News Portal

हामीले मालिस गर्नुका महत्वपूर्ण फाईदाहरू: डा. हेमराज कोइराला

हिमालीसंचार संवाददाता
४०१ पटक

मालिस अत्यन्त लोकप्रीय प्राकृतिक उपचार विधि हो। मौषम परिवर्तन, वातवारणिय प्रदूषण, गलत आहार विहार, प्रतिरक्षा प्रणालीको क्षय, असन्तुलित भोजन, मानसिक तनाव, व्यायम र विश्रामलाई प्रश्रय नदिने जीवनशैली, कामको आपाधापी आदिका कारणले शरीरका साम्य अवस्थामा रहेको पञ्च महाभूतहरूको असन्तुलन पैदा भएर विभिन्न किसिमका रोगहरूको जन्म हुने गर्दछ। फलतः व्यक्ति रोगी हुन पुग्दछ ।

प्राकृतिक चिकित्साको सिद्धान्त अनुसार यी असन्तुलित पञ्चमहाभूतहरूलाई साम्य अवस्थामा ल्याएर सन्तुलित गराएमा रोगी पुनः स्वस्थ्य जीवनमा फर्कन्छ । पञ्चमहाभूत सन्तुलनका लागि प्राकृतिक चिकित्सामा विभिन्न किसिमका उपचार विधिहरु छन् जसमध्ये तेल मालिस पनि एउटा उपचार पद्धति हो। 

स्वास्थ्य व्यक्तिले तेल मालिस योग्य मालिस कर्तासंग गराउन सक्छन भने रोगीले मालिस गराउनु पूर्व प्राकृतिक चिकित्सकको परामर्श लिन जरुरी छ । चिकित्सकले मालिस गराउने व्यक्तिको शारीरिक तथा मानसिक प्रकृति रोगका कारणले उत्पन्न विकृति, पञ्चमहाभूतहरूको अवस्था, व्यक्तिको बल, बय (उमेर) र रोगावस्था आदिको वारेमा पूर्ण जानकारी लिनेछन् । मालिसको प्रकार, समय, मालिसको कला र स्नेहन द्रव्य (तेल) छनोट  व्यक्तिको शारीरिक तथा मानसिक प्रकृतिको आधारमा गरिन्छ। रोगीको रोगलाई हेरेर रोग सामक तेलको प्रयोग नै तेल मालिसको विशेषता हो । यी औषधिय द्रव्यहरुको क्रिया र मालिस कलाको संयोजन नै तेल मालिस हो ।

फाइदाहरु:

व्यस्तताले भरिएको तनावग्रस्त आधुनिक जीवनशैलीका लागि तेल मालिस अमृत समान हो । विशेषतः कफ तथा वात रोगहरुमा तेल अत्यन्त लाभदायक छ । तर, ज्वारो आएको, घाउ खटिरा भएको, एकाएक । सुन्निएको अवस्थामा अभ्यङ्ग गराउनु हुदैन । उपयूक्त औषधिय द्रव्यहरुको छनोट गरेर गराइएको मालिसले स्वास्थ्य जीवन चाहने जो कोहिलाई पनि पोषण गर्दछ । 

१. निद्रा सम्वन्धि समस्यहरु जस्तै, निद्रा नआउने, विचविचमा निद्रा टुटिरहने, गहन तथा आरमदायि निद्राको अवस्थासम्म पुग्न नसक्ने, स्वप्ना ज्यादा देख्ने, निद्रामा बरबराउने आदि समस्यमा लाभदायक छ । 

२. त्वचाको रक्तसंचारलाई बढाएर भोजनवाट प्राप्त पोषक तत्वहरु र अक्सिजनलाई तुलनात्मक रुपले कम रक्तसंचार हुने, त्वचाको बाह्य स्थानसम्म पुर्याइ पोषण गर्दछ । फलतः  मृत कोषहरु हटाएर त्वचालाई  सुन्दर वनाउछ । 

३. दिशा, पिसाप, पसिना जस्ता विजातिय द्रव्यहरुको निष्कासनमा सहयोग गर्दछ ।

४. जोर्नीहरुको कार्यक्षमता बढाई शारीरिक तन्दुरुस्तीलाई जीवन्त राख्न सहयोग गर्छ । 

५. इन्द्रियहरु निर्विकार हुन्छन् । मांशपेसी र त्वचाको प्राकृतिक लचकता, रंग चुस्त रहन्छन् । 

६.तनाव दूर गराएर मानसिक प्रशन्नतालाई जिवन्त राख्दछ । साइकोसोम्याटिक रोगका लागि लाभदायक छ । थकावट, कमजोरी र आलस्यता दूर गर्नमा तेल मालिस साहयक छ । 

७. कम उमेरमै देखा परेका बुढेसकालका लक्षणहरु जस्तै, कपाल फुल्ने, चाउरी पर्ने, त्वचाको प्राकृतिक रंग उग्लिने, हाड जोर्नीहरु खिइने, रगतका नसाहरू साघुरिएर रक्तचाप वढ्ने जस्ता समयस्यमा लाभकारी छ ।

८. धातु क्षयलाई रोक्दछ । अनुहारमा चमक ल्याउदछ । 

(डा. हेमराज कोइराला भरतपुर—१, वागीश्वरी स्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय मेडिकल डाइरेक्टर हुन्)

प्रतिकृया दिनुहोस्

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य झगडाले लियो दुःखद मोड : पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको मृत्यु

ललितपुर, चैत २६ — पाटनको कृष्ण मन्दिर आसपास भएको छुरा प्रहारको घटनामा घाइते भएका दुई...

सम्पत्तिको विवादको शंका: पोखरामा एकल महिलामाथि घातक आक्रमण, अनुसन्धान तीव्र

पोखरा, चैत २६ — पोखराको सभागृह चोक क्षेत्रमा बुधबार साँझ एक महिलामाथि भएको घातक आक्रमणमा...