News Portal

  • भुपाल राईको अध्यक्षतामा “किरात एकेडेमी पुरस्कार” सिफारिस समिती गठन

    हिमालीसंचार संवाददाता
    ३२९ पटक

    काठमाडौं – विश्वव्यापी कोरोना महामारीका कारण किरात एकेडेमी संरचना अनुकूलको कृति अभावको कारण लामो समयसम्म स्थगित भएको “किरात एकेडेमी पुरस्कार” वितरणका लागि एक सिफारिस समिती गठन गरिएको छ । 

    गठीत कार्यसमितिका अध्यक्षः भूपाल राई, उपाधक्षः  डा. धनप्रसाद सुवेदी, महासचिवः चेतनाथ धमला, सचिवः प्रकाश राई, कोषाध्यक्षः रुपकुमार राई, सदस्यहरुमाः डा. यादेवी ढकाल, कला राई, राधा राई, बम बानिया, मनिष पिएम र आसकुमार राई रहेका छन्। 

    किरात एकेडेमी पुरस्कार यसभन्दा अगाडि पहिलो चोटी युग पाठक (उर्गेनको घोडा) र दोस्रो पटक झलक सुबेदी ( ब्रिटिस साम्राज्यको नेपाली मोहराः गोर्खा भर्तीको नालेबेली’) लाई पुरस्कार प्रदान गरिएको थियो । पुरस्कारको कुल धनराशी रु. ५०,०००/- (पचास हजार) रहेको समितिले जनाएको छ। 

    पुरस्कार समितीले १५ दिन भित्रमा कृति तथा योग्यतम् स्रस्टाको छनौट गरेर उक्त स्रस्टालाई सम्मान स्वरुप पुरस्कार प्रदान गरिने समितीका सदस्य आसकुमार राईले हिमालीसंचारडटकमसंग बताए। सदस्य राईका अनुसार कवी तथा साहित्यकार भुपाल राईको संयोजकत्वमा सदस्य डा. धनप्रसाद सुवेदी र चेतनाथ धमला रहेको तीन सदस्य पुरस्कार समिती समेत चयन गरेको छ। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज २० गतेको राशिफल

    आज असोज २०, २०८२ (अक्टोबर ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    एमालेको केन्द्रीय कमिटी बैठकको तयारी, स्थान पत्ता लाग्न बाँकी

    काठमाडौं, असोज १९ – नेकपा एमालेले असोज २७ देखि २९ गतेसम्म केन्द्रीय कमिटी बैठक आयोजना...

    देशभरका राजमार्ग बाढीपहिरोले अवरुद्ध, कतै एकतर्फी त कतै पूर्ण बन्द

    काठमाडौं, असोज १९ – देशका विभिन्न राजमार्गहरूमा निरन्तरको वर्षासँगै बाढी र पहिरोले यातायात अवरुद्ध भएको...

    इलाममा पहिरो विपद्: १८ जनाको मृत्यु, राजमार्गहरू ठप्प

    इलाम, असोज १९ – लगातारको वर्षापछि इलामका विभिन्न ठाउँमा पहिरो र बाढीका घटनाले ठूलो क्षति...

    आज २०८२ साल असोज १९ गतेको राशिफल

    आज असोज १९, २०८२ (अक्टोबर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...