News Portal

भारतीय विमानस्थलका सुरक्षाकर्मीलाई हाँस्न निषेध !

५२५ पटक

दिल्ली : भारतीय विमानस्थल सुरक्षाको जिम्मा लिएको केन्द्रीय सुरक्षा बलले त्यहाँ खटाइएका पुलिसहरुलाई यात्रुहरुका सामु नहाँस्न निर्देशन दिएको छ । सुरक्षाकर्मीहरु मुस्कुराउने गर्दा यसले लापरबााही र आतङ्की हमलालाई सहज बनाउने गरेको भन्दै यस्तो निर्णय लिइएको विभागले बताएको बीबीसीले जनाएको छ ।

यस्तोमा हँसिलो देखिने पुलिसहरु अब भने विमानस्थलमा सुरक्षा दिइरहेका बेला गम्भीर देखिने भएका हुन् । यता नेपाली पुलिसहरुलाई भने सबैसँग हँसिलो र मित्रवत् व्यवहार अपनाउन सिकाउनकै लागि २०१४ मा ६०० प्रशिक्षक राखिएको थियो ।

संगठनका निर्देशक जर्नेल राजेश रन्जनका अनुसार यसअघि २००१ मा अमेरिकामा भएको भयानक आतङ्की हमलामा सुरक्षाकर्मीहरु यात्रुको मिजासिलो व्यवहारमा निर्भर रहेकै कारण अपराधीहरुलाई सहज भएको थियो । यसकारण पनि पुलिसहरुलाई मित्रवत् भन्दा सतर्क रहनमा जोड दिँदै यस्तो फैसला लिइएको उनले बताए ।

पछिल्लो समय भारतीय विमान कम्पनीहरुमा देखिएको अधिक प्रतिस्पर्धाका कारण भाडादर सस्तो हुन पुग्दा यात्रुहरुको सङ्ख्या ६ गुनाले बढेको बताइएको छ । तर सुरक्षाकर्मी र विमानस्थलको क्षमतामा भने कुनै सुधार नहुँदा नागरिकको सुरक्षा सुनिश्चित गर्नकै लागि सरकारले अरबौँ डलर खर्च गर्ने योजना बनाइरहेको बताइएको छ ।

यसरी भारतीय पुलिसलाई आफ्नो व्यवहार परिवर्तन गर्न लगाइएको यो पहिलो पटक भने होइन । गत जुलाइमा पनि कर्नाटकले आफ्ना पुलिसहरुलाई तौल घटाउन निर्देशन दिँदै आदेश पालन नगर्नेलाई निलम्बित गरिदिने चेतावनी दिएको थियो । त्यसैगरी २००४ मा भने मध्यप्रदेशका पुलिसलाई जुँगा पालेपछि मात्र सम्मान पाइने भन्दै यसलाई अनिवार्य गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...