आज : २०२६-०६-१५, सोमबार

लेटाङमा भ्यानको ठक्करबाट एक फुटबल खेलाडी घाईते

लेटाङ – मोरङ जिल्लाको लेटाङ नगरपालिका वडा नं. ३ मिलन चौकमा मारुती भ्यानले ठक्कर दिदा लेटाङ वडा नं. ३ का १८ बर्षीय फूटबल खेलाडि विवस लामा धाइते भएका छन्।

सुकेचौरीबाट फूटबलको प्राक्टिस गरेर घर फर्कदै गरेको समयमा मे १ च ११३८ नं. को भ्यानले ठक्कर दिदा लामा गम्भीर घाईते भएका हुन । उनको विराटनगर अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लेटाङका ट्राफिक प्रहरी गोपाल मेहताले जानकारी दिए । 

चालकले मादकपदार्थ सेवन गरि सवारी चलाउदा उक्त दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले बताएको छ । चालक चेतनाथ अधिकारी र भ्यान प्रहरीको नियन्त्रणमा रहेको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको छ।