News Portal

नुवाकोट धादिङ रसुवा सेवा समाजको दोस्रो अधिवेशन जुलाई २२ मा हुने

हिमालीसंचार संवाददाता
४९३ पटक

कुवेत– नुवाकोट धादिङ रसुवा समाज कुवेतको दोस्रो अधिवेशन तथा चौथो बार्षिक उत्सब जुलाई २२ तरिक २०२२ शुक्र्बार कुबेत को खैतान स्थित राजधनी होटेलमा बिविध मनाेरन्जनात्मक सांस्कृतिक कार्यक्रमको साथ गर्ने संस्थाका अध्यक्ष राकेश मनाङ्थेनले जानकारी दिनुभएकाे छ।

राेजगारकाे शिलसिलामा कुवेतमा कार्यरत नुवाकोट,धादिङ, रसुवाका दाजु भाई तथा दिदी बहिनी हरुलाई एकीकृत गर्दै समाजले आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरु गर्दै सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था नुवाकोट, धादिङ रसुवा समाज कुवेतले कुवेतमा रहेका विभिन्न संघ संस्थाहरुसंग हातेमालो गर्दै सामाजिक कार्यहरू अग्रसर रहदै आएको अध्यक्षले बताउनुभयो।

संघले विभिन्न खाले अप्ठ्यारामा परेकाहरुलाई आर्थिक नैतिक र भौतिकरुपले सहयोग गर्दै आएको छ। दोस्रो अधिवेशन तथा चौथो बार्षिक उत्सब कार्यक्रमा नुवाकोट धादिङ रसुवा बाट रोजगारीको सिलसिलामा कुवेतमा रहनु भएका सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनीहरु लाई कार्यक्रमा सहभागिताकाे लागि समाजका अध्यक्ष राकेश मनाङथेनले आग्रह गरेका छन्।

साथै त्यस दिन कुवेतका क्रियाशील संघ संस्थाहरुले अन्य कार्यक्रम नगरिदिन समेत कार्यक्रमका संयोजक धर्म तामाङले आग्रह गर्नुभएको छ।

कार्यक्रमको विवरण
मितिः जुलाई २२ तारिक २०२२
समयः बिहान ११ बजे
स्थान : राजधनी होटल, खैतान
आयोजक : नुवाकोट धादिङ रसुवा समाज कुवेत

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...