News Portal

जेष्ठ २८ गते शनिबार गणेश ईसाराको ‘एकल कमेडी शो’ प्रर्दशन हुने

हिमालीसंचार संवाददाता
२४५ पटक

काठमाडौं – वीरमाया राई ‘शोभोमा’ स्मृतिकोष निर्माणमा हास्यकलाकार गणेश ईसाराको अल नेपाल एकल कमेडी सो पुनः सुरु हुने भएको छ । समाजसेवी वीरमाया राई ‘शोभोमा’ स्मृतीकोष स्थापनार्थ अभियानमा ‘गणेश ईसारा अल नेपाल एकल कमेडी शो’ आगामी जेष्ठ २८ गते शनिबार राष्ट्रिय नाचघर जमल काठमाडौंमा हुने भएको हो।

कोभिड १९ को कारण स्थगित भएको ‘अल नेपाल कमेडी शो’ कार्यक्रम पुनः सुरु गर्न लागेको हास्यकलाकार गणेश ईसाराले हिमालीसंचारडटकमसंग बताए । यही जेष्ठ २८ गते शनिबार राष्ट्रिय नाचघर काठमाडौमा हुन गईरहेको कार्यक्रममा बिशिष्ट ब्यक्तित्वहरुको उपस्थितिमा कार्यक्रम हुने भएको बताए । उक्त कार्यक्रममा वरिष्ठ गजलकार, गीतकार साथै समाजसेवी अमर बान्तुलाई सम्मान गरिने कार्यक्रम समेत रहेको बताए।  

०५४ सालदेखि मुटु रोगी, मृगौला रोगी, बृद्दा आश्राम देखि लिएर विभिन्न पिडितहरुलाई बचाउन र सहयोग गर्न सफल समाजसेवि कलाकार गणेश ईसाराको शोबाट संकलित रकम दयनिय अवस्थामा रहेका पिडितहरुको सहयोगमा खर्चिने जानकारी दिए ।

कलाकार इशाराले आफ्नै हजुर आमाको नाममा स्मृतिकोष निर्माण गरि आगामि दिनहरुमा त्यस्तै बिभिन्न भैपरि आउने दुखी, पिडितहरुको समस्यालाई सहायता दिन सकु भन्ने उदेश्यले स्मृतीकोषको निर्माण थालनी गरिएको बताए । कार्यक्रम एक्सन इन्टरटेनमेन्टद्वारा आयोजना हुन लागेको हो ।

प्रतिकृया दिनुहोस्

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...