News Portal

धरानको गोर्खा स्मृति पार्कमा लाहुरे तथा समाजसेवी स्व. राईको शालिक अनावरण

हिमालीसंचार संवाददाता
३५९ पटक

धरान – धरान उपमहानगरपालिका धरानको वडा नं. २० स्थित गोर्खा स्मृति पार्कमा लाहुरे, समाजसेवी तथा पूर्व गाविस अध्यक्ष स्व. भलामान राईको शालिक अनावरण गरिएको छ।

खोटाङ जिल्लाको तत्कालिन निर्मली डाडाको गाविस पूर्वध्यक्ष, पूर्व बेलायती सेना स्व. भलामान राईको सालिकमा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले धरानको वडा नं. २० स्थित गोर्खा स्मृति पार्कमा दिलकुमारी राई स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा अनावरण गरेका हुन्।

स्व. राई दोस्रो विश्वयुद्दमा गोर्खालीको तर्फबाट लडेर बहादुरी प्रदर्शन गरेका वीर योद्धा हुन् । उनी सामाजिक र राजनीतिक क्षेत्रमा पनि सफल व्यक्तित्व हुन् । स्व. राईले खोटाङ जिल्लामा विद्यालय तथा स्वास्थ्य चौकी जस्ता संस्थालाई जग्गा दान गरेर थप अग्रणी भूमिका निर्वाह गर्ने अभिभावक हुन् । आयोजित कार्यक्रमका प्रमुख अतिथि भट्टराईले पुण्य कर्मका लागि उनका परिवारलाई विशेष धन्यबाद दिएका थिए।

प्रतिकृया दिनुहोस्

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...