News Portal

कुवेतमा झापाकी अम्बिका गिरी १४ वर्षदेखि सम्पर्कविहीन

हिमालीसंचार संवाददाता
१०२५ पटक

कुवेत –   वैदेशिक रोजगारीका लागि खाडी मुलुक कुवेत पुगेकी साबिक पृथ्वीनगर गाविस– ५ हाल भद्रपुर नगरपालिका– २ निवासी ३१ वर्षीया अम्बिका गिरी १४ वर्षदेखि सम्पर्कविहीन छिन्।

सगरम छोरीलाई खोज्न झन् समस्या उत्पन्न भएको उनकी ७३ वर्षीय वृद्ध आमा चन्द्रमाया गिरीले बताइन्। घरमा आमाबुबाको कुरा नसुनेर गाउँघरका महिलाको लहैलहैमा लागि अम्बिका जबरजस्ती विदेश गएका थिए।

घरबाट छोरीको पासपोर्ट मात्र बनाइदिएको बताउँदै आमा चन्द्रमायाले भनिन्। उमेर पुगेन भन्दै छोरी दिल्ली पुगेर आमा म विदेश जान्न यहीँ काम गरेर एजेन्टको पैसा तिर्छु भनी फोनमा भनिन्। त्यसको केही दिनपछि कुवेत पुगेर छोरीले मलाई फेरि फोन गरिन्। आमा मलाई एजेन्टले अपर्णा थापा नामको भिसामा कुवेत पठायो।यहाँ घरायसी काम गर्दैछु। यहाँ मलाई कुनै पनि समस्या छैन। एक महिनापछि नै एजेन्टको ३० हजार रुपैयाँ तिरिदिन्छु भनी सुनाइन्। उनले भनिन्।

छोरीले एजेन्टको ३० हजार पनि तिरिन्, ६ महिनासम्म सम्पर्कमा पनि थिइन्। कुवेतको साल्मियाबाट अपर्णा थापाको नाममा छोरीले पिओ बक्स ७५४५, इओढी नम्बर २२०८६ लेखिएको ठेगानाबाट तीन पटक घरमा चिठ्ठी र आफ्नो फोटो पनि पठाइन्।

‘त्यसपछि छोरी एकाएक सम्पर्कविहीन भइन्,’ उनले आँखाबाट आशु झार्दै भनिन्, ‘फोन नम्बरसँगै छोरी पनि कुवेतमा हरायो, आउँछे आउँछे भनेर कुरेर बसेको १४ वर्ष नै बित्यो। घरको ऋण तिर्ने र कमाएको बाँकी पैसाले सुखको जीवन बिताउने छोरीको ठूलो इच्छा थियो।

‘गाउँघरमा कोही नयाँ मान्छे झोला बोकेर आउँदा छोरी नै आई कि भन्ने मनमा आश पलाउँछ।उनले भनिन्, ‘छोरी ज्यूँदो छ कि मरिसकेको हाे? त्याे पनि खबर छैन मलाई लाग्छ छोरी बाँचेकी छिन छाेरीलाई स्वदेश फर्काइदिन सबै समक्ष हात जोडेर बिन्ती गर्न चाहन्छु।

फेसबुकमा फोटो हाल्दा छोरी भेटिन्छ भनेर गाउँका मान्छेले सुनाएपछि मात्र उनले छोरीको खोजी सुरु गरिन्। त्यस भन्दा अघि उनले पटक पटक एजेन्ट तारादेवी र छोरीसँगै विदेश पुगेर फर्किएकी महिलालाई घरमै भेटेर पनि छोरी कहाँ छिन्? भनी साेध्दा उनीहरूले बताउन सकेनन्।

उनले छोरी खोजीदिनू भन्दै अहिले झापामा सुरक्षित आप्रवासन परियोजना सञ्चालन गरिरहेको विराट सामुदायिक अध्ययन केन्द्रका परियोजना संयोजक फणीन्द्र दाहाललाई भेटिन्। दाहालकै पहलमा अहिले छोरीको खोजी कार्य भइरहेको बताइएको छ।

चन्द्रमायाकी छोरी नभई जेठो छोरा कुमार गिरी पनि १६ वर्षदेखि बेपत्ता छन्। किचकबध मेलाको भोलिपल्ट हिँडेको जेठो छोरा कुमार अहिलेसम्म सम्पर्कमा नआएको दुखेसो समेत उनले पोखिन्।उनी हाल कान्छा छोरा विमलसँग बस्दै आएकी छिन्।

 

 

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...