News Portal

स्वयम्भू र हनुमान ढोका जोडी हेरिटेज मार्ग बनाउँने पर्यटनमन्त्री श्रेष्ठको प्राथमिकता

हिमालीसंचार संवाददाता
२३६ पटक

काठमाडौं – नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले विश्व सम्पदा सूचीमा रहेका स्वयंभू र हनुमान ढोका जोडी हेरिटेज मार्ग बनाउने पहिलो प्राथमिकता रहेको बताए।

मन्त्रालयको पदभार ग्रहण गर्दै मन्त्री श्रेष्ठले विश्व सम्पदा सूचीमा रहेका स्वयंभू र हनुमान ढोकालाई जोड्ने हेरिटेज मार्ग बनाउने कुरामा विशेष जोड दिने बताएका हुन्। उनले आफू सांसद भएदेखि सुरु भएको कामलाई पूर्ण गर्न हस्ताक्षर गरेको बताए। उनले कोरोना महामारीमा पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित भएको र त्यसलाई उकास्न अध्ययन प्रतिवेदनसमेत तयार भइसकेकोले ती प्रतिवेदनका आधारमा ७ दिनभित्र कार्यन्वयन गरेर जाने विषयमा हस्ताक्षर गरेको पनि बताए। 

उनले पर्यटन क्षेत्रलाई माथि उठाउने विषयलाई उच्च प्राथमिकता दिएर काम गर्ने प्रतिवद्धता जनाए। उनले भने, ‘मैले दुईवटा निर्णयहरुमा हस्ताक्षर गरेको छु। एउटा उपत्यकाको सांस्कृतिक सम्पदाहरुको ठाउँको रुपमा चिनिन्छ। त्यसैले यो ठाउँको महत्वलाई अझ झल्काउने गरी पर्यटकहरुलाई पनि आकर्षित गर्ने र बढाउन सक्ने गरेर यहाँको सम्पदाहरु जोड्ने किसिमबाट ट्रेलहरु निर्माण गर्नको लागि अध्ययन गर्ने विषय छ। 

हनुमान ढोका र स्वयम्भू विश्व सम्पदा सूचीमा रहेका ठाउँहरु हुन्। यी दुई ठाउँलाई जोड्ने गरेर सम्पदा मार्ग बनाउने भनेर धेरै काम भइसकेको छ। त्यो कामलाई प्रारम्भ गर्ने भन्ने अर्को विषय हो। पर्यटक वृद्धिलाई उच्च प्राथमिकता दिएर पर्यटन क्षेत्रलाई कसरी चलायमान बनाउन सकिन्छ? यस बारेमा विशेष पहल गर्नेछु।’ मन्त्री श्रेष्ठले आफूले गरेको पहिलो निर्णयलाई दृढताका साथ पूरा गर्ने प्रतिवद्धता जनाए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...

समुदायद्वारा रंगेली र धनपालथानलाई कम्प्युटर तथा ल्यापटप वितरण

मोरङ, माघ २१ (रबिन्द्र बराल)-लुथरन सामुदायिक कल्याण समाज (LCWS) रंगेली–२ लक्ष्मीपुरले मोरङको रंगेली नगरपालिका र...

संघीयताबारे बालेनको बद्लिँदो धारणा, चुनावी रणनीतिसँग जोडेर चर्चा

काठमाडौं, माघ २१ — काठमाडौं महानगरपालिकाको मेयर निर्वाचनताका संघीय प्रणालीप्रति आलोचनात्मक अभिव्यक्ति दिएका बालेन साह...

एमालेले चुनावी गठबन्धनबारे कुनै औपचारिक पहल नगरेको स्पष्ट

काठमाडौं, माघ २१ — नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीले आगामी निर्वाचनका लागि कुनै पनि...