News Portal

  • बानियाँ बन्धु समाजको १३ औँ राष्ट्रिय सम्मेलन झापाकाे धाइजनस्थित बानियाँ गाउँमा हुने

    हिमालीसंचार संवाददाता
    ६५६ पटक

    काठमाडौ –  बानियाँ बन्धु समाजको १३ औँ राष्ट्रिय सम्मेलन यहि जेठ २० र २१ गते झापामा हुने भएको छ। हरेक ३ वर्षमा हुने सम्मेलन यो पटक झापा मेचीनगर ११ को धाइजनस्थित बानियाँ गाउँमा हुने भएको छ। २० गते केन्द्रीय समितिको बैठक, विभिन्न जिल्लाबाट आउने बन्धुहरुसँग भेटघाट हुनेछ। भने २१ गते महाधिवेशन उद्घाटन विभिन्न व्यक्तिहरुको सम्मान र आगामी ३ वर्षका लागि केन्द्रीय समितिको निर्वाचन हुने बानियाँ बन्धु समाज झापाका संरक्षक हरिचरण बानियाँले बताए।

    सम्मेलनमा सहभागि हुन देशभरका ५ सय भन्दा बढी बानियाँ बन्धु प्रतिनिधि आउनेछन्। सम्मेलनको उद्घाटन मेचीनगरका नवनिर्वाचित मेयर गोपालचन्द्र बुढाथोकीले गर्ने कार्यक्रम तय भएको संरक्षक बानियाँले बताउनु भयो।

    यसैगरी, समारोहमा बानियाँ बन्धुको उत्थानका लागि योगदान गर्ने व्यक्ति, विभिन्न क्षेत्रमा विशिष्टता हासिल गर्ने व्यक्ति र हालै भएको स्थानीय निर्वाचनमा बन्धुका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई सम्मान गर्ने कार्यक्रम तय भएको छ।

    सम्मेलनकालागि दिपेन्द्र बानियाँको संयोजकत्वमा व्यवस्थापन समिति केन्द्रीय उपाध्यक्ष ओम बानियाँको संयोजकत्वमा आर्थिक समिति, नविन बानियाँको संयोजकत्वमा स्वयमसेवक समिति, प्रकाश बानियाँ र देबु बानियाँको संयोजकत्वमा प्रचार प्रसार समितिलगायतका समितिहरु गठन गरिएको छ । महाधिवेशनका लागि जिल्लामा रहेका बन्धुहरुबाट आर्थिक संकलन गरिएको छ।

    महाधिवेशनका लागि करिब ५ लाख खर्चको अनुमान गरिएको आर्थिक समितिका संयोजक ओमनाथ बानियाँले बताउनु भयो। रकम संकलनका लागि झापाका १५ वटा स्थानीय तहका संयोजकहरु मार्फत संकलन गरिएको छ । साथै सम्मेलनका लागि अ‍ेमरिकाबाट धनबहादुर बानियाँले ६१ हजार ६ सय ४० रुपैयाँ सहयोग गरेका छन्।

    साथै महाधिवेशनमा विभिन्न जातजातिका झाँकी, नृत्य प्रस्तुत गरिनेछ भने विभिन्न जातिय संगठनका प्रमुखहरुलाई समेत कार्यक्रममा अतिथिका रुपमा सहभागि गराउने तयारी गरिएको छ।

    शनिवार धाइजनमा बसेको बानियाँ बन्धु समाज झापाको बैठकले महाविधेशनलाई उत्कृष्ट बनाउन सबैले सबै क्षेत्रबाट काम गर्नु पर्ने र यो महाधिवेशन झापाली बन्धुहरुको गरिमा बढाउनका लागि कोशेढुङ्गा सावित हुने झापाका अध्यक्ष भक्तबहादुर बानियाँले बताए।

    जिल्ला उपाध्यक्ष पदमा बानियाँको सभापतित्वमा सम्पन्न कार्यक्रममा संरक्षक हरिचरण बानियाँ, केन्द्रीय उपाध्यक्ष ओमनाथ बानियाँ, केन्द्रीय सदस्य मनोज बानियाँ, केन्द्रीय सदस्य सेरबहादुर बानियाँ, जिल्ला अध्यक्ष भक्तबहादुर बानियाँ, सल्लाहकार तिलविक्रम बानियाँ, जिल्ला सचिव महेन्द्र बानियाँ, उपाध्यक्ष उपेन्द्र बानियाँ, पूर्व सचिव दिपेन्द्र बानियाँ लगायतले सम्मेलन तयारीका बारेमा जानकारी गराए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    काठमाडौं महानगरको कार्यपालिका बैठक ४५ सेकेन्डमै सकियो, नगरसभा असार २९ गते बोलाइयो

    काठमाडौं, असार २७ – लामो समयपछि बसेको काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक निकै छोटो अवधिमा सम्पन्न...

    धरानमा मेयर हर्क साम्पाङका समर्थकबाट पत्रकारहरू दुर्व्यवहारमा, प्रहरीमा उजुरी

    धरान, असार २७ – धरानमा समाचार संकलनमा खटिएका पत्रकारहरूलाई मेयर हर्क साम्पाङका समर्थकहरूले दुर्व्यवहार गरेका...

    चन्द्रागिरिमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एकको मृत्यु, दुई घाइते

    काठमाडौं, असार २७ — राजधानीको चन्द्रागिरि नगरपालिका–१५ तीनथानास्थित सडक खण्डमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा...

    २० वर्ष पुगेपछि विवाह र सन्तान जन्माउन युवालाई प्रोत्साहन गर्नुपर्छ : प्रधानमन्त्री ओली

    काठमाडौं, असार २७ – विश्व जनसंख्या दिवस तथा राष्ट्रिय जनसंख्या नीति सार्वजनिक समारोहलाई शुक्रबार सम्बोधन...

    नेकपा एसमा विलीन हुँदै वामदेव, साउन २ मा राष्ट्रिय सभा गृहबाट एकताको घोषणा हुने

    काठमाडौं, असार २७ – नेकपा एमालेका पूर्व उपाध्यक्ष तथा नेकपा एकता राष्ट्रिय अभियानका अगुवा नेता...