News Portal

भुपाल राईको अध्यक्षतामा “किरात एकेडेमी पुरस्कार” सिफारिस समिती गठन

हिमालीसंचार संवाददाता
३७४ पटक

काठमाडौं – विश्वव्यापी कोरोना महामारीका कारण किरात एकेडेमी संरचना अनुकूलको कृति अभावको कारण लामो समयसम्म स्थगित भएको “किरात एकेडेमी पुरस्कार” वितरणका लागि एक सिफारिस समिती गठन गरिएको छ । 

गठीत कार्यसमितिका अध्यक्षः भूपाल राई, उपाधक्षः  डा. धनप्रसाद सुवेदी, महासचिवः चेतनाथ धमला, सचिवः प्रकाश राई, कोषाध्यक्षः रुपकुमार राई, सदस्यहरुमाः डा. यादेवी ढकाल, कला राई, राधा राई, बम बानिया, मनिष पिएम र आसकुमार राई रहेका छन्। 

किरात एकेडेमी पुरस्कार यसभन्दा अगाडि पहिलो चोटी युग पाठक (उर्गेनको घोडा) र दोस्रो पटक झलक सुबेदी ( ब्रिटिस साम्राज्यको नेपाली मोहराः गोर्खा भर्तीको नालेबेली’) लाई पुरस्कार प्रदान गरिएको थियो । पुरस्कारको कुल धनराशी रु. ५०,०००/- (पचास हजार) रहेको समितिले जनाएको छ। 

पुरस्कार समितीले १५ दिन भित्रमा कृति तथा योग्यतम् स्रस्टाको छनौट गरेर उक्त स्रस्टालाई सम्मान स्वरुप पुरस्कार प्रदान गरिने समितीका सदस्य आसकुमार राईले हिमालीसंचारडटकमसंग बताए। सदस्य राईका अनुसार कवी तथा साहित्यकार भुपाल राईको संयोजकत्वमा सदस्य डा. धनप्रसाद सुवेदी र चेतनाथ धमला रहेको तीन सदस्य पुरस्कार समिती समेत चयन गरेको छ। 

प्रतिकृया दिनुहोस्

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...