News Portal

अर्थमन्त्री शर्मा नैतिक हिसाबले पदमा बस्न मिल्दैन : पूर्वअर्थमन्त्री पाण्डे

प्रमुख सचेतक भट्टराईले बुदा नं.९ मा रहेको कार्यसुचिबाट हटाउन माग

हिमालीसंचार संवाददाता
१८९ पटक

काठमाडौ – एमालेका सांसद तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले अर्थमन्त्री जनार्दन शर्माले पदमा बस्न नैतिक हिसाबले नमिल्ने बताएका छन् । करका दर हेरफेरका विषयमा सार्वजनिक भएका विवादका कारणले अर्थमन्त्रीलाई पदमा बस्न नमिल्ने बताएका हुन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा एमालेले अर्थमन्त्रीले राजीनामा गर्नुपर्ने माग गरेको हो । ‘यति गम्भीर प्रश्न उठेपछि अर्थमन्त्री त्यो पदमा बस्न लायक हुनुहुन्छ? प्रधाानमन्त्रीले यसको जवाफ दिनुपपर्ट्टछ कि पर्दैन ?,’ उनले भने, ‘करको विषय ज्यादै गोपनीय विषय हो । राष्ट्रको सुरक्षा स्वार्थको विषय जस्तै हो । यसको जवाफ संसदमा हामी चाहन्छौं । मन्त्रीले नैतिक हिसाबले त्यो पदमा बस्न मिल्दैन ।’

प्रमुख प्रतिपक्षले सोमबारको प्रतिनिधिसभा बैठकमा गम्भीर प्रश्न उठाएपछि अर्थमन्त्रीले संसद्‍मा जवाफ दिनुपर्नेमा त्यसो नगरेको भन्दै पाण्डेले आपत्ति जनाए । ‘यति गम्भीर विषयको गम्भीरतताका साथ प्रश्न खडा गरिसकेपछि अर्थमन्त्रीले आएर संसद्‍मा यसका बारेमा कुनै प्रस्ट पार्नुभएन । यो ज्यादै आपत्तिजनक कुरा हो,’ उनले भने, ‘यसबारेमा खासगरी करका दर तलमाथि भए भन्नेबारेमा विभिन्न सांसदहरूले बजेटको छलफलमा प्रतिपक्षी र सत्तापक्षका सांसदहरूले गम्भीर चासो व्यक्त गरेका छन्। 

बजेट निर्माण प्रक्रियाबारे उनले भने, ‘अर्थमन्त्रालयमा बजेट संसदमा प्रस्तुत गर्नु अघिल्लो दिन अर्थमन्त्रालयका कर्मचारीबाहेक कसैलाई प्रवेश दिइँदैन । खासगरी करका दरमाथिको छलफल चलिरहेको बेलामा मन्त्रीलाई बाहेक कसैलाई फोन राख्ने अधिकार दिइँदैन र सचिवका टेलिफोन दराजमा राखेर छलफल गर्ने चलन रहन्छ ।’ तर यसपटक अर्थमन्त्री शर्माले बाहिरका मान्छेलाई अर्थमन्त्रालयमा बोलाएर करका दर चलाउन आदेश दिएको भन्ने सार्वजनिक भएको विषयलाई लिएर प्रतिपक्षले संसद्‍मा आवाज उठाएको हो ।

निश्चित व्यापारिक घरानालाई फाइदा पुर्‍याउनका लागि बजेटमा करका दर, भन्सार र राजश्व दरमा हेरफेर गरेको आरोप समेत अर्थमन्त्रीलाई लागेको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...

समुदायद्वारा रंगेली र धनपालथानलाई कम्प्युटर तथा ल्यापटप वितरण

मोरङ, माघ २१ (रबिन्द्र बराल)-लुथरन सामुदायिक कल्याण समाज (LCWS) रंगेली–२ लक्ष्मीपुरले मोरङको रंगेली नगरपालिका र...

संघीयताबारे बालेनको बद्लिँदो धारणा, चुनावी रणनीतिसँग जोडेर चर्चा

काठमाडौं, माघ २१ — काठमाडौं महानगरपालिकाको मेयर निर्वाचनताका संघीय प्रणालीप्रति आलोचनात्मक अभिव्यक्ति दिएका बालेन साह...

एमालेले चुनावी गठबन्धनबारे कुनै औपचारिक पहल नगरेको स्पष्ट

काठमाडौं, माघ २१ — नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीले आगामी निर्वाचनका लागि कुनै पनि...