News Portal

नगरको मुलद्वारमा खोला दोहन विरुद्ध धराने जनताको खबदारी, वडाध्यक्षहरु तर्सिएर फर्किदा कार्यपालिका बैठक बस्न सकेन

हिमालीसंचार संवाददाता
२५१ पटक

धरान – धरान उपमहानगरपालिका धरानका जनता उपमहानगरको गेटमा नगर प्रमुख राईले गत जेठ २२ गते बसेको पहिलो बैठकमा खोला उत्खनन गर्न ठेक्का लगाउन नहुने एजेण्डाप्रति समर्थन गर्दै बैठकमा वडाध्यक्षहरुले नगर प्रमुख राईसंग चर्का चर्की भएको भिडियो सार्वजनिक भएसंगै वडाध्यक्ष विरुद्ध धराने जनताले प्ले कार्ट सहित उपमहानरपालिका गेटमा उपस्थित हुदा वडाध्यक्षहरु तर्सिएर दोस्रो कार्यपालिकाको बैठकमा उपस्थित भएनन् ।

जननिर्वाचित वडाध्यक्ष विरुद्ध आक्रोसित धराने जनताले आफ्नो मत फिर्ता गर्ने सम्मको अभिव्यक्ति दिन भ्याएका जनताले नगर प्रमुख अधि बढ्नुस् धराने जनता हामी छौ’ हिजोको भ्रष्ट आज देखियो प्रष्ट, भ्रष्ट ज्यु खोला नाला दोहन नगरौ कष्ट’ जस्ता नारा सहित वडाध्यक्ष लक्षित प्लेकार्डसमेत बोकेका जनता स्वत स्फुर्त उपमहानगरपालिकाको मुल प्रवेशद्वारमा विरोध स्वरुप उपस्थि भएका थिए।

उपमहानगरको पहिलो बैठक संचार माध्यम मार्फत लाईभ गरिएका कारण कार्यपालिका बैठकको ताजा दृष्य धरानका जनताले प्रत्यक्ष अनुभूत गरेका थिए। नगर प्रमुख राईले जथाभावीरुपमा धरानमा खोला उत्खनन, दोहोन भएको भन्दै खोला उत्खनन गर्न ठेक्का नलगाउने एजेण्डा प्रस्तुत गरेका थिए। वडाध्यक्षहरुले विमतिको कारण नगर प्रमुख राईको एजेण्डा पारित हुन सकेन । उक्त एजेण्डाका लागि अध्ययन गर्न नगर प्रमुख राईकै संयोजकत्वमा एक कार्यदल बनाउने निर्णय भएको थियो। 

धरानमा पहिलो पटक संचार माध्यमद्वारा कार्यपालिकाको बैठक लाईभ गर्न अनुमति दिएका कारण बैठकका सम्पूर्ण बैठकको प्रत्यक्ष प्रशारण भएको थियो। बैठकमा चर्का चर्की भएका वडाध्यक्षको अभिव्यक्ति विरोध र भाइरल भइरहेको छ । उनको चर्को आलोचना भइरहेको छ भने नगर प्रमुखलाई जनताको पक्षमा काम गर्न अनुरोध गर्दै जनताको विरुद्धमा वडाध्यक्ष नलाग्न चेतावनी दिएका छन् ।

एक वडाध्यक्षले “दोहन नगर्ने नगर्ने भनेर आइरहेको छ। यो त राम्रो कुरा भएन। खोला नदीजन्यबाट राम्रो आम्दानी ५/६ करोड हुन्छ भने यसको ग्यारेन्टी कसरी लिनु हुन्छ? की तपाईको घरमा छ बार्षिक ५/६ करोड दिने? त्यो त हैसियत राख्नु पर्यो नी त? उनले औला उठाउदै तारन्तार गरेको भिडियो भाईरल भइरहेको छ। नगर प्रमुख राईले यसलाई हामी म्यानेज गर्छौ भन्दै थमथमाउने प्रयास गरेका भिडियोमा स्पष्ट सुनिन्छ। 

प्रतिकृया दिनुहोस्

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...