
रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिकाले विपद व्यवस्थापनका लागि बैठक राखेको छ । यस बर्ष मनसुन चाडै सुरु भएसंगै बिगतको तुलनामा मनसुन भन्दा बढी सक्रिय हुने मौसम विभागले जानकारी समेत गराउदै आएको छ ।
मौसम विभागको उक्त कुरालाई मध्ये नजर राख्दै नगरपालिकाले पहिलो पटक विपद व्यवस्थापनको बैठकले सम्भावना प्रभावित व्यक्तिहरुलाई सुरक्षित स्थानमा राखी उचित प्रवन्ध मिलाउने, उच्च क्षेत्रको खोजी पहिचान गर्ने जिम्मेवारीका नेपाल प्रहरी, सशस्त्र प्रहरीलाई अत्यावश्यक सामााग्री प्रदान गरिने विपदको समयमा तत्काल उद्धार कार्यमा जनपद प्रहरी, सशस्त्र युद्धटरी, नगर प्रहरी परिचालन गराउने विपद्को समयमा घाइतेको उपचारको लागी रंगेली अस्पतालमा विशेष टोली बनाई परिचालन गर्ने, रंगेली नगरपालिकाले उद्धार सामाग्री (खरीद गरी तयारी अवस्थामा राख्ने तथा जेसीबी दमकल, एम्बुलेन्स लगायत साधन तुरुन्त सेवा प्रदान गर्ने तयारी गरेको छ।
त्यसैगरी संसारीमाई स्थानको चिसाङ खोलाको पूर्वपट्टी कटान नियन्त्रण गर्ने, सरकारी कार्यलय अस्पताल, बिधालय लगायत सार्वजनिक कार्यालयको १ सय मिटर वरपरको क्षेत्रमा मदिरा बिक्रि वितरण कार्य गर्न नहुने कानुनी प्रावधानको पालना भए-नभएको बारेमा सर्वदलिय एककृत टोली परिचालन गरी अनुगमन गर्ने लगायतको कामहरु निर्णय समेत गरिएको छ ।
बैठकमा नगर प्रमुख दिलिप बगडिया, उपमेयर भुमा पराजुली, कार्यकारी अधिकृत नवराज कार्की, इलाका प्रशासन अधिकृत उपेन्द्र राई, वडा अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।