News Portal

रंगेली नगरपालिकाले विपद व्यावस्थापनका लागि उच्च सतर्कता सहित विशेष तयारी गर्यो

हिमालीसंचार संवाददाता
३२२ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिकाले विपद व्यवस्थापनका लागि बैठक राखेको छ । यस बर्ष मनसुन चाडै सुरु भएसंगै बिगतको तुलनामा  मनसुन भन्दा बढी सक्रिय हुने मौसम विभागले जानकारी समेत गराउदै आएको छ ।

मौसम विभागको उक्त कुरालाई मध्ये नजर राख्दै नगरपालिकाले पहिलो पटक विपद व्यवस्थापनको बैठकले सम्भावना प्रभावित व्यक्तिहरु‌लाई सुरक्षित  स्थानमा राखी उचित प्रवन्ध मिलाउने, उच्च क्षेत्रको खोजी पहिचान गर्ने जिम्मेवारीका नेपाल प्रहरी, सशस्त्र प्रहरीलाई अत्यावश्यक सामााग्री प्रदान गरिने विपदको समयमा तत्काल उद्‌धार कार्यमा जनपद प्रहरी, सशस्त्र युद्धटरी, नगर प्रहरी परिचालन गराउने विपद्‌को समयमा घाइतेको उपचार‌को लागी रंगेली अस्पतालमा विशेष टोली बनाई परिचालन गर्ने, रंगेली नगरपालिकाले उद्‌धार सामाग्री (खरीद गरी तयारी अवस्थामा राख्ने तथा जेसीबी दमकल, एम्बुलेन्स लगायत साधन तुरुन्त सेवा प्रदान गर्ने तयारी गरेको छ। 

त्यसैगरी  संसारीमाई स्थानको चिसाङ खोलाको पूर्वपट्टी कटान नियन्त्रण गर्ने, सरकारी कार्यलय अस्पताल, बिधालय  लगायत सार्वजनिक  कार्यालयको १ सय मिटर वरपरको क्षेत्रमा मदिरा बिक्रि वितरण कार्य गर्न नहुने कानुनी प्रावधानको पालना भए-नभएको बारेमा सर्वदलिय एककृत टोली परिचालन गरी अनुगमन गर्ने लगायतको कामहरु निर्णय समेत गरिएको छ ।

बैठकमा नगर प्रमुख दिलिप बगडिया, उपमेयर भुमा पराजुली, कार्यकारी अधिकृत नवराज कार्की, इलाका प्रशासन अधिकृत उपेन्द्र राई, वडा अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...

समुदायद्वारा रंगेली र धनपालथानलाई कम्प्युटर तथा ल्यापटप वितरण

मोरङ, माघ २१ (रबिन्द्र बराल)-लुथरन सामुदायिक कल्याण समाज (LCWS) रंगेली–२ लक्ष्मीपुरले मोरङको रंगेली नगरपालिका र...

संघीयताबारे बालेनको बद्लिँदो धारणा, चुनावी रणनीतिसँग जोडेर चर्चा

काठमाडौं, माघ २१ — काठमाडौं महानगरपालिकाको मेयर निर्वाचनताका संघीय प्रणालीप्रति आलोचनात्मक अभिव्यक्ति दिएका बालेन साह...

एमालेले चुनावी गठबन्धनबारे कुनै औपचारिक पहल नगरेको स्पष्ट

काठमाडौं, माघ २१ — नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीले आगामी निर्वाचनका लागि कुनै पनि...