News Portal

धार्मिक आस्था तथा शक्तिको केन्द्र कालिकामाई

हिमालीसंचार संवाददाता
४१३ पटक

धादिङ दिपक अधिकारी -गंगाजमुना गाउपालिका वडा नम्बर ७ (साबिक बुढाथुम गा बि स वडा न ३ ) मा पर्ने लकुवाकोट कालिकामाईको मन्दिर करिब चौधौ सताब्दीतिर स्थापना भयको मानिएको गंगाजमुना गाउँपालिका भित्र पर्ने एक मात्र कोट र गंगाजमुना मन्दिर जस्तै महत्व रहेको महत्वपूर्ण धार्मिक स्थल हो।

यस कोटमा केहि देवगुठीको जग्गा रहेको छ। जसबाट प्राप्त हुने आए अहिलेको समयमा अपर्याप्त हुने भएकोले श्रद्धालु भक्तजनबाट समेत सहयोग लिई सबै धार्मिक पुजाआजाहरु बैदिक बिधि अनुसार बर्सेनि हुदैआई रहेको छ। यस कालिका मन्दिर पनि पहिला विभिन्न प्रमुख शक्ति पिठ मध्ये एक थियो। हाल प्रचार प्रसारको कमि तथा अन्य बिबिध कारणले पछिपरेको भन्ने कुरा यहाँका बुढापाकाले बताए।

बिक्रम सम्बत २०५६ साल तिर मन्दिरको स्थानीय भक्तजनहरुको सहयोगमा हालको मन्दिर पुनर्निमाण भयको हो। बेला बखत विभिन्न भक्तजनहरुबाट मर्मत सम्भारको लागि सहयोग हुदै आयको छ। गाउँपालिका बाट पनि हालका केहि वर्षहरुमा सानो तिनो सहयोग हुने गरेको छ। यस वर्ष कालिकामाई मन्दिरको लागि पन्चे बाजा पुरैसेट खरिद गर्ने काम सम्पन्न भयो। यसको लागि पालिका बाट पनि केहि सहयोग प्राप्त भएको छ।

यस वर्ष मन्दिरको पुरै छाना फेर्ने काम सम्पन्न भयो। यस कार्यको लागि समाज सेबी कालिका माईका अत्यन्त भक्त यसै पालिका वडा न ७ डाडा घर स्थायी निबासी प्रमुख सेनानी कृष्ण बहादुर अधिकारीबाट सम्पूर्ण खर्च व्यहोरी दिनुका साथै मन्दिरमा रहेको अक्षय कोसमा पुन रु एक लाख थप गरि दिनु गरिदिए।

२०७० साल असार ३ गते बाट वर्ष भरि खुल्ने यस मन्दिरमा सदा झैँ यस वर्ष पनि घटस्थापनाको दिन घडा स्थापना गरि पुजा आज सम्पन्न भयाे। त्यसपछिका प्रत्येक दिन क्रमैसंग शैलिपुत्री ,ब्रम्हाचारिणी , चन्द्रघंता, कुस्माण्डा , स्कन्दमाता,कत्ययानी , कालरात्रि , महागौरी , र सिध्दिधत्री यी नौ वटा देवीको नवरात्र को प्रतिपदा देखि नवमी सम्मका तिथिमा क्रमैले पुजा गरि दशमीको दिन बिसर्जन गरिने चलन छ।

 

प्रतिकृया दिनुहोस्

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...