News Portal

  • नुवाकोटको प्रशारण लाइनमा चढेका पुरुषको उद्धारका लागि सेना गुहारियो

    हिमालीसंचार संवाददाता
    ३०६ पटक

    काठमाडौं – नुवाकोटको विद्युत प्रशारण लाइनमा एक पुरुष पुगेपछि नेपाल विद्युत प्राधिकरणले ६० लाख रुपैयाँ हाराहारी घाटा बेहोर्नुपरेको जनाएको छ । प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले ५ घण्टा विद्युत उत्पादन बन्द गर्दा सो बराबरको घाटा भएको बताए ।

    घिसिङका अनुसार ‘उनलाई तल झार्न दिनभर प्रयास गर्दा पनि सफल भएको छैनौँ । विद्युत उत्पादन बन्द गर्नुपर्दा घण्टामा १० देखि १२ लाख रुपैयाँ बराबर घाटा भइरहेको छ । विद्युत उत्पादन बन्द गर्दा काठमाडौंमा बिजुली पुर्याउन गाह्रो हुन लागेको छ । झन्डै ७० मेगावाट विद्युत उत्पादन बन्द गरिएको छ । प्रहरीले पनि तल झार्न प्रयास गरिहेको छ । 

    नुवाकोटको बेलकोटगढी नगरपालिका १३ घले गाउँका माइला विक शनिवार बिहानदेखि २ सय २० केभीको प्रशारण लाइनमा हिँडिरहेका छन् । बिहान ९ बजे प्रशारण लाइनको टावरबाट सबैभन्दा माथिल्लो लाइनमा पुगेका उनलाई अपराह्न साढे ४ बजेसम्म उद्धारको प्रयास सफल हुन सकेको छैन । 

    बिहान ११ बजेदेखि विद्युत उत्पादन बन्द गरिएको घिसिङले बताए । तलबाट बोलाउँदा नमानेपछि उनको उद्धारका लागि प्राधिकरणले प्रमुख जिल्ला अधिकारी र नेपाली सेनालाई गुहारेको छ ।  उनले भने– ‘तारमा गएर उसलाई तल झार्न पनि सम्भव छैन्, बोलाउँदा झन् झन् माथि गइरहेको छ । नेपाली सेनालाई पनि भनेका छौँ, प्रमुख जिल्ला अधिकारी पनि लागिरहनुभएको छ ।

    नेपाल आर्मीले हेलिकप्टर लिएर जाँदा पनि उद्धार गर्नुपर्ने मान्छे नै तयार भएन भने के गर्ने ? समातेर ल्याउन पनि नमिल्ने अवस्था छ ।’  मानसिक समस्या रहेको विकको उद्धार गर्न अझै समस्या रहेको बताईएको छ। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    प्रचण्डले बताए माओवादी सक्रियताका साथ निर्वाचनमा भाग लिने

    काठमाडौं, असोज २०  – नेकपा माओवादी केन्द्रका पूर्वअध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी आगामी निर्वाचनमा सक्रियताका...

    ओली र लेखक पक्राउको माग गर्दै सुदन गुरुङको ह्याशट्याग अभियान सुरु

    काठमाडौँ, असोज २० – जेनजी आन्दोलनका क्रममा भएको दमनको विरोधस्वरूप ‘हामी नेपाल’ का संयोजक सुदन...

    एमालेभित्र नेतृत्वको बहस चर्किँदै, ११औं महाधिवेशनको तयारी तीव्र

    काठमाडौं, असोज २० – नेकपा एमालेभित्र जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तनबारेको बहस तीव्र बनेको छ। अध्यक्ष केपी...

    युवा शक्ति टीम कुवेतद्वारा नेपाली दूतावासमा ज्ञापनपत्र बुझाए

    कुवेत – नेपाली श्रमिकहरूको हक हित,सुरक्षा र समस्याहरूको समाधानको माग गर्दै कुवेतस्थित युवा शक्ति टीम कुवेतले नेपाली...

    आज २०८२ साल असोज २० गतेको राशिफल

    आज असोज २०, २०८२ (अक्टोबर ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...