News Portal

संसदमा रासायनिक मल आपुर्तीको विषयमा छलफल चलिरहदा कृषिमन्त्री यादव निदाए

हिमालीसंचार संवाददाता
२०९ पटक

काठमाडौं – प्रतिनिधिसभाको बैठकमा किसानले रासायनिक मल नपाएको सम्बन्धमा छलफल चल्दै गर्दा कृषिमन्त्री निदाएका छन् । प्रतिनिधि सभामा बजेटमाथिको छलफल स्थगन गर्दै मलको विषयमा छलफल चल्दा–चल्दै कृषिमन्त्री महेन्द्रराय यादव निदाएका छन् ।

प्रतिनिधिसभाकी सांसद कलिला खातुनले किसानले रासायनिक मल नपाएको विषयमा बोल्दै गर्दा मन्त्री यादव निदाएका हुन् । खातुन रोष्टममा गएर किसानले मल नपाउनुको कारण मन्त्री यादवले दिने बताउँदै थिइन् । सोही समयमा मन्त्री यादव निदाइरहेका देखिन्थे ।

आज प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेटमाथिको छलफल रोकेर किसानले मल नपाउनुको विषयमा छलफल प्रस्ताव गरेको थियो । सोही विषयमा छलफल हुँदै गर्दा र सत्तापक्ष तथा प्रतिपक्ष सांसदले मन्त्री यादवमाथि किसानले मल नपाउनुको कारण बुझ्दै गर्दा उनी निदाएका हुन् ।

प्रतिकृया दिनुहोस्

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...