News Portal

  • क्यान्सर रोगीले खानैपर्ने जुसहरु : हेमराज कोइराला

    हिमालीसंचार संवाददाता
    ३९३ पटक

    क्यान्सर भन्ने बित्तिकै एउटा असाध्य रोगको रुपमा हामीसबैले बुझेका हुन्छौ तर आरम्भिक दिनमै ठम्याएर उपचार गर्नसके क्यान्सर पूरै निको हुनसन्छ । यो रोग लाग्दा क्यान्सर प्रभावित भागको कोषहरु अनियन्त्रित रुपमा बढ्ने, अन्य तन्तुहरुमा पनि प्रसारित हुने र अनियन्त्रित वृद्धि भइरहेका क्यान्सर कोषहरु रक्त अक्सिजनको अभावमा मर्ने गर्दछ ।

    अन्तत्वगत्वा अनियन्त्रित कोष वृद्धिकै कारणले क्यान्सर रोगीको मृत्यु समेत हुन्छ । क्यान्सरलाई नियन्त्रणमा लिन वा क्यान्सरबाट बच्न क्यान्सर कोषहरुको वृद्धिमाथि लगाम लगाउनु पर्ने हुन्छ । यो लगाम तब मात्र सम्भव छ जब कोष बाहिरको वातावरण (Extra Cellular Fluid) पूर्ण प्राकृतिक हुन्छ । 

    क्यान्सर कोषहरुको अनियन्त्रित वृद्धि हुनुको मुख्य कारण कोष बाहिरको वातावरणमा विजातीय द्रव्यहरूको संकलन भई कोष विभाजनलाई नियन्त्रण गर्ने तन्त्र विथोलिनुले हो । कोष बाहिरको वातावरणमा विजातिय द्रव्य संकलित हुदाँ यी द्रव्यहरुले सुसुप्त अवश्थामा रहेको कोषको क्यान्सर कारक जीन (Oncogene) लाई उत्तेजीत गरेर अनियन्त्रित रुपमा विभाजित हुन प्रेरित गर्दछ । 

    यो अनियन्त्रित वृद्धि नै क्यान्सर हो र यसबाट निजात पाउन कोषको बाहिरको वातावरणमा विद्यमान विषहरुको शोधन हुनु पर्दछ । यो सोधन केहि प्राकृतिक तरिकाले उब्जाईएका फलफूल एवं तरकारीको जुसको सेवनले सम्भव छ । यसर्थ क्यानसर रोगीले निम्न फलका रसहरूको सेवन गर्नु पर्दछ । 

    १. गहूँको जमराको जुसः गहूँको जमरामा प्रचूर मात्रामा क्लोरोफिल पाईन्छ । क्लोरोफिलले आफैमा एण्टिअक्सिडेण्ट र एन्टि म्यूटाजेनिक यौगिक हो । क्लोरोफिलको सेवनले राता रक्तकोषहरूको वृद्घि गराएरको तथ्यहरू पनि सार्वजनिक भएका छन । रक्तकोषहरू बढ्दा क्यानसर ग्रस्त तन्तुहरूमा ज्यादा अक्सिजन पु~याएर क्यानसर कोष मार्न सहयोग पु~याउदछ । गहूँको जमरामा क्यानसर प्रतिरोधि सेलेनियम र लियट्राईल पनि पाईन्छ । गहूँको जमरामा १३ किसिमका भिटामिनहरू, बिसैवटा अमाईनो एसिडहरू र एण्टिअक्सिडेण्टहरू पाईन्छ, । यी सबै तत्वहरू क्यानसर प्रतिरोधि हुन । 

    २. कालो अंगुरको जुस: अंगुरमा लाइमेनिन (Limonine) नामक फाइटोकेमिकलले क्यान्सर कारक तत्वहरुलाई हटाउन मद्दत गर्दछ । अंगुरको बिउलाई मुख्यत कोलन–क्यान्सर (ठूलो आन्द्राको) को उपचारमा प्रयोग गरिँदै आइएको छ । अंगुरमा मोनोटारपेन्स (Monotarpens) नामक तत्व पनि छ । मोनोटारपेन्सले पनि क्यान्सर कारक तत्वहरु शरीरबाट हटाउन मुख्य भूमिका खेल्दछ । 

    ३. गाजरको जुस: गाजर पनि क्यान्सर प्रतिरोधी फाइटोकेमिकल्सल भरिएको फल हो । गाजरका विद्यमान बीटा क्यारोटीन नामक तत्वले मुख्यत छालाको क्यान्सरको रोकथाम नियन्त्रण र उपचारमा ठूलो भूमिका खेल्दछ । गाजरले क्यान्सर तन्तुको क्षय (Tumor Necrosis) पश्चात हुने घाउँहरु सन्चो हुन पनि मद्दत गर्दछ । 

    ४. चुकन्दरको जुस: पर्याप्त मात्रामा एण्टिअक्सिडेण्ट र भिटाभिनहरुले भरिएको चुकन्दर क्यारोटेनोइडसहरूको राम्रो स्रोत हो । चुकन्दरमा विद्यमान क्यारोटेनोइइसले सबैखाले क्यान्सरको रोकथाम गर्न महत्वपूर्ण भूमिका खेल्दछ । रगतको क्यान्सर (ल्यूकेमीयाको) उपचार गर्न पनि क्याराटेनोइडसको प्रयोग गर्ने गरिन्छ 

    ५. गोलभेंडाको जुस: गोलभेंडा भिटामिन सी को खजाना हो । भिटामिनहरुका अलावा गोलभेंडामा सोडियम, फस्फोरस, क्याल्सियम, पोटासियम, म्यानेसियम र सल्फर जस्ता थुप्रै खनिज एवम् लवणहरु पाईन्छन् । गोलभेंडाको रस मुख्यत प्रोष्टेट क्यान्सरका लागि खुवाउने गरिन्छ । गोलभेंडामा विद्यमान ग्लुटाथायन नामक तत्वले कोषहरुलाई अक्सिडेटिभ स्ट्रेसबाट बचाउनका साथै प्रतिरक्षा प्रणालीलाई सशक्त पार्ने काम पनि गर्दछ । 

    ६. ब्रोकाउलीको जुस: ब्रोकाउलीमा इन्डोल–३ कार्बीनोल ९क्ष्लमयभि (Indole – 3 Carbinol) नामक तत्व पाइन्छ । ईन्डोल ३ कार्बिनोलले स्तनको क्यान्सर, पाठेघरको मुखको क्यान्सर र अण्डाषयको क्यान्सरको रोकथाम नियन्त्रण र उपचारमा मुख्य भूमिका अदा गर्दछ । इन्डोल–३ कार्वीनोललाई इष्ट्रोजन हारमोन प्रतिरोधि र प्रतिस्पर्धा प्रणाली ससक्त पार्ने तत्वको रुपमा बुझिएको छ । 

    ७. सलादपत्ताको जुस: पर्याप्त मात्रामा सल्फर, क्लोरिन, सिलिकन र बीकम्प्लेक्स भिटामिनहरूले भरपुर सलादपत्ताको जुस फोक्सोको क्यानसरको लागि उपयोगी छ । 

    ८. नोनीको जुस : नोनीको जुस फष्ट स्टेजको क्यान्सर निको पार्न सक्ने क्षमता राख्दछ । नोनीको जुसले क्यान्सर कोषहरुलाई नष्ट गर्नुका साथै क्यान्सर कोषहरु खाइदिने सेता रक्त कोषहरु पनि बनाउन मद्दत गर्दछ । 

    (डाक्टर कोइराला भरतपुर—१, वागीश्वरी स्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय मेडिकल डाइरेक्टर हुन्)

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    धुनिबेशी–६ मा सात सवारी साधन एकैपटक दुर्घटना, धेरै यात्रु घाइते

    धादिङ — राजमार्गअन्तर्गत धादिङको धुनिबेशी नगरपालिका–६ मा एकै स्थानमा सातवटा सवारीसाधन संलग्न भयावह दुर्घटना भएको...

    कुवेतकाे साल्मी मरुभूमिस्थित शिविरबाट ठूलो मात्रामा लागूऔषध बरामद

    कुवेत – कुवेत प्रहरीले साल्मी मरुभूमिको एउटा शिविरमा भण्डारण गरिएको र कुवेत भित्र तस्करी गर्ने...

    प्रिटोरियामा छात्रावासमा गोलीकाण्ड: तीन वर्षीय बालकसहित ११ जनाको मृत्यु

    काठमाडौं -दक्षिण अफ्रिकाको राजधानी प्रिटोरियास्थित एक छात्रावासमा शनिबार बिहान बन्दुकधारीहरूले अन्धाधुन्ध गोली चलाउँदा तीन वर्षीय...

    आज २०८२ साल मंसिर २० गतेको राशिफल

    आज मंसिर २०, २०८२ (डिसेम्बर ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कुलमान घिसिङले देश नेतृत्व गर्न सहयोगको आग्रह गरे

    रामेछाप, १९ मंसिर – ऊर्जा मन्त्री कुलमान घिसिङले आगामी दिनमा देशको नेतृत्व गर्ने योजना रहेको...