News Portal

मोरङको सुनबर्षीमा तुरुण दलद्वारा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

हिमालीसंचार संवाददाता
१६९ पटक

रबिन्द्र बराल/मोरङ –  गणतन्त्र दिवसको अवसरमा नेपाल तरुण दल सुनवर्षीले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । सुनवर्षी ४ स्थित गोल गाउँमा पहिलोपटक खुला  रक्तदान  गरिएको हो।

जिल्ला रेडक्रस विराटनगरको सहयोग तथा जयन स्वास्थ्य क्लिनिकको सहकार्यमा सो रक्तदान कार्यक्रम गरिएको थियो। कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेसका वडा सभापति कृष्ण देव दास, वडा अध्यक्ष छेदि यादव, बिनोद राजवंशी, तरुण दलका सभापति जय प्रकाश राजवंशी, स्थानीय बिनोद यादव, कमल राजवंशी लगायतको उपस्थिति रहेको थियो । 

गाउँ घरमा धेरै स्थानीय तथा सर्वसाधारणहरुलाई आफ्नो ब्डल ग्रुप समेत थहा नभएको र गाउँ घरमा कोहि विरामी पर्दा व्लडको आवश्यकता हुदा समेत कसैलाई आफ्नो ब्लड ग्रुप थहा नहुदा अन्यत्र खोज्नु पर्ने बाध्यता समेत रहेको तरुण दलका जयप्रकाशले बताए । जयन स्वास्थ्य क्लिनिकले उपस्थित भएका सबै स्थानीयहरुको निशुल्क ब्लड ग्रुप पहिचान गरिएको थिए । 

कार्यक्रममा व्लड दिने स्थानीय युवाहरुलाई तरुण दलले प्रमाणपत्र समेत वितरण गरेका थिए । उक्त रक्तदानमा ५६ जना युवाहरुले रक्तदान गरेका  थिए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...