News Portal

जन्मोत्सवको अबसरमा विनोद थापाले बिधालयमा गरे अक्षकोषको स्थापना

हिमालीसंचार संवाददाता
२४२ पटक

सिन्धुपाल्चोक – सिन्धुपाल्चोक इंद्रावती गाउपालिका वार्ड नं ११ स्थित श्री परोपकार आधारभुत बिधालयका भुपु विधार्थी विनोद थापा (राजीव)ले आफ्नो जन्मोत्सवको अवसरमा अक्षयकोषको घोषणा स्थापना गरेका छन् ।

आफुले अध्ययन सुरू गरेको बिधालयमा बिधार्थीको शैक्षिक उन्नति प्रगतिमा टेवा पुग्ने हेतुले जेहेनदार तथा अति बिपन्न बिधार्थीहरुका लागि एक लाख रुपैयाँको अक्षयकोष घोषणा गरेका हुन् । हरेक वर्ष जेठ १३ गतेका दिन रू१,००००० (एकलाख) बाट प्राप्त ब्याज जेहेन्दार तथा उत्कृष्ट भाई बहिनीहरुलाई हरेक वर्ष शैक्षिक सामाग्री प्रदान गरिने  बताएका छन्।

औपचारिक कार्यक्रममा आसन्न बैशाख ३० गते स्थानीय निर्वाचनमा विजयी हासिल गरेका इंद्रावती वडा नं. ११ का वडा अध्यक्ष रामजी माझी कार्यक्रमको प्रमुख अतिथी रूपमा अक्षकोष कर्ता बिनोद थापा ( राजिबलाई) वडा नं ११ मा शैक्षिक बिकास नया उदारणीय कामको थालनी गर्ने व्यक्ति भएकाले हार्दिक धन्यवाद दिएका थिए।  

विशेष अतिथिमा विधालय व्यावस्थापन समितिका अध्यक्ष शरण प्रसाद न्योपानेले बिधालय स्थापना भएको ३२ वर्षमा नया कामको सुरूवातले आफु धेरै आभारी भएको शिक्षक, अभिभावक बिधार्थी बिच खुशी व्यक्त गरेका थिए। 

अतिथि  तथा बिधालयका प्रसाशन बिदुर नेपालले आफुले अध्यापन गराएको पूर्व बिध्यार्थी बिनोद थापा (राजिव) जस्ता अरू पाँच दश जना जम्मिनु पर्छ जस अनुरूप यस परोकार आधारभुत बिधालयको भविष्य छिटै उन्नति प्रगति हुने विश्वास व्यक्त गरेका थिए।

अतिथिका रूपमा महिला प्रतिनिधि लाल कुमारी अधिकारीले जन्म दिनको शूभकामनाका साथै हाम्रो ठाउमा यस्ता मनकारी भावना भएका ब्यक्तित्व प्राप्त गर्दा खुसी ब्याक्त गरेकी थिइन्। 

कार्यक्रममा अतिथि कै क्रममा स्वदेश विदेश जहाँ रहे पनी आफ्नो गाउठाउलाई हाम्रो पालामा हाँमीले नगरे कसले गर्छ। आगामी दिनमा इंद्रावती ११ का सबै बिधालय तथा अन्य क्षेत्रमा यस्तै पवित्र काम गर्नुस भन्ने आशिर्वाद तथा जन्म दिनको शूभकामना उत्तम थापाले दिए। 

अन्त्यमा अक्षयकोष दाता थापाले विधालय व्यावस्थापन समिति, अभिभावक र विधार्थीहरुमा यसरी अमुल्य सल्लाह, सुझाप र समाजका लागि हातेमालो गर्न पाउदा खुशी व्यक्त गरेका थापाले निकटक भविष्यमा सकयोगका लागि प्रतिबद्ध रहेको बताए। 

प्रतिकृया दिनुहोस्

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...

निर्वाचनको निष्पक्षताबारे ओलीको चिन्ता, प्रधानमन्त्रीसँग सुरक्षा तयारीबारे छलफल

काठमाडौँ, माघ २२ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने...

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...