News Portal

  • रोस्टममा ओलीको आलोचना गरेको भन्दै एमालेले गर्‍यो संसद अवरोध

    हिमालीसंचार संवाददाता
    १७२ पटक

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आलोचना गरेको भन्दै एमालेका सांसदहरूले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेका हुन् ।

    प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै मन्त्री बडूले बिहीबारको प्रतिनिधिसभा बैठकमा ओलीले आयल निगमलाई सरकारले खारेज गर्न लागेको निराधार आरोप लगाएको बताएका थिए ।

    मन्त्री बडूले सरकारले नेपाल आयल निगमलाई निजीकरण गर्न लागेको भन्ने विषय पूर्णतः आधारहीन, भ्रामक र असत्य रहेको बताएका थिए । ‘निजीकरण नभई प्रशासनिक, वित्तीय एवं व्यवस्थापकीय रुपमा सुधार गरी चुस्त दुरुस्त राख्न, प्रतिस्पर्धी बनाउन अध्ययनमा रहेको जानकारी गराउन चाहन्छु । आपूर्तिलाई सहज र प्रतिस्पर्धी बनाउन आयल निगमका साथै निजी क्षेत्रलाई पनि आवश्यक सुझाव पेस गर्न योजना आयोगका उपाध्यक्षको कार्यदललाई कार्यादेश दिइएको छ,’ उनले भने, ‘निजी क्षेत्रलाई पेट्रोलियम पदार्थको सम्पूर्ण कारोबार सुम्पन लागेको भन्ने कुरामा कुनै सत्यता नभएको समेत स्पष्ट गर्न चाहन्छु । 

    यस गरिमामय संसद्‍मा प्रमुख प्रतिपक्षी दलका नेताले सरकारको नीति तथा कार्यक्रममा छलफलमा सहभागी हुनुहुँदै व्यक्त गर्नुभएको कतिपय टिप्पणीहरूप्रति नेपाल सरकार र यस मन्त्रालयको गम्भीर ध्यानार्षण भएको छ । देशभित्र पेट्रोलियम पदार्थमा निरन्तर मूल्यवृद्धि र आपूर्तिमा देशले भोग्दै आएकको असहज अवस्थामा असल उद्देश्यले यस विषयका विज्ञहरूबीच संसद्‍बाट छलफलपश्चात् गरिएको प्रयासको सकारात्मक पक्षको जानी वा नजानी, ख्यालै नराखी प्रतिपक्षी दलका नेताले राख्नुभएको विषय आधारहीन, भ्रामक एवं राजनीतिक पूर्वाग्रहपूर्ण टिप्पणी स्तरहीन एवं खेदजनक छ ।’

    मन्त्री बडूले पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेताले ‘सदनको रोस्ट्रम प्रयोग गरेर जनतालाई यति हल्का, आधारहीन र झुट्टा सन्देश सम्प्रेषण’ गर्नु ठीक नभएको भन्दै कमिसन खाएको आरोपको पुष्टि गर्न चुनौती दिएका थिए । आफू सत्तामा हुँदा कमिसनमा नै रमाएको र सत्ता बाहिर गुमाउनुपर्दाको पीडामा सरकारलाई आधारहीन आरोप लगाएको बडूको भनाइ थियो ।

    बडूले यस्तो अभिव्यक्ति दिइरहँदा एमालेका सांसदहरू सिटबाट उभिएर विरोध गरेका थिए । एमालेका सांसद खगराज अधिकारीले सरकारलाई सबै अनियमितताको छानबिन गर्न चुनौती दिएका थिए । ‘संसदीय समितिमा छानबिन होस्, हामी तयार छौं । मन्त्रीलाई जथाभावी बोल्ने छूट पाइन्छ ?,’ उनले भने ।

    सभामुख अग्निप्रसाद सापकोटाले सदनको अवरोध हटाउन अनुरोध गरेका थिए । उनले विपक्षी दलको प्रमुख सचेतकलाई मन्त्रीले बोलेका शब्द सुन्न र हेर्न अनि निष्कर्षमा पुग्न भनेका थिए । तर, एमाले सांसदहरू भने विरोध गरिरहे । त्यसपछि सभामुखले सदनको कारबाही १५ मिनेटका लागि स्थगित गरेका थिए । फेरि बैठक बस्दा पनि एमालेले अवरोध जारी राखेपछि स्थगित गरिएको छ ।

    संसद्‍मा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि सांसदहरूले छलफल गर्ने कार्यसूची रहेको छ । एमालेले बजेट अधिवेशनको पहिलो दिनमात्रै ८ महिना लामो संसद् अवरोध हटाएको थियो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    प्रचण्डले बताए माओवादी सक्रियताका साथ निर्वाचनमा भाग लिने

    काठमाडौं, असोज २०  – नेकपा माओवादी केन्द्रका पूर्वअध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी आगामी निर्वाचनमा सक्रियताका...

    ओली र लेखक पक्राउको माग गर्दै सुदन गुरुङको ह्याशट्याग अभियान सुरु

    काठमाडौँ, असोज २० – जेनजी आन्दोलनका क्रममा भएको दमनको विरोधस्वरूप ‘हामी नेपाल’ का संयोजक सुदन...

    एमालेभित्र नेतृत्वको बहस चर्किँदै, ११औं महाधिवेशनको तयारी तीव्र

    काठमाडौं, असोज २० – नेकपा एमालेभित्र जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तनबारेको बहस तीव्र बनेको छ। अध्यक्ष केपी...

    युवा शक्ति टीम कुवेतद्वारा नेपाली दूतावासमा ज्ञापनपत्र बुझाए

    कुवेत – नेपाली श्रमिकहरूको हक हित,सुरक्षा र समस्याहरूको समाधानको माग गर्दै कुवेतस्थित युवा शक्ति टीम कुवेतले नेपाली...

    आज २०८२ साल असोज २० गतेको राशिफल

    आज असोज २०, २०८२ (अक्टोबर ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...