News Portal

रियललाई कीर्तिमानी १४ औँ च्याम्पियन्स लिगको उपाधि

हिमालीसंचार संवाददाता
३५० पटक

ऐजेन्सी – लिभरपुललाई हराउँदै रियल मड्रिडले कीर्तिमानी १४ औँ पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ । पेरिसमा खेलिएको खेलमा भिनिसियस जुनियरले दोस्रो हाफमा गरेको एक मात्र गोल निर्णायक बन्यो ।

योर्गन क्लपको टोलीले स्पेनिस च्याम्पियनमाथि खेलको सुरुवातदेखि नै दबाबमा राखे पनि थियाबट कोर्टवाले एकपछि अर्को उत्कृष्ट बचाऊ गर्दै टोलीलाई खेलमा कायम राखेका थिए ।

 सन् २०१८ को फाइनलको बदला लिने मुडमा रहेका मोहमद शलाहको मात्र ६ वटा प्रहार कोर्टवाले विफल बनाएका थिए । योसँगै कार्लो एन्चेलोटी चारवटा च्याम्पियन्स लिग उपाधि जित्ने पहिलो म्यानेजर बनेका छन् । उनले यसअघि लिभरपुल र एसी मिलानसँग यो प्रतियोगिता जितेका थिए ।

प्रतिकृया दिनुहोस्

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...