News Portal

  • हङकङ सरकारले आगामी अगष्ट पहिलो हप्ता क्यास कुपन वितरण गर्दै

    हिमालीसंचार संवाददाता
    १७४ पटक

    युवा राई/हङकङ – हङकङ सरकारले कोरोना महामारीका कारण आफ्नो जनतालाई वितरण गर्दै आएको राहत रकम मध्ये दोस्रो चरणको बाँकी रहेको  हङकङ डलर ५ हजार क्यास कुपन भौचर अगस्ट ७ तारिख वितरण गर्ने भएको छ।

    पहिलो चरणमा प्राप्त नगरेकाहरुले जुन २३ तारिखबाट आवेदन दिन सक्नेछन्, गैर-स्थायी बासिन्दाहरूले पनि आवेदन दिन सक्नेछन्। गत वर्षको पहिलो उपभोग भौचर योजनाको वितरण गर्दा १८ बर्ष पुरा भएका र  जुन २३ तारिख भित्र सम्ममा १८ बर्ष पुगेकाहरुले हङकङ डलर १० हजार क्यास कुपन भौचर  प्राप्त गर्न सक्ने बताएका छन् ।

    घरेलु प्रवासी कामदारहरूलाई यो योजनाबाट बञ्चित गरिएको बताइएको छ भने जुन १८ जुन २०१९ देखि १२ जुन २०२२ स्थानीय बासिन्दाहरूले स्थायी रूपमा लामो समय छाडेकाहरुले पनि यो सुविधाबाट बञ्चित हुनेछन् । 

    बिदेशमा अध्ययन गर्न गएकाहरुले चाहिँ उक्त सुविधा उपभोग गर्न पाउने छन। हङकङ स्थायी रुपमा छोडेर जानका लागि अनिवार्य सञ्चय कोष निकाल्न आवेदन दिएका व्यक्तिहरूलाई पनि दोस्रो चरणको उपभोग भौउचर प्राप्त गर्न सक्ने छैनन् ।

    अक्टोपस कार्ड प्रयोगकर्ताहरूले अगस्ट ७ तारिखदेखि हङकङ डलर २ हजार प्राप्त गर्नेछन्। त्यसपछि अक्टोबर १ मा थप २ हजार हङकङ डलर प्राप्त गर्नेछन्। बाँकी १ हजार हङकङ चाही ४ हजार हङकङ डलर खर्च गरिसकेको अवस्थामा मात्रै महिनाको १६ तारिखमा वितरण गरिनेछ। अक्टोपस बाहेक अन्य एप प्रयोगकर्ताले पहिलो पटक २ हजार डलर प्राप्त गर्नेछन् भने त्यसपछि ३ हजार डलर हजार प्राप्त गर्नेछन् । 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एमालेभित्र नेतृत्वको बहस चर्किँदै, ११औं महाधिवेशनको तयारी तीव्र

    काठमाडौं, असोज २० – नेकपा एमालेभित्र जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तनबारेको बहस तीव्र बनेको छ। अध्यक्ष केपी...

    युवा शक्ति टीम कुवेतद्वारा नेपाली दूतावासमा ज्ञापनपत्र बुझाए

    कुवेत – नेपाली श्रमिकहरूको हक ह त,सुरक्षा र समस्याहरूको समाधानको माग गर्दै कुवेतस्थित युवा शक्ति टीम कुवेतले नेपाली...

    आज २०८२ साल असोज २० गतेको राशिफल

    आज असोज २०, २०८२ (अक्टोबर ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    एमालेको केन्द्रीय कमिटी बैठकको तयारी, स्थान पत्ता लाग्न बाँकी

    काठमाडौं, असोज १९ – नेकपा एमालेले असोज २७ देखि २९ गतेसम्म केन्द्रीय कमिटी बैठक आयोजना...

    देशभरका राजमार्ग बाढीपहिरोले अवरुद्ध, कतै एकतर्फी त कतै पूर्ण बन्द

    काठमाडौं, असोज १९ – देशका विभिन्न राजमार्गहरूमा निरन्तरको वर्षासँगै बाढी र पहिरोले यातायात अवरुद्ध भएको...