News Portal

  • निगुरो: जैविक, पोषिलो र स्वादिलो तरकारी !

    हिमालीसंचार संवाददाता
    ८३८ पटक

    वनजंगलमा सजिलै पाइने, निगुरो। तरकारी बनाउन सजिलो हुने, निगुरो । खादा स्वादिलो हुने निगुरो। स्वास्थ्यका लागि पोषिलो निगुरो। पूर्ण अर्ग्यानिक सब्जी, निगुरो। कति गुणी निगुरो ?

    हुन त अहिले सहरी क्षेत्रको करेसाबारीमा निगुरो रोप्ने प्रचलन छ। यद्यपि यो वनजंगलमा सजिलै पाइन्छ। खासगरी बर्खायाम सुरु भएसँगै निगुरो खोज्ने, टिप्ने गरिन्छ। गाउँघरमा त निगुरोले सागसब्जीको अभाव टार्न सकिन्छ। निगुरोलाई भुटेर खाए हुन्छ, आलुमा मिसाए पनि हुन्छ। आलु र निगुरोको ग्रेभी पनि स्वादिलो हुन्छ। यस्तै, निगुरोमा दही मिसाएर सेवन गर्दा पनि कम स्वादको हुँदैन।

    पौष्टिकताले भरिपूर्ण

    निगुरो खानुको फाइदैफाइदा छन्। आफैँ वनजंगलमा गएर खोज्ने हो भने भान्साको खर्च कटौती हुने भयो। वनजंगलमा उम्रिएका हुनाले यो जैविक र मौसमी तरकारी पनि हो। पोषणविद्हरुले निगुरो पौष्टिकताले भरिपूर्ण रहेको बताउने गर्छन्। निगुरोको सेवन स्वास्थ्यका लागि फाइदाजनक रहेको उनीहरुको भनाइ छ।

    पोषणविद्हरू भन्छन्, ‘यसमा प्रोटिन, क्याल्सियम, भिटामिन ए लगायतका पोषकतत्व पाइन्छ।’ बालबालिका र गर्भवती महिलालाई त निगुरो अरू बढी लाभदायक छ। किनभने निगुरोको तरकारी सेवन गरिहरहँदा भिटामिन प्राकृतिक रुपमै प्राप्त हुन्छ। अतिरिक्त भिटामिनको चक्की चपाइरहनु पर्दैन।

    पोषणविद्हरूले यसमा कोलेस्टोर एवं बोसोजन्य पदार्थ नपाइने भएकाले कुनैपनि किसिमको हानि नहुने बताएका छन्।

    पूर्णत: जैविक

    निगुरो यतिबेलाको मौसमी सागसब्जी हुन्। वनजंगलमा आफैँ उम्रने भएकाले यसमा कुनै रासायनिक मल वा विषादी प्रयोग हुँदैन। अर्थात् यो पूर्णत: जैविक हुन्छ।

    अहिले हामीले खाने धेरैजसो सागसब्जी विषादी मिसाइएको हुन्छ। व्यवसायिक ढंगले उत्पादन गरिएका सागसब्जीमा रासयनिक मल, किटनासक औषधि प्रयोग गरिन्छ। यस्ता सागसब्जी फलाउन, बढाउन, भण्डारण गर्न पनि रसायन वा विषादी मिसाउने गरिन्छ।

    के हो निगुरो ?

    यो उन्यू प्रजातिको घाँस हो। पहाड र तराई सबैतिरको जंगलमा निगुरो पाइन्छ। तर, यसको जातमा केही भिन्नता हुन्छ। साथै, स्वाद पनि फरक हुन्छ। तुलनात्मक रुपमा पहाडको जंगलमा पाइने निगुरो बढी स्वादिलो हुन्छ।

    पहाडदेखि तराईसम्म

    निगुरोलाई कतिपय ठाउँमा निङग्रो, न्युरो वा निहुरो पनि भनिन्छ। पहाडमा कालो निगुरो बढी रुचाइन्छ। यसैगरी तराईमा हरियो।

    करेसाबारीमा रोप्न सकिन्छ

    त्यसो त निगुरोलाई करेसाबारीमा रोपेर पनि खान सकिन्छ। जंगलमा निगुरोको जरा जतिपनि पाइन्छन्। जरालाई करेसाबारीमा रोप्न सकिन्छ। तर, निगुरोको लागि माटो ओसिलो हुनुपर्छ। चिस्यान भएको माटोमा निगुरो उत्पादन गर्न सकिन्छ।

    तर, सर्तक हुनुपर्छ

    निगुरो जस्तै देखिने सबै वनस्पति खान लायक भने हुँदैन। कतिपय निगुरो जस्तै देखिने वनस्पति विषाक्त हुन्छ। निगुरोको तरकारी टिपेर खाँदा कतिपय बिरामी परेको खबर पनि बारम्बार आउनेगर्दछ। त्यसैले आफूले चिनेको अवस्थामा मात्र निगुरो खोज्ने, टिप्ने वा किन्ने गर्नुपर्छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    धुनिबेशी–६ मा सात सवारी साधन एकैपटक दुर्घटना, धेरै यात्रु घाइते

    धादिङ — राजमार्गअन्तर्गत धादिङको धुनिबेशी नगरपालिका–६ मा एकै स्थानमा सातवटा सवारीसाधन संलग्न भयावह दुर्घटना भएको...

    कुवेतकाे साल्मी मरुभूमिस्थित शिविरबाट ठूलो मात्रामा लागूऔषध बरामद

    कुवेत – कुवेत प्रहरीले साल्मी मरुभूमिको एउटा शिविरमा भण्डारण गरिएको र कुवेत भित्र तस्करी गर्ने...

    प्रिटोरियामा छात्रावासमा गोलीकाण्ड: तीन वर्षीय बालकसहित ११ जनाको मृत्यु

    काठमाडौं -दक्षिण अफ्रिकाको राजधानी प्रिटोरियास्थित एक छात्रावासमा शनिबार बिहान बन्दुकधारीहरूले अन्धाधुन्ध गोली चलाउँदा तीन वर्षीय...

    आज २०८२ साल मंसिर २० गतेको राशिफल

    आज मंसिर २०, २०८२ (डिसेम्बर ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कुलमान घिसिङले देश नेतृत्व गर्न सहयोगको आग्रह गरे

    रामेछाप, १९ मंसिर – ऊर्जा मन्त्री कुलमान घिसिङले आगामी दिनमा देशको नेतृत्व गर्ने योजना रहेको...