News Portal

  • जनमुखी तीन निर्णय गर्दै, वडाध्यक्ष राईले पदभार ग्रहण गरे

    हिमालीसंचार संवाददाता
    ४७५ पटक

    भोजपुर – भोजपुर जिल्लाको षडानन्द नगरपालिका वडा नं. ३ का नवनिर्वाचित वडाध्यक्ष साङदेम्बा राईले जनमुखी तीन निर्णय सहित जनताको भावना र मर्मलाई बुझेर काम गर्ने र आफ्नो कार्यकाल भित्र सदैब जनताको सुख र दुखका सारथी बन्ने उद्घोष गर्दै पदभार ग्रहण गरेका छन्।  

    वडाध्यक्ष राईले सामाजिक सुरक्षा भत्ता (बृद्द भत्ता, अपांग भत्ता र एकल महिला बिधवा भत्ता) आफ्नै टोल टोलमा गएर वितरण गर्ने, वित्पन्न वर्गका नागरिकहरुको पहिचान गरी निशुल्क स्वास्थ्य विमा र गरिव तथा जेहेन्दार विधार्थीहरुको छनौट गरी छात्रवृत्ति प्रदान गर्ने महत्वपूर्ण तीन निर्णय सहित वडाध्यक्ष राईले पदभार ग्रहण गरेका हुन। 

    युवा समाजसेवीको पहिचान बनाएको राईले स्थानीय तहको निर्वाचनमा षडानन्द नगरपालिका वडा नं. ३ मा सत्तारुढ गठबन्धनबाट नेकपा माओबादी केन्द्रका तर्फबाट वडाध्यक्ष पदका उम्मेदवार बनेका राई सहित गठबन्धनका उम्मेदवारहरु प्यानलै बिजय भएका हुन।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    प्रचण्डले बताए माओवादी सक्रियताका साथ निर्वाचनमा भाग लिने

    काठमाडौं, असोज २०  – नेकपा माओवादी केन्द्रका पूर्वअध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी आगामी निर्वाचनमा सक्रियताका...

    ओली र लेखक पक्राउको माग गर्दै सुदन गुरुङको ह्याशट्याग अभियान सुरु

    काठमाडौँ, असोज २० – जेनजी आन्दोलनका क्रममा भएको दमनको विरोधस्वरूप ‘हामी नेपाल’ का संयोजक सुदन...

    एमालेभित्र नेतृत्वको बहस चर्किँदै, ११औं महाधिवेशनको तयारी तीव्र

    काठमाडौं, असोज २० – नेकपा एमालेभित्र जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तनबारेको बहस तीव्र बनेको छ। अध्यक्ष केपी...

    युवा शक्ति टीम कुवेतद्वारा नेपाली दूतावासमा ज्ञापनपत्र बुझाए

    कुवेत – नेपाली श्रमिकहरूको हक हित,सुरक्षा र समस्याहरूको समाधानको माग गर्दै कुवेतस्थित युवा शक्ति टीम कुवेतले नेपाली...

    आज २०८२ साल असोज २० गतेको राशिफल

    आज असोज २०, २०८२ (अक्टोबर ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...