News Portal

  • जेष्ठ २८ गते शनिबार गणेश ईसाराको ‘एकल कमेडी शो’ प्रर्दशन हुने

    हिमालीसंचार संवाददाता
    १९८ पटक

    काठमाडौं – वीरमाया राई ‘शोभोमा’ स्मृतिकोष निर्माणमा हास्यकलाकार गणेश ईसाराको अल नेपाल एकल कमेडी सो पुनः सुरु हुने भएको छ । समाजसेवी वीरमाया राई ‘शोभोमा’ स्मृतीकोष स्थापनार्थ अभियानमा ‘गणेश ईसारा अल नेपाल एकल कमेडी शो’ आगामी जेष्ठ २८ गते शनिबार राष्ट्रिय नाचघर जमल काठमाडौंमा हुने भएको हो।

    कोभिड १९ को कारण स्थगित भएको ‘अल नेपाल कमेडी शो’ कार्यक्रम पुनः सुरु गर्न लागेको हास्यकलाकार गणेश ईसाराले हिमालीसंचारडटकमसंग बताए । यही जेष्ठ २८ गते शनिबार राष्ट्रिय नाचघर काठमाडौमा हुन गईरहेको कार्यक्रममा बिशिष्ट ब्यक्तित्वहरुको उपस्थितिमा कार्यक्रम हुने भएको बताए । उक्त कार्यक्रममा वरिष्ठ गजलकार, गीतकार साथै समाजसेवी अमर बान्तुलाई सम्मान गरिने कार्यक्रम समेत रहेको बताए।  

    ०५४ सालदेखि मुटु रोगी, मृगौला रोगी, बृद्दा आश्राम देखि लिएर विभिन्न पिडितहरुलाई बचाउन र सहयोग गर्न सफल समाजसेवि कलाकार गणेश ईसाराको शोबाट संकलित रकम दयनिय अवस्थामा रहेका पिडितहरुको सहयोगमा खर्चिने जानकारी दिए ।

    कलाकार इशाराले आफ्नै हजुर आमाको नाममा स्मृतिकोष निर्माण गरि आगामि दिनहरुमा त्यस्तै बिभिन्न भैपरि आउने दुखी, पिडितहरुको समस्यालाई सहायता दिन सकु भन्ने उदेश्यले स्मृतीकोषको निर्माण थालनी गरिएको बताए । कार्यक्रम एक्सन इन्टरटेनमेन्टद्वारा आयोजना हुन लागेको हो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    प्रचण्डले बताए माओवादी सक्रियताका साथ निर्वाचनमा भाग लिने

    काठमाडौं, असोज २०  – नेकपा माओवादी केन्द्रका पूर्वअध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी आगामी निर्वाचनमा सक्रियताका...

    ओली र लेखक पक्राउको माग गर्दै सुदन गुरुङको ह्याशट्याग अभियान सुरु

    काठमाडौँ, असोज २० – जेनजी आन्दोलनका क्रममा भएको दमनको विरोधस्वरूप ‘हामी नेपाल’ का संयोजक सुदन...

    एमालेभित्र नेतृत्वको बहस चर्किँदै, ११औं महाधिवेशनको तयारी तीव्र

    काठमाडौं, असोज २० – नेकपा एमालेभित्र जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तनबारेको बहस तीव्र बनेको छ। अध्यक्ष केपी...

    युवा शक्ति टीम कुवेतद्वारा नेपाली दूतावासमा ज्ञापनपत्र बुझाए

    कुवेत – नेपाली श्रमिकहरूको हक हित,सुरक्षा र समस्याहरूको समाधानको माग गर्दै कुवेतस्थित युवा शक्ति टीम कुवेतले नेपाली...

    आज २०८२ साल असोज २० गतेको राशिफल

    आज असोज २०, २०८२ (अक्टोबर ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...