News Portal

नुवाकोटको प्रशारण लाइनमा चढेका पुरुषको उद्धारका लागि सेना गुहारियो

हिमालीसंचार संवाददाता
३३७ पटक

काठमाडौं – नुवाकोटको विद्युत प्रशारण लाइनमा एक पुरुष पुगेपछि नेपाल विद्युत प्राधिकरणले ६० लाख रुपैयाँ हाराहारी घाटा बेहोर्नुपरेको जनाएको छ । प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले ५ घण्टा विद्युत उत्पादन बन्द गर्दा सो बराबरको घाटा भएको बताए ।

घिसिङका अनुसार ‘उनलाई तल झार्न दिनभर प्रयास गर्दा पनि सफल भएको छैनौँ । विद्युत उत्पादन बन्द गर्नुपर्दा घण्टामा १० देखि १२ लाख रुपैयाँ बराबर घाटा भइरहेको छ । विद्युत उत्पादन बन्द गर्दा काठमाडौंमा बिजुली पुर्याउन गाह्रो हुन लागेको छ । झन्डै ७० मेगावाट विद्युत उत्पादन बन्द गरिएको छ । प्रहरीले पनि तल झार्न प्रयास गरिहेको छ । 

नुवाकोटको बेलकोटगढी नगरपालिका १३ घले गाउँका माइला विक शनिवार बिहानदेखि २ सय २० केभीको प्रशारण लाइनमा हिँडिरहेका छन् । बिहान ९ बजे प्रशारण लाइनको टावरबाट सबैभन्दा माथिल्लो लाइनमा पुगेका उनलाई अपराह्न साढे ४ बजेसम्म उद्धारको प्रयास सफल हुन सकेको छैन । 

बिहान ११ बजेदेखि विद्युत उत्पादन बन्द गरिएको घिसिङले बताए । तलबाट बोलाउँदा नमानेपछि उनको उद्धारका लागि प्राधिकरणले प्रमुख जिल्ला अधिकारी र नेपाली सेनालाई गुहारेको छ ।  उनले भने– ‘तारमा गएर उसलाई तल झार्न पनि सम्भव छैन्, बोलाउँदा झन् झन् माथि गइरहेको छ । नेपाली सेनालाई पनि भनेका छौँ, प्रमुख जिल्ला अधिकारी पनि लागिरहनुभएको छ ।

नेपाल आर्मीले हेलिकप्टर लिएर जाँदा पनि उद्धार गर्नुपर्ने मान्छे नै तयार भएन भने के गर्ने ? समातेर ल्याउन पनि नमिल्ने अवस्था छ ।’  मानसिक समस्या रहेको विकको उद्धार गर्न अझै समस्या रहेको बताईएको छ। 

प्रतिकृया दिनुहोस्

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...

निर्वाचनको निष्पक्षताबारे ओलीको चिन्ता, प्रधानमन्त्रीसँग सुरक्षा तयारीबारे छलफल

काठमाडौँ, माघ २२ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने...

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...

समुदायद्वारा रंगेली र धनपालथानलाई कम्प्युटर तथा ल्यापटप वितरण

मोरङ, माघ २१ (रबिन्द्र बराल)-लुथरन सामुदायिक कल्याण समाज (LCWS) रंगेली–२ लक्ष्मीपुरले मोरङको रंगेली नगरपालिका र...