News Portal

हङकङमा ४६ बर्ष अधिदेखि समुन्द्रमा संचालित, एतिहासिक जम्बो रेष्टुरेन्ट समुन्द्रमा डुब्यो

हिमालीसंचार संवाददाता
९८२ पटक

युवा राई/हङकङ – हङकङ शहरको पहिचान बनाएर तैरिरहेको जम्बो रेष्टुरेन्ट समुन्द्रमा डुबेको छ । विगत ४६ वर्ष अधिदेखि विशाल पानी जहाजमा सञ्चालित यो रेष्टुरेन्ट दक्षिणपश्चिम हङकङको एबर्डिनमा रहेको थियो । तर, सञ्चालकले त्यहाँबाट अर्को ठाउँ (सार्वजनिक नगरिएको) मा सार्ने क्रममा रेष्टुरेन्ट प्याराल टापु नजिक समुन्द्रमा डुबेको हो ।

रेष्टुरेन्ट १ हजार मिटर तल डुबेको जनाईएको छ । अब रेष्टुरेन्टलाई पुनः उतार्न असम्भव रहेको एबर्डिन रेष्टुरेन्ट इन्टरप्राइजेजले जनाएको छ । उनका अनुसार रेष्टुरेन्ट डुबे पनि सबै जना कर्मचारीहरु सुरक्षित रहेका बताएको छ। रेष्टुरेन्ट रहेको जहाज चलाउने चालक दलका सदस्य पनी सुरक्षित रहेका छन् ।

हङकङमा सन् १९७६ को अक्टुवरमा खोलिएको यो रेष्टुरेन्ट ३ मार्च, २०२० देखि कोरोना कहरका कारण बन्द थियो । कोरोना महामारीका कारण बन्द हुनुअघि सन् २०१३ देखि नै यो रेष्टुरेन्ट घाटामा गएको बताइएको छ । तर पनि एबर्डिन रेस्टुरेन्ट इन्टरप्राइजेजले प्रतिष्ठाका लागि रेष्टुरेन्ट सञ्चालन गरिरहेको थिए ।

संचालित रेष्टुरेन्ट मर्मत गरेर नयाँ लगानीकर्तालाई बेच्ने लक्ष्यसहित एबर्डिन रेष्टुरेन्ट इन्टरप्राइजेजले रेष्टुरेन्टलाई अन्त सार्न लागेको थियो । यो रेष्टुरेन्टमा ३० लाख भन्दा बढी मानिसहरु यो रेष्टुरेन्टमा पुगेको विश्वास गरिएको छ । 

यो ऐतिहासिक रेष्टुरेन्टमा वेलयाती महारानी एलिजावेथ द्वितीय, अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टरसहित टम क्रुजलगायतका चर्चित व्यक्ति पनि पुगेका छन् । यो रेष्टुरेन्टमा केही चलचित्रहरुको छायाँकन पनि गरिएको छ ।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...