News Portal

  • मोरङमा निःशुल्क स्वास्थ्य शिविर संचालन, डा.शेखर कोइरालाले पनी जाँचे बिरामी

    हिमालीसंचार संवाददाता
    १८० पटक

    रविन्द्र बराल/मोरङ – मोरङ जिल्लाको सुन्दरहरैंचा नगरपालिका वडा नं. ५ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । नोना कोइराला स्मृति प्रतिष्ठान र नोबेल शिक्षण अस्पतालको सहकार्यमा स्थानीय जनसेवा आधारभूत विद्यालयमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

    शिविरमा नोबेल अस्पतालका डाक्टरहरूसँगै नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले पनि बिरामीको स्वास्थ्य परीक्षण गरेका छन् । नि:शुल्क स्वास्थ्य शिबिर संचालनका अवसरमा बोल्दै नेता कोइरालाले नोबेलले सामाजिक सेवाका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै अस्पतालको प्रशंसा गरे । नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले गरिब तथा बिपन्न बिरामीलाई लक्षित गरेर शिविर सञ्चालन गर्ने गरिएको भन्दै शिविर सञ्चालनलाई निरन्तरता दिइने बताए ।

    उक्त शिविरमा १ हजार १३ जना बिरामीको नि:शुल्क स्वास्थ्य परीक्षण गरिएको थियो । जसमध्ये २१४ जनाको रक्त परीक्षण, १७९ जनाको भिडियो एक्सरे र १२१ जनाको इसीजी गरिएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

    शिविरमा उपचार सम्भव नभएका ८५ जनालाई थप उपचारका लागि अस्पताल रिफर गरिएको  छ । उनीहरुले नोबेल अस्पतालमा उपचार गराउँदा उपचार सेवामा ५० प्रतिशत छुट दिने समेत बताए । 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एमालेभित्र नेतृत्वको बहस चर्किँदै, ११औं महाधिवेशनको तयारी तीव्र

    काठमाडौं, असोज २० – नेकपा एमालेभित्र जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तनबारेको बहस तीव्र बनेको छ। अध्यक्ष केपी...

    युवा शक्ति टीम कुवेतद्वारा नेपाली दूतावासमा ज्ञापनपत्र बुझाए

    कुवेत – नेपाली श्रमिकहरूको हक ह त,सुरक्षा र समस्याहरूको समाधानको माग गर्दै कुवेतस्थित युवा शक्ति टीम कुवेतले नेपाली...

    आज २०८२ साल असोज २० गतेको राशिफल

    आज असोज २०, २०८२ (अक्टोबर ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    एमालेको केन्द्रीय कमिटी बैठकको तयारी, स्थान पत्ता लाग्न बाँकी

    काठमाडौं, असोज १९ – नेकपा एमालेले असोज २७ देखि २९ गतेसम्म केन्द्रीय कमिटी बैठक आयोजना...

    देशभरका राजमार्ग बाढीपहिरोले अवरुद्ध, कतै एकतर्फी त कतै पूर्ण बन्द

    काठमाडौं, असोज १९ – देशका विभिन्न राजमार्गहरूमा निरन्तरको वर्षासँगै बाढी र पहिरोले यातायात अवरुद्ध भएको...