News Portal

एसियन कप छनौटमा नेपालको दोस्रो हार

हिमालीसंचार संवाददाता
३९६ पटक

कुवेत– एएफसी एसियन कप छनौटतर्फ समूह ए मा रहेको नेपालले समूह चरणको आफ्नो लगातार दोस्रो खेलमा पनि हार बेहोरेको छ । बुधबार राती पहिलो खेलमा जोर्डनसँग २–० ले पराजित भएको नेपालले शनिबार राती आयोजक कुवेतसँग ४–१ ले निराश हुन पुग्यो।

पहिलो खेलमा भन्दा तुलनात्मक रुपमा सुधारिएको प्रदर्शन गरेको नेपालले कुवेत विरुद्ध आक्रमणको जालो पनि बुनेको थियो। तर नेपालको गोल गर्ने प्रयास अन्तिम समयमा मात्र सम्भव भयो। नेपालका लागि इन्जुरी समयमा दर्शन गुरुङले एक मात्र गोल फर्काए।
पहिलो हाफको पछि दोस्रो गेम सुरु हुँदा फेरी नेपाली फुटबल खेलाडीहरुले राम्रो रुपमा खेल प्रदर्शन गरेका थिए

त्यस्तै खेलका क्रममा दोस्रो हाफ मै मुख्य प्रशिक्षक अब्दुला अल्मुताइरी अस्वस्थ्य भई मैदान मै ढल्दा नेपाली खेलाडीहरुमा केही मानसिक दबाब पर्न पुगेको आभाष देखिन्थ्यो। मुख्य प्रशिक्षक अल्मुताइरीको अनुपस्थितिमा उनको जिम्मेवारी सहायक प्रशिक्षक किरन श्रेष्ठले लिएका थिए।

यो लगातार दोस्रो हारले नेपालको छनौट प्रतियोगिताको सम्भावना समाप्त भएको छ।नेपालले आफ्नो समूह चरणको अन्तिम खेल मंगलबार इण्डोनेसियासँग खेल्नेछ। इण्डोनेसियाले आफ्नो पहिलो खेलमा कुवेतलाई २–१ ले हराएको थियो। साथै शनिबार मध्यरात मै इण्डोनेसियाले जोर्डनसँग खेल्ने कार्यक्रम छ।

 

 

 

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...

कुवेतस्थित नेपाली दूतावासको ‘कमेन्ट बन्द’ निर्णयप्रति श्रमिक असन्तुष्टि चुलिँदै

कुवेत– कुवेतस्थित नेपाली दूतावासले आफ्नो आधिकारिक फेसबुक पेजमा कमेन्ट गर्न नपाउने व्यवस्था लागू गरेपछि त्यहाँ...

गगन थापा भन्छन्: ‘राजीनामा हार स्वीकारेको संकेत होइन’

काठमाडौं, ५ चैत — नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो राजीनामालाई पराजित सोचसँग जोडेर नहेर्न...

कुवेतस्थित नेपाली दूतावासको फेसबुक पेजमा कमेन्ट किन बन्द गरियाे?

काठमाडौँ–  नेपाली दूतावास कुवेतले आफ्नो आधिकारिक फेसबुक पेजमा आउने कमेन्टहरू बन्द गरेपछि यतिबेला उक्त निर्णयबारे...