News Portal

लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको रंगेलीमा -याली

हिमालीसंचार संवाददाता
२६७ पटक

रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिकामा लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको उपलक्ष्यमा रंगेली नगरपालिकामा प्रभातफेरी कार्यक्रम गरिएको छ । सन् २०२२ जुन २६ को सन्दर्भमा रंगेली बसपार्क देखि निकालेको -यालीमा नगराका मुख्य बजार, अस्पताल चोक , भोटुवावु चोक लगायतको स्थान परिक्रमा गरिएको थियो।

आयोजित कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले नेपाललाई सुरक्षित, भयरहित र शान्तिपुर्ण बनाईराख्न गाउ समाजमा घट्न सक्ने घटनाहरु रोकौ, घटित फौजदारी अपराधको अनुसन्धान गरी सत्य तथ्य पत्तालगाउ,   शान्ति सुव्यवस्था कायम गरी समाजलाई सभ्य सुशासित बनाऊ, कानुनको कार्यान्वयन तथा भयरहित वातावरणको निर्माण गरौ जस्ता प्लेकार्ड लिएर -यालीमा सहभागी भएका थिए। 

कार्यक्रमका प्रमुख अतिथि रंगेली नगरपालिकाका नगर प्रमुख दिलिप बगडिया,  विशीष्ट अतिथी उप-प्रमुख भुमा पराजुली,  प्रमुख प्रशासकिय अधिकृत नवराज कार्की, इलाका प्रशासन कार्यालय रंगेलीका उपेन्द्र राई सशस्त्र प्रहरी प्रमुख प्रहरी निरीक्षक कमल अधिकारी, समुदायक प्रहरी अध्यक्ष मचिन्द्र कटुवाल, स्काउट, बिधालयका बिध्यार्थी, विभिन्न संघसस्था, क्लब, युवा संजालको प्रतिनिधित्व गरी उपस्थित  रहेको थियो ।  

रंगेलीका मातहत कार्यालयको जिम्मेवार क्षेत्र भारतसंग खुला सिमानाकाबाट जोडिएको हुनाले नेपालमा प्रतिबन्धित लागु औषधहरु भारतबाट ल्याई नेपालका सिमावर्ती क्षेत्र तथा अन्य क्षेत्रका युवा पुस्ताहरु माझ बिक्रि वितरण गरी कुलत दुर्व्यसनी बढ्दै गएको पाईन्छ। 

सामाजिक विकृतिको रुपमा रहेको लागु औषधको बढ्दो दुर्वयसनीका कारण सेवनकर्तामा विभिन्न मानसिक, शारीरिक रुपमा असर पर्नुका साथै समाजमा समेत नकारात्मक प्रभाव देखिन आएको हुँदा लागु औषध विरुद्ध सचेतना फैलाउने उद्धेश्यसाथ आफुहरु अगाडि बडेको प्रहरी निरिक्षक शैलेश न्यौपानेले बताए ।

पछिल्लो समयमा रक्सी र सुर्तीको सेवन लागुऔषधको पहिलो खुट्किलो भएको र  यसको सेवनलाई समेत लागु औषधको रुपमा रहेको हुनाले मानसिक चेतना, नियन्त्रण र निर्मुलिकरण गरिनु जरुरी  रहेको सहभागीहरुले बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...

समुदायद्वारा रंगेली र धनपालथानलाई कम्प्युटर तथा ल्यापटप वितरण

मोरङ, माघ २१ (रबिन्द्र बराल)-लुथरन सामुदायिक कल्याण समाज (LCWS) रंगेली–२ लक्ष्मीपुरले मोरङको रंगेली नगरपालिका र...

संघीयताबारे बालेनको बद्लिँदो धारणा, चुनावी रणनीतिसँग जोडेर चर्चा

काठमाडौं, माघ २१ — काठमाडौं महानगरपालिकाको मेयर निर्वाचनताका संघीय प्रणालीप्रति आलोचनात्मक अभिव्यक्ति दिएका बालेन साह...

एमालेले चुनावी गठबन्धनबारे कुनै औपचारिक पहल नगरेको स्पष्ट

काठमाडौं, माघ २१ — नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीले आगामी निर्वाचनका लागि कुनै पनि...