News Portal

आज कुवेत सिटीस्थित जवर अल अहमाद अन्तर्राष्ट्रिय मैदानमा नेपाल र कुवेतबीच खेल हुदै

हिमालीसंचार संवाददाता
५०० पटक

कुवेत सिटी – एएफसी एसियन कप सन् २०२३ छनोटअन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा आज नेपालले आयोजक कुवेतविरुद्ध खेल्दैछ। कुवेत सिटीस्थित जवर अल अहमाद अन्तर्राष्ट्रिय मैदानमा हुने खेल स्थानिय समय अनुसार राति ७ः१५ मा (नेपाली १० बजे) सुरु हुनेछ।

प्रतियोगितामा दोस्रो चरणको खेल खेल्दै गर्दा दुबै टोली पहिलो जितको खोजीमा छन् । समूहको पहिलो खेलमा घरेलु टोली कुवेत इन्डोनेसियासँग २–१ अन्तरले पराजित भएको थियो। यस्तै, नेपाल बलियो टोली जोर्डनविरुद्ध २–० अन्तरले खेल गुमाएको थियो।

जोर्डनविरुद्ध युवा टोलीले उत्कृष्ट खेल प्रदर्शन गर्दा प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी सोहि सेटलाई मौका दिने योजनामा छन्। त्यसैले दोस्रो दिन टोलीमा कुनै परिवर्तन हुने छैन। गोलरक्षक दीप कार्की र डिफेन्डर विकास तामाङको डेब्यु खेलमा आशलाग्दो प्रदर्शन गरेका थिए।

यस्तै, एक वर्षअघि यसै मैदानमा चोट बोकेर यहि मैदानमा कमब्याक गरेका विकास खवासले समेत उत्कृष्ट प्रदर्शन जारी राखे। पहिलो हाफको अन्त्यमा गोलरक्षक दीपले एक पेनाल्टी बचाउँदै आफूलाई उत्कृष्ट सिद्ध गरे। यस्तै अग्रपंक्तिमा रहेका आयुष घलान, मनिष डांगीसँगै सेसेहाङ आङ्देम्बे, पुजन उपरकोटी, सुरज जिउ ठकुरी, रक्षक द्वय गौतम श्रेष्ठ र सुमन अर्यालले समेत आशलाग्दो प्रदर्शन गर्दै युवा टोलीमा थप हौसला प्रदान गरे।

यता, बलियो टिम मानिएको घरेलु टोली कुवेत भने मैदानमा बाहिरको खराव आवाजलाई मैदानमा समेत निरन्तरता दिँदै दुःखद् नतिजा बेहोर्न बाध्य भयो। टिम छनोटबाटै विवादमा रहेको कुवेती टिमले मैदानमा समेत राम्रो प्रभाव पार्न सकेको छैन। उमेर ढल्केका खेलाडीलाई टोलीमा स्थान दिँदा हाल कुवेत एफए नै विवादमा तानिएको छ र उसको समर्थन समेत पहिलो खेलमा खुसी देखिएका थिएनन्।

औसत ३० बर्ष उमेरका खेलाडी सामु नेपालका औसत २२ खेलाडीले जुझारु प्रदर्शन गर्नेमा प्रशिक्षक अब्दुल्लाह विश्वस्त छन्। नियमित र अनुभवी १० खेलाडी विना कुवेतमा रहेको नेपाली टिमको यस खेललाई परीक्षाको रुपमा समेत हेरिएको छ। जोर्डनसँग बराबरी गर्ने योजना सफल नभएपछि प्रशिक्षक अब्दुल्लाहले बाँकी दुई खेलमा आफ्नो पक्षमा खेल पार्ने योजना बुनेका छन्।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...