News Portal

  • खोटाङ जिल्लाको तुवाचुङ-चायाजुम अब स्थानीय पाठ्यक्रममा समावेश गरिनेः मेयर राई

    हिमालीसंचार संवाददाता
    १८१ पटक

    खोटाङ – खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाको नगर प्रमुख बिमला राईले किरात राई समुदायका पवित्र ऐतिहासिक स्थल तुवाचुङ-जायजुम स्थानीय पाठ्यक्रममा समावेश गरिने बताएकी छिन। नगर प्रमुख राईले किरात सभ्यताको आस्था र विश्वासको भरोसा भित्र रहेको ऐतिहासिक विशेष महत्व भएको स्थलको सत्य, शक्ति, सभ्यता, ज्ञान र सीपको पवित्र थलो तुवाचुङ-जायजुम स्थानीय पाठ्यक्रममा राख्ने गरिने बताएकी हुन्।

    तुवाचुङ-जायजुम संरक्षण समितिले आयोजना गरेको चुलापूजा तथा साकेला शीली प्रदर्शनी कार्यक्रमलाई सम्बोधन गर्दै किरात राई समुदायको सम्मानित मातृथलो तुवाचुङ-जायजुमको थप संरक्षणका लागि अब स्थानीय पाठ्यक्रममा राख्ने नगर प्रमुख राईले बताएकी हुन्।

    किरात राई समुदायको सभ्यताको विशेष महत्वको उद्गम थलो भएकाले तुवाचुङ-जायजुम ऐतिहासिक महत्वका मातृथलो भएकाले किरात समुदायले यस स्थानलाई आफ्नो ज्ञानकुञ्ज मानेका छन्। त्यतिमात्रै होइन, किरात राई समुदायले मातृहरूको श्रद्धा केन्द्र मानेका छन्। नगर प्रमुख राईले थप भनिन्  ‘यस्तो पवित्र स्थलको संरक्षण, सम्बद्र्धन तथा प्रवद्र्धन गर्न नगरले नेतृत्व गर्छ,’ उनले आफ्नो सम्बोधनका क्रममा भनिन्, ‘भाषा, संस्कार, संस्कृति संरक्षण तथा सम्बद्र्धन गर्ने काम कर्तव्य राज्यको हो । तर, हलेसी तुवाचुङ नगरपालिकाले तहगत रूपमा समन्वय र सहकार्य गर्न कन्जुस्याइँ गर्दैन ।’ किरात राई समुदायले तुवाचुङ-जायजुमलाई घरभित्रको तीन चुलाजत्तिकै पवित्र मान्छन् । यसलाई अपवित्र बनाए, यी समुदायले आफूहरूलाई दोष–दशा लाग्छ भन्ने गहिरो जनविश्वास रहेको छ । 

    तुवाचुङ जायजुम संरक्षण समितिले सालिन्दा तुवाचुङमा चूलापूजा गर्दै वैशाखे पूर्णिमा उभौली मनाउने प्रचलन रहेको छ । गत शनिबार पुर्वाञ्चलका खोटाङ, ओखलढुंगा, भोजपुर र उदयपुरवासीले तुवाचुङ पुगेर हर्षौल्लाससाथ उभौली साकेला चाड मनाउदै छन् । यहि उभौली साकेला चाडको अबसरमा गत शुक्रबार १५ समूहले साकेला शीली प्रदर्शन गरेका थिए ।

    किरात राई मुन्दुमी मिथकअनुसार, तुवाचुङमा रहेका तयामा-खियामाले तान लत्ता कपडा बुन्थे । त्यसैले किरात सभ्यता अनुसार उनीहरू लत्ता कपडा सभ्यताका उद्यमी मानिन्छन् । किरातीहरुको ऐतिहासिक एव् पवित्र मातृथलो तुवाचुङ-जायाजुमा बसेर उनीहरूले कपासको धागोबाट तान बुनेका थिए । किराती आदिम पूर्खा तयामा खियामाले यहींबाट खेती गर्न थालेका मानिन्छ । उनीहरूले यहींबाट कपास खेतीको माध्यमद्वारा लत्ता कपडा बुनेर लगाउन सुरु गरेका भन्ने गरिएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    प्रचण्डले बताए माओवादी सक्रियताका साथ निर्वाचनमा भाग लिने

    काठमाडौं, असोज २०  – नेकपा माओवादी केन्द्रका पूर्वअध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी आगामी निर्वाचनमा सक्रियताका...

    ओली र लेखक पक्राउको माग गर्दै सुदन गुरुङको ह्याशट्याग अभियान सुरु

    काठमाडौँ, असोज २० – जेनजी आन्दोलनका क्रममा भएको दमनको विरोधस्वरूप ‘हामी नेपाल’ का संयोजक सुदन...

    एमालेभित्र नेतृत्वको बहस चर्किँदै, ११औं महाधिवेशनको तयारी तीव्र

    काठमाडौं, असोज २० – नेकपा एमालेभित्र जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तनबारेको बहस तीव्र बनेको छ। अध्यक्ष केपी...

    युवा शक्ति टीम कुवेतद्वारा नेपाली दूतावासमा ज्ञापनपत्र बुझाए

    कुवेत – नेपाली श्रमिकहरूको हक हित,सुरक्षा र समस्याहरूको समाधानको माग गर्दै कुवेतस्थित युवा शक्ति टीम कुवेतले नेपाली...

    आज २०८२ साल असोज २० गतेको राशिफल

    आज असोज २०, २०८२ (अक्टोबर ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...