिने बादिएको रोजगारीसम्झनु पर्छ । समयगत रोजगारी, रोजगारदाताले श्रमिकलाई निश्चितसमयावधितोकी सो अवधिभित्रकुनै सेवाप्रदान गर्न, सोहीश्रम ऐन २०७४ को दफा ११ ले रोजगार सम्झौतानगरी श्रमिकलाई काममा लकाउन नहुने सम्बन्धी व्यवस्था गरेको छ।  

    सामाजिक सम्वाद गर्ने संयन्त्रको रुपमा श्रम सम्बन्धी समस्या समाधान गर्ने,  स्थानीय तह मार्फत, अभिलेखिकरण गरिएका श्रमिकलाई योगदानमा आधारितसामाजिक सुरक्षाकोषमा गृहश्रमिकका रुपमा रहेका श्रमिक महिलाहरुको श्रम अधिकारको रक्षा, मानवअधिकार तथा महिला अधिकारको रक्षा गरियोस सहभागीहरुले बताए । 

    कामका सिलसिलामा महिला पुरूषविच हुने भेदभाव, ज्यालामा हुने असमानताको अन्त्य गरियोस्  सामाजिक न्याय अन्तर्गत कानूनी र सामाजिक सुरक्षाको निश्चितता होस् भन्ने अपेक्षा समेत सहभागीहरुले राखेका छन । कार्यक्रममा महिलाहरुले मेयरलाई ज्ञापनपत्र समेत बुझाएका छन ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज २० गतेको राशिफल

    आज असोज २०, २०८२ (अक्टोबर ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    एमालेको केन्द्रीय कमिटी बैठकको तयारी, स्थान पत्ता लाग्न बाँकी

    काठमाडौं, असोज १९ – नेकपा एमालेले असोज २७ देखि २९ गतेसम्म केन्द्रीय कमिटी बैठक आयोजना...

    देशभरका राजमार्ग बाढीपहिरोले अवरुद्ध, कतै एकतर्फी त कतै पूर्ण बन्द

    काठमाडौं, असोज १९ – देशका विभिन्न राजमार्गहरूमा निरन्तरको वर्षासँगै बाढी र पहिरोले यातायात अवरुद्ध भएको...

    इलाममा पहिरो विपद्: १८ जनाको मृत्यु, राजमार्गहरू ठप्प

    इलाम, असोज १९ – लगातारको वर्षापछि इलामका विभिन्न ठाउँमा पहिरो र बाढीका घटनाले ठूलो क्षति...

    आज २०८२ साल असोज १९ गतेको राशिफल

    आज असोज १९, २०८२ (अक्टोबर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...