News Portal

  • कबड्डी-४ का अभिनेत्री मगर र भिक्षु तामाङ मिलापत्र प्रकरण विरुद्ध आङकामी शेर्पाले दिए अन्तराष्ट्रिय अदालत जाने चेतावनी

    विश्व लिम्बुमाथी एक पक्ष मिलापत्र र सक्कली च्यातेर नक्कली कागज बनाएको आरोप

    हिमालीसंचार संवाददाता
    १३७५ पटक

    काठमाडौं – अभिनेत्री मिरुना मगर र भिक्षु फुर्वा तामाङ व्याक टच प्रकरण मिला पत्र पश्चात पुन: आङ कामी शेर्पाका कारण चर्किएको छ। अमेरिका निवासी शेर्पाले भिक्षु फुर्वा तामाङलाई फेसबुक लाइभ मार्फत उक्त प्रकरणका विषयमा मिलापत्र भएको धटनालाई कोट्याएका कारण पछिल्लो समय धटनाले नया रुप लिएको हो। 

    अमेरिका बस्दै आएका शेर्पाले दोषीलाई उचित कारवाहीका लागि सत्यको पक्षमा आवाज उठाएको फेसबुक लाईभ मार्फत बताएका छन् । उनले लामा फुर्वा तामाङमाथी सार्वजनिक स्थलमा हातपात गर्ने पृथ्वी सिंह ठकुरीमाथी सरकारले छानविन गरी आवश्यक कारवाही हुनु पर्ने धारण राखेका शेर्पाले मिलापत्रको कगजात एक पक्ष लेख्ने पत्रकार विश्व लिम्बुलाई समेत अगाडि ल्याउनु पर्ने धारणा राखेका छन्। 

    शेर्पाले फेसबुक लाईभ मार्फत नेपालमा नेपालीबीच लडाइँ हुने संकेत देखियो जातीय रूपमा आफनो जातिको बचाउ गर्ने हो भने सत्य कुरा बाहिर आउन सक्दैन। नेपालको प्रचलित कानून बमोजिम दोषी माथी कडा भन्दा कडा कारवाही होस नत्र अन्तर्राष्ट्रिय कानूनी रूपमा जानू पर्ने अबस्थामा आएको छ भन्दै शेर्पाले चेतावनी दिएका छन्।  

    त्यसैले सत्यतथ्य बाहिर आउनु पर्छ एक अर्कोमा मिलापत्र भएर सार्वजनिक  रूपमा नायिका  र भिक्षुसगै राखेर यो विवाद मिलाउनु पर्ने धारणा राखेका छन् । शेर्पाले भिक्षूमाथी सार्वजनिक स्थलमा हातपात गर्ने पृथ्वी सिंह ठकुरी र मेरो अनलाइन युटुवका संचालक पत्रकार विश्व लिम्बुलाई एक तर्फी मिलापत्रको कागजात बनाएर थप विवादस्पत बनाउने व्यक्तिलाई समेत अगाडि ल्याउनु पर्ने धराणा राख्दै नेपालको कानून, अदालत हुदा हुदै सोझो लामालाई उल्टो फसाउने पत्रकार लिम्बुलाई अब देखि होशियार हुनु होला कुनै पनि धर्म माथी यसरी आक्रमण न होस भन्दै पत्रकार लिम्बुलाई चेतावनी दिएका छन् । 

    शेर्पाले ४६.२७ मिनेट लामो फेसबुक लाईभमा मिला पत्र पश्चात कबड्डी-४ को पोष्टरहरु जल्न थालेपछि यस विषयमा आफुले बुझ्न चाहेको भन्दै आफ्नो बचाउ गरेका छन्। शेर्पाले आफ्नो भनाई र भिक्षुको कुरो युटुबरहरुले बंग्याएका बताए। लिम्बु, मगर समुदायबाट म्यासेजमा नानाथरी गाली गलौज गरिरहेका छन् तर उनीहरुको गालि गलौजले मलाई केहि फरक नपर्ने, मैले नौ बर्षको उमेरदेखि यस्तो गालि गलौज र दुख भोग्दै आएको उल्लेख गर्दै जात र धर्म भन्दा माथी  उठेर मानवताको हिसाबले कर्म गरेको बताएका शेर्पाले गल्ति हुन गए क्षमाप्रथी छु भनेर सबैसंग क्षमा मागेका छन् । 

    शेर्पाले पटक पटक आफुलाई गालि गलौज गर्ने समुहको गालि गलौजले आफुलाई केहि नहुने बताउदै उनीहरुले मलाई जीवनमा कहिले भेट्न नसक्ने समेत बताएका छन्। मिलापत्र भइ सकेको केश तपाईले कीन निकाल्नु भएको भन्ने प्रश्नमा शेर्पाले अस्वीकार गरेका छन्। उनले कबड्डी-४ को पोष्टर जल्न थालेपछि  नेपालका मिडियाले समाचार प्रशारण नगरेपछि सत्य तथ्य बुझ्न भिक्षूलाई फेसबुक लाइभमा लिएर आएको भने स्वीकार गरेका छन् । शेर्पाले फेसबुक लाईभमा भिक्षुलाई लिएर आएपछि यो धटनाले नया रुप लिएको हो। भारतको सिक्किममा समन्वय गरेका शेर्पाले अहिले विरोध चर्कन थालेको छ।  

    उनले भनेका छन् “भिक्षुको केश मिलापत्र भएको होइन, प्रहरीले ३ हजार धरौटीमा छोडेको हो” लामालाई न्यूरोड प्रहरीले नियन्त्रणमा लिएपछि उनको बयान सिडियो कार्यालयलाई उपलब्ध गराएपछि लामा छुटेको बताएका छन्। उनले कमल भण्डारीसंग संबाद भएको अन्तक्रिया रेकर्ड सुरक्षित रहेको समेत बताएका छन् । 

    सिडियो कार्यालयमा भएको मिलापत्र मोनालिसा थकाली रेष्टुरेन्ट नक्शालमा पत्रकार विश्व लिम्बुले च्यातेको आरोप समेत लगाएका छन्। उनले भनेका छन् “कमल भण्डारीसंग सिडियो कार्यालयमा एकआपसमा मिसअन्डस्ट्यानिङका कारण दुर्धटना धटन् गएको भन्ने मिलापत्रको कागजात कमल भण्डारीको हातमा रहेको मिलापत्रका कागज थकाली रेष्टुरेन्टमा पत्रकार विश्व लिम्बुले च्यातेको बताए।” उनले थप भनेका छन् त्यही थकाली रेष्टुरेन्टमा सक्कली काजपत्र च्यातेर नक्कली कागज बनाए, कमल भण्डारीले अस्वीकार गरेर बाहिर गएका समयमा भिक्षुलाई कबड्डी-४ का टिमले फसाएको बताएका छन्। 

    आश्चार्य गर्दै गरेका भिक्षु तामाङलाई “मेरो जीन्दगीको लागि यो कर्म गरी दिनु पर्यो भनेर अनुरोध गरेपछि भिक्षु तामाङले मैले यती गर्दा उहाको जीन्दगी सुरक्षित हुन्छ र फिल्मि चल्छ भने कीन गर्ने भनेर मिलापत्रमा हस्ताक्षर गरेको बताउदै सोझो लामालाई इमोशनल ब्लाक मेलिङ गरेको बताए। बुद्ध दर्शन अनुरुप माफ माग्नेलाई माफ दिनु सबैभन्दा ठुलो धर्म भएको हुनाले भिक्षु लामा भाईले माफ दिएको बताए। 

    माफ दिएपछि मिलापत्रमा गरिएका सम्झौताको पालना नायिकाले नगरेको आरोप लगाउदै पत्रकार विश्व लिम्बुले सामाजिक संजालमा मिलापत्रको कागजात सार्वजनिक गर्नु गल्ति रहेको बताउदै कमल भण्डारीले खदा लगाई दिन अस्वीकार गर्दा समेत आसिर्बाद स्वरुप भनेर कबड्डी-४ फिल्म चल्नका लागि भण्डारीलाई फसाएको बताएका छन्। 

    सार्वजनिक स्थलमा सिंगो बुद्धको भेषभुषा माथी आक्रमण भएको बताएका शेर्पाले भिक्षु तामाङले उठबस गरेको बताउदै गुम्बाका ४ जना लामाहरुलाई फकाइ फुलाई हस्ताक्षर गर्न लगाएको आरोप लगाएका शेर्पाले म जस्तो मान्छेलाई त विश्व लिम्बुले जोक्कर बनाउन सक्छ भने नेपालका सत्यको मार्गमा हिड्ने लामाहरुलाई जोक्कर बनाउन गाह्रो नभएको बताउदै बुद्धिष्ट देशहरुसंग समन्वय गरिरहेको समेत बताएका छन् । 

    अभिनेत्री मगरकी आमासंग बेलायतमा सम्पर्क गरिरहेको बताएका शेर्पाले नायक दयाहाङ राईले म्यासेजको जबाफ नदिएको बताए। तर पत्रकार विश्व लिम्बुले नकारात्मक जबाफ दिएको बताउदै पत्रकार विश्व लिम्बुमाथी पटक पटक खनिए। अफगानस्थानमा बुद्धिष्ट समुदायमाथी आक्रमण हुदा अफगानस्थानको हवीगत आज यस्तो अबस्था रहेको बताएका शेर्पाले हाम्रो देश नेपालमा बुद्ध भगवानको जन्मभूमि कस्तो कस्तो मान्छे भएको कारणले हाम्रो देशको स्थिति कहा पुग्यो भनेर समाजमा भड्किलो शैली प्रयोग समेत गरेका छन् । 

    बेलायतका मगरसंघका अध्यक्ष, एनआरएनएका अध्यक्षले समेत आफुलाई म्यासेज गरेको बताउदै त्यस्ता म्यासेजले आफुलाई फरक नपर्ने बताएका शेर्पाले आफु दैनिक १६/१७ घण्टा अनलाइन बस्दै आएको बताएका शेर्पाले डिजिटल युगमा पत्रकार विश्व लिम्बु जस्तो पत्रकारको कुरो नपत्याइ दिन आग्रह गर्दै उनी संग किताबी ज्ञान भए पनी व्याबहारिक ज्ञान नभएको दोहोर्याए। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    पपस्टार राजु लामाले ओसियानाको सर्वोच्च पहाड आरोहण, वातावरण संरक्षणको सन्देश दिए

    काठमाडौं, कार्तिक १४ – पपस्टार तथा पर्वतारोही राजु लामाले इन्डोनेसियाको सर्वोच्च पहाड कार्सटेन्ज पिरामिड (पन्साक...

    थापाथलीको राममन्दिर क्षेत्रमा अनधिकृत संरचना भत्कायो काठमाडौं महानगर

    काठमाडौं, कार्तिक १४ – काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राममन्दिर क्षेत्रमा निर्माण गरिएका अनधिकृत संरचना डोजर लगाएर...

    बालेनलाई वार्ताका लागि बोलाउँदै स्थानीय, बञ्चरेडाँडामा फोहर संकट

    काठमाडौं, कार्तिक १४ – बञ्चरेडाँडामा फोहर फ्याँक्न रोक लगिएपछि काठमाडौं महानगरपालिकाले महानगरवासीलाई घरमै फोहर सुरक्षित...

    आज २०८२ साल कार्तिक १४ गतेको राशिफल

    आज कार्तिक १४, २०८२ (अक्टोबर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    गंगा जमुना गाउँपालिकाको एम्बुलेन्स धादिङको नौबिसेमा दुर्घटना

    धादिङ, कार्तिक १३ — गंगा जमुना गाउँपालिकाको एम्बुलेन्स काठमाडौँबाट फर्किने क्रममा धादिङको नौबिसेमा दुर्घटना भएको...