News Portal

  • युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिकाको अध्यक्षमा जय कुमार राई निर्वाचित

    हिमालीसंचार संवाददाता
    १६४ पटक

    अमेरिका – युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिकाको केन्द्रीय अध्यक्षमा जय कुमार राई निर्विरोध निर्वाचित भएका छन्।

    संस्थाको क्यालिफोर्नियामा जून १० ताकिखमा सम्पन्न छैटौं जनरल अधिवेशनबाट निवर्तमान केन्द्रीय महासचिव राई केन्द्रीय अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन्।

    संस्थाको उपाध्यक्षमा केशव राम राई (न्युयोर्क), यान राई (क्यालिफोर्निया), कुसुम राई (मेरिल्याण्ड) तथा महासचिवमा मुक्ति नारायण राई (न्यु हेम्प्शायर) निर्वाचित भएका छन्।

    त्यस्तै, कोषाध्यक्षमा राजन कुथुमी (न्यु हेम्प्शायर) निर्वाचित हुँदा बोर्ड सदस्यमा तेज राई (क्यालिफोर्निया), गणेश राई(न्युयोर्क) र हिमाल राई(टेक्सास) चयन भएका छन्।

    संस्थाले जारी गरेको प्रेस विज्ञप्तिका अनुसार संस्थाका विभिन्न च्याप्टरका अध्यक्षहरु संस्थाको विधान अनुरुप पदेन केन्द्रिय बोर्ड एसेम्बलीका सदस्य हुने भएकोले बोर्ड एसेम्बलीका सदस्यहरु घोषणा गरेको छ ।

    केन्द्रिय बोर्ड एसेम्बलीको सदस्यमा कर्ण बहादुर राई (अध्यक्ष, न्यु इंगलैंड च्याप्टर), ममता राई (अध्यक्ष, न्यु योर्क च्याप्टर), जोरबिर राई (अध्यक्ष, क्यालिफोर्निया च्याप्टर), समिता राई (अध्यक्ष, डी. एम. भी. पी. च्याप्टर) र दमकाजी राई (अध्यक्ष, टि.ए.एफ. च्याप्टर ) रहने भएका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एमालेभित्र नेतृत्वको बहस चर्किँदै, ११औं महाधिवेशनको तयारी तीव्र

    काठमाडौं, असोज २० – नेकपा एमालेभित्र जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तनबारेको बहस तीव्र बनेको छ। अध्यक्ष केपी...

    युवा शक्ति टीम कुवेतद्वारा नेपाली दूतावासमा ज्ञापनपत्र बुझाए

    कुवेत – नेपाली श्रमिकहरूको हक ह त,सुरक्षा र समस्याहरूको समाधानको माग गर्दै कुवेतस्थित युवा शक्ति टीम कुवेतले नेपाली...

    आज २०८२ साल असोज २० गतेको राशिफल

    आज असोज २०, २०८२ (अक्टोबर ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    एमालेको केन्द्रीय कमिटी बैठकको तयारी, स्थान पत्ता लाग्न बाँकी

    काठमाडौं, असोज १९ – नेकपा एमालेले असोज २७ देखि २९ गतेसम्म केन्द्रीय कमिटी बैठक आयोजना...

    देशभरका राजमार्ग बाढीपहिरोले अवरुद्ध, कतै एकतर्फी त कतै पूर्ण बन्द

    काठमाडौं, असोज १९ – देशका विभिन्न राजमार्गहरूमा निरन्तरको वर्षासँगै बाढी र पहिरोले यातायात अवरुद्ध भएको...