News Portal

  • गैरआवासीय नेपाली संघद्वारा शैक्षिक सामग्री वितरण 

    हिमालीसंचार संवाददाता
    २१५ पटक

    काठमाण्डौं – नेपालमा मातृ भूमि सेवा यात्रा सञ्चालन गरिरहेको एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसनले छैठौ शृंखला सम्पन्न गरेको छ।

    एशोसियसनले नेपालस्थित देउराली फाउन्डेसन मार्फत देबघाटमा अवस्थित रामजानकी गार्गी कन्या गुरुकुलममा अध्यनरत ५३ जना छोरीहरुलाई कुर्ता सुरवाल कापी लगायतका शैक्षिक सामाग्रीहरु र पानी खाने कप वितरण गरेको हो। फाउन्डेसनका तर्फबाट बरिष्ठ पत्रकार भीम घिमिरेले यी सामग्री हस्तान्तरण गर्दै संस्कृत भाषाको रक्षा र प्रबर्धनको लागि गुरुकुलले खेलेको भूमिकाको प्रसंसा गरेका थिए।

    गुरुकुलका प्रधानाध्यापक खिम नाथ चालिसेले बिद्यालयको बर्तमान अवस्था र भाबी योजना बारे जानकारी दिए। नेपालको एक मात्र समाबेसी यस गुरुकुलमा सबै जाति समुदायका छोरीहरु अध्यन गरिरहेका छन्।
    परदेशमा बस्ने नेपालीहरुको साझा तथा परोपकारी संस्था एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसीएसनले बिद्यालय जाने गरिब तथा जेहेन्दार बिद्यार्थीहरुले  कापी कलमको अभाबमा स्कुल छोड्न नपरोस भनि यो अभियान चलाएको हो।

    एशोसीएसनले हाल सम्म नेपालका एक हजार बालबालिका लाइ कापी कलम वितरण गरि सकेको छ।बालबालिका भविष्यका कणदार हुन् यिनीहरुलाई उचित शैक्षिक वातावरण दिन सकियो भने देश समृद्ध हुने सोचका साथ यो अभियान चलाइएको एशोसीएसनका अध्यक्ष माधब मरासिनीले बताउनु भयो।

    उहाँले मातृभूमिसेवा यात्रा साझा र बिसुद्द स्वयंसेवी अभियान भएकोले यसमा साथ र सहयोग गर्न सबैलाई अपिल गर्नु भएको छ।यस छैठौ शृंखलाको लागि गैर–आवासीय नेपाली संघ अन्तर्रास्ट्रिय समन्वय परिषदका नवनिर्वाचित अध्यक्ष समाजसेवी श्री बिनोद कुँवरले आर्थिक सहयोग गर्नु भएको थियो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर ७ गतेको राशिफल

    आज मंसिर ७, २०८२ (नोभेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल मंसिर ६ गतेको राशिफल

    आज मंसिर ६, २०८२ (नोभेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    जेनजी आन्दोलनपछि जन्मिएका १० नयाँ दललाई निर्वाचन आयोगको मान्यता

    काठमाडौं, मंसिर ५ – जेनजी आन्दोलनको लहरसँगै गठन भएका १० नयाँ राजनीतिक दलले अन्ततः निर्वाचन...

    सवारी चालक अनुमतिपत्रको विवरण अब फेसबुकमार्फत सार्वजनिक

    काठमाडौं, मंसिर ५ – यातायात व्यवस्था विभागले छपाइ भई वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र...

    बस्नेतको चेतावनी: “१ लाख कार्यकर्तासहित सिंहदरबारमा सभा आयोजना गर्ने तयारी”

    काठमाडौं, मंसिर ५ – नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) कार्यक्रमका क्रममा...