News Portal

  • मोरङको रंगेलीमा ठेक्केदारका लापरबाहीका कारण सर्वसाधरणलाई सास्ति

    हिमालीसंचार संवाददाता
    २०३ पटक

    रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिका वडा नं. ८ स्थित नेपाल विद्युत प्राधिकरण अगाडिको बटो बर्ष दिनदेखि निर्माणकार्य नहुदा सम्पन्न नहुदा उक्त सडक खण्ड अहिले हिलाम्मे भएको छ ।

    गत सातादेखि अबिरल बर्षाका कारण सडक हिलाम्मे भएपछि स्थानीय सर्वसाधरणका लागि आवतजावतमा समस्या भएको छ । सो सडक निर्माण गर्नेका लागि रायमाझी भीमेश्वर जेभी भक्तपुरले जिम्मेवारी पाएको छ । तर दुई बर्ष बितिसक्दा समते सडक निर्माणकार्य भने कछुवाको गति निर्माण गरेका कारण स्थानीय सर्वसाधरणका लागि आवतजावतमा निकै समस्या भइरहेको स्थानीय बताउँछन् । 

    अहिले सडकमा रहेको हिलोका कारण खच्चा पदार्थ बोकेका चन्डिका डिस्टिलरीमा आएको ठुला तथा साना सवारी साधनहरु समेत हिलोमा फस्ने गरेको छ । त्यस्तै, साइकल, मोटरसाइकल चालक तथा पैदलयात्रीहरुका लागि समेत समस्या भइरहेको छ। 

    जेभीले पूर्वाधार विकास कार्यालय मोरङ, भौतिक पूर्वाधार विकास मन्त्रालय प्रदेश कार्यालयमार्फत कुल ४१ करोड १९ लाख १२ हजार ८ सय ९५ रुपैयाँमा उक्त सडक निर्माणका लागि ठेक्का पाएको हो ।गतवर्ष असोज २७ गते सम्झौता भएको यो सडक २०७८ असोज ३० गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने थियो। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज २० गतेको राशिफल

    आज असोज २०, २०८२ (अक्टोबर ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    एमालेको केन्द्रीय कमिटी बैठकको तयारी, स्थान पत्ता लाग्न बाँकी

    काठमाडौं, असोज १९ – नेकपा एमालेले असोज २७ देखि २९ गतेसम्म केन्द्रीय कमिटी बैठक आयोजना...

    देशभरका राजमार्ग बाढीपहिरोले अवरुद्ध, कतै एकतर्फी त कतै पूर्ण बन्द

    काठमाडौं, असोज १९ – देशका विभिन्न राजमार्गहरूमा निरन्तरको वर्षासँगै बाढी र पहिरोले यातायात अवरुद्ध भएको...

    इलाममा पहिरो विपद्: १८ जनाको मृत्यु, राजमार्गहरू ठप्प

    इलाम, असोज १९ – लगातारको वर्षापछि इलामका विभिन्न ठाउँमा पहिरो र बाढीका घटनाले ठूलो क्षति...

    आज २०८२ साल असोज १९ गतेको राशिफल

    आज असोज १९, २०८२ (अक्टोबर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...