News Portal

  • प्रदेश नं. १ सरकार ठूलो आर्थिक संकटमा रहेको छ : मुख्यमन्त्री राई

    हिमालीसंचार संवाददाता
    ३१८ पटक

    विराटनगर – मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश १ सरकार ठूलो आर्थिक संकटमा रहेको विराटनगरमा आयोजित आगामी आर्थिक बर्षका लागि छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रदेश नं. १ सरकार ठुलो आर्थिक संकटमा रहेको बताएका छन्।

    मुख्यमन्त्री राईले विगतका सरकारले सिर्जना गरेको २७ अर्ब दायित्व कसरी पूरा गर्ने भन्ने विषयमा ठोस निर्णय गर्न नसकेको कारण आर्थिक संकट सिर्जना भएको बताए ।

    मुख्यमन्त्री राईका अनुसार, ‘हाम्रो १२ अर्बको पूँजीगत खर्च छ । सबै पैसा रकम पहिलेको दायित्व पुरा गर्न लगाउँदा पनि साढे २ आर्थिक वर्षमा मात्रै सकिन्छ,’ ‘प्रदेश सरकार ऐँठन परेको अवस्था छ, त्यसो भएको हुनाले यो कुरालाई कसरी सच्याउन सकिन्छ भनेर हामी समीक्षा गरिरहेका छौं ।’ उनले विगतको सरकारले अर्थमन्त्रालयको स्वीकृति बिना, मन्त्रीहरुको तोकआदेशको भरमा जथाभावि योजना कार्यान्वयनको दबाब दिइँदा समस्या भएको बताए । यस्तै ३० अर्बको स्रोत रहेको प्रदेशको बजेट ४३ अर्बसम्मको बनाइनुले पनि अहिलेको समस्या सिर्जना भएको उनले बताए । 

    ‘राजस्वको अनुमान, स्रोतको अनुमान सही भएन । ४३ अर्बको बजेट स्रोतको अनुमान गर्ने अनि ३० अर्ब मात्रै प्राप्त हुन्छ । एक अर्ब वा दुई अर्बमा मिस हुनु बेग्लै कुरा हो । तर, १३ अर्ब भन्दा बढी फरक छ । कोरोना महामारीको बेला पनि होइन । त्यसकारण स्रोतको अनुमान र वास्तविकता निक्कै फरक भयो । त्यसमा पूर्व सरकारको कमजोरी भयो,’ राईले भने, ‘आन्तरिक ऋण लिने, संघबाट, विदेशबाट ऋण लिने कानून नै बनेको छैन । ५ अर्ब घाटा बजेट राखेर पनि जथाभावि योजना राखियो । दिन्छु भन्दा पनि लिने व्यवस्थै गरेको छैन ।

    मुख्यमन्त्री राईले भने अर्को कुरा भनेको रातो किताबमा परेका योजनाको कार्यान्वयन गर्ने भन्दा मन्त्रीको तोकको आधारमा जथाभावि योजना थप गरिएको छ । रातो किताबमा परेको र अर्थमन्त्रालयले इन्ट्री गरेको योजना पो कार्यान्वयन हुन्छ । तर, रातो किताबमा नभएका धेरै ठूला योजनाहरु मन्त्रीहरुले तोकादेशको भरमा अर्थमन्त्रालयको कुनै स्वीकृति नलिइकन बाहिरबाहिरै सम्बन्धित मन्त्रालयबाट योजनाहरु बनाएर अर्बौको दायित्व सिर्जना गरेको थियो ।’ आफूले पूर्व सरकारको आलोचना त्यतिबेला नै संसदमा सुझावको रुपमा दिएको स्मरण गर्दै अब वृहत समीक्षा गर्न खोजिरहेको समेत बताए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    प्रचण्डले बताए माओवादी सक्रियताका साथ निर्वाचनमा भाग लिने

    काठमाडौं, असोज २०  – नेकपा माओवादी केन्द्रका पूर्वअध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी आगामी निर्वाचनमा सक्रियताका...

    ओली र लेखक पक्राउको माग गर्दै सुदन गुरुङको ह्याशट्याग अभियान सुरु

    काठमाडौँ, असोज २० – जेनजी आन्दोलनका क्रममा भएको दमनको विरोधस्वरूप ‘हामी नेपाल’ का संयोजक सुदन...

    एमालेभित्र नेतृत्वको बहस चर्किँदै, ११औं महाधिवेशनको तयारी तीव्र

    काठमाडौं, असोज २० – नेकपा एमालेभित्र जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तनबारेको बहस तीव्र बनेको छ। अध्यक्ष केपी...

    युवा शक्ति टीम कुवेतद्वारा नेपाली दूतावासमा ज्ञापनपत्र बुझाए

    कुवेत – नेपाली श्रमिकहरूको हक हित,सुरक्षा र समस्याहरूको समाधानको माग गर्दै कुवेतस्थित युवा शक्ति टीम कुवेतले नेपाली...

    आज २०८२ साल असोज २० गतेको राशिफल

    आज असोज २०, २०८२ (अक्टोबर ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...