News Portal

  • अर्थमन्त्री शर्मा नैतिक हिसाबले पदमा बस्न मिल्दैन : पूर्वअर्थमन्त्री पाण्डे

    प्रमुख सचेतक भट्टराईले बुदा नं.९ मा रहेको कार्यसुचिबाट हटाउन माग

    हिमालीसंचार संवाददाता
    १६० पटक

    काठमाडौ – एमालेका सांसद तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले अर्थमन्त्री जनार्दन शर्माले पदमा बस्न नैतिक हिसाबले नमिल्ने बताएका छन् । करका दर हेरफेरका विषयमा सार्वजनिक भएका विवादका कारणले अर्थमन्त्रीलाई पदमा बस्न नमिल्ने बताएका हुन् ।

    प्रतिनिधिसभाको मंगलबारको बैठकमा एमालेले अर्थमन्त्रीले राजीनामा गर्नुपर्ने माग गरेको हो । ‘यति गम्भीर प्रश्न उठेपछि अर्थमन्त्री त्यो पदमा बस्न लायक हुनुहुन्छ? प्रधाानमन्त्रीले यसको जवाफ दिनुपपर्ट्टछ कि पर्दैन ?,’ उनले भने, ‘करको विषय ज्यादै गोपनीय विषय हो । राष्ट्रको सुरक्षा स्वार्थको विषय जस्तै हो । यसको जवाफ संसदमा हामी चाहन्छौं । मन्त्रीले नैतिक हिसाबले त्यो पदमा बस्न मिल्दैन ।’

    प्रमुख प्रतिपक्षले सोमबारको प्रतिनिधिसभा बैठकमा गम्भीर प्रश्न उठाएपछि अर्थमन्त्रीले संसद्‍मा जवाफ दिनुपर्नेमा त्यसो नगरेको भन्दै पाण्डेले आपत्ति जनाए । ‘यति गम्भीर विषयको गम्भीरतताका साथ प्रश्न खडा गरिसकेपछि अर्थमन्त्रीले आएर संसद्‍मा यसका बारेमा कुनै प्रस्ट पार्नुभएन । यो ज्यादै आपत्तिजनक कुरा हो,’ उनले भने, ‘यसबारेमा खासगरी करका दर तलमाथि भए भन्नेबारेमा विभिन्न सांसदहरूले बजेटको छलफलमा प्रतिपक्षी र सत्तापक्षका सांसदहरूले गम्भीर चासो व्यक्त गरेका छन्। 

    बजेट निर्माण प्रक्रियाबारे उनले भने, ‘अर्थमन्त्रालयमा बजेट संसदमा प्रस्तुत गर्नु अघिल्लो दिन अर्थमन्त्रालयका कर्मचारीबाहेक कसैलाई प्रवेश दिइँदैन । खासगरी करका दरमाथिको छलफल चलिरहेको बेलामा मन्त्रीलाई बाहेक कसैलाई फोन राख्ने अधिकार दिइँदैन र सचिवका टेलिफोन दराजमा राखेर छलफल गर्ने चलन रहन्छ ।’ तर यसपटक अर्थमन्त्री शर्माले बाहिरका मान्छेलाई अर्थमन्त्रालयमा बोलाएर करका दर चलाउन आदेश दिएको भन्ने सार्वजनिक भएको विषयलाई लिएर प्रतिपक्षले संसद्‍मा आवाज उठाएको हो ।

    निश्चित व्यापारिक घरानालाई फाइदा पुर्‍याउनका लागि बजेटमा करका दर, भन्सार र राजश्व दरमा हेरफेर गरेको आरोप समेत अर्थमन्त्रीलाई लागेको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एमालेभित्र नेतृत्वको बहस चर्किँदै, ११औं महाधिवेशनको तयारी तीव्र

    काठमाडौं, असोज २० – नेकपा एमालेभित्र जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तनबारेको बहस तीव्र बनेको छ। अध्यक्ष केपी...

    युवा शक्ति टीम कुवेतद्वारा नेपाली दूतावासमा ज्ञापनपत्र बुझाए

    कुवेत – नेपाली श्रमिकहरूको हक ह त,सुरक्षा र समस्याहरूको समाधानको माग गर्दै कुवेतस्थित युवा शक्ति टीम कुवेतले नेपाली...

    आज २०८२ साल असोज २० गतेको राशिफल

    आज असोज २०, २०८२ (अक्टोबर ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    एमालेको केन्द्रीय कमिटी बैठकको तयारी, स्थान पत्ता लाग्न बाँकी

    काठमाडौं, असोज १९ – नेकपा एमालेले असोज २७ देखि २९ गतेसम्म केन्द्रीय कमिटी बैठक आयोजना...

    देशभरका राजमार्ग बाढीपहिरोले अवरुद्ध, कतै एकतर्फी त कतै पूर्ण बन्द

    काठमाडौं, असोज १९ – देशका विभिन्न राजमार्गहरूमा निरन्तरको वर्षासँगै बाढी र पहिरोले यातायात अवरुद्ध भएको...