News Portal

गैरआवासीय नेपाली संघद्वारा शैक्षिक सामग्री वितरण 

हिमालीसंचार संवाददाता
२५६ पटक

काठमाण्डौं – नेपालमा मातृ भूमि सेवा यात्रा सञ्चालन गरिरहेको एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसनले छैठौ शृंखला सम्पन्न गरेको छ।

एशोसियसनले नेपालस्थित देउराली फाउन्डेसन मार्फत देबघाटमा अवस्थित रामजानकी गार्गी कन्या गुरुकुलममा अध्यनरत ५३ जना छोरीहरुलाई कुर्ता सुरवाल कापी लगायतका शैक्षिक सामाग्रीहरु र पानी खाने कप वितरण गरेको हो। फाउन्डेसनका तर्फबाट बरिष्ठ पत्रकार भीम घिमिरेले यी सामग्री हस्तान्तरण गर्दै संस्कृत भाषाको रक्षा र प्रबर्धनको लागि गुरुकुलले खेलेको भूमिकाको प्रसंसा गरेका थिए।

गुरुकुलका प्रधानाध्यापक खिम नाथ चालिसेले बिद्यालयको बर्तमान अवस्था र भाबी योजना बारे जानकारी दिए। नेपालको एक मात्र समाबेसी यस गुरुकुलमा सबै जाति समुदायका छोरीहरु अध्यन गरिरहेका छन्।
परदेशमा बस्ने नेपालीहरुको साझा तथा परोपकारी संस्था एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसीएसनले बिद्यालय जाने गरिब तथा जेहेन्दार बिद्यार्थीहरुले  कापी कलमको अभाबमा स्कुल छोड्न नपरोस भनि यो अभियान चलाएको हो।

एशोसीएसनले हाल सम्म नेपालका एक हजार बालबालिका लाइ कापी कलम वितरण गरि सकेको छ।बालबालिका भविष्यका कणदार हुन् यिनीहरुलाई उचित शैक्षिक वातावरण दिन सकियो भने देश समृद्ध हुने सोचका साथ यो अभियान चलाइएको एशोसीएसनका अध्यक्ष माधब मरासिनीले बताउनु भयो।

उहाँले मातृभूमिसेवा यात्रा साझा र बिसुद्द स्वयंसेवी अभियान भएकोले यसमा साथ र सहयोग गर्न सबैलाई अपिल गर्नु भएको छ।यस छैठौ शृंखलाको लागि गैर–आवासीय नेपाली संघ अन्तर्रास्ट्रिय समन्वय परिषदका नवनिर्वाचित अध्यक्ष समाजसेवी श्री बिनोद कुँवरले आर्थिक सहयोग गर्नु भएको थियो।

प्रतिकृया दिनुहोस्

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...

कुवेतस्थित नेपाली दूतावासको ‘कमेन्ट बन्द’ निर्णयप्रति श्रमिक असन्तुष्टि चुलिँदै

कुवेत– कुवेतस्थित नेपाली दूतावासले आफ्नो आधिकारिक फेसबुक पेजमा कमेन्ट गर्न नपाउने व्यवस्था लागू गरेपछि त्यहाँ...

गगन थापा भन्छन्: ‘राजीनामा हार स्वीकारेको संकेत होइन’

काठमाडौं, ५ चैत — नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो राजीनामालाई पराजित सोचसँग जोडेर नहेर्न...