
धरान – धरान उपमहानगरपालिका धरानका नवनिर्वाचित मेयर हर्कराज राई (साम्पाङ) धराको भानु चौकमा झाडु बोकर सरसफाई गर्न पुगेका छन् । नगर प्रमुख राई शहरलाई सफा राख्न र फोहोर नगर्न भन्दै धरानको मुटु मानिएको भानु चौकमा सरसफाईको लागि आफ्ना सहयोगी सहित पुगी सरसफाई गरेका हुन्।
नगर प्रमुख राईले झाडु लिएर आफैले सफाई समेत गरेका छन् भने नगर प्रमुख राई आफै सरसफाईमा जुटेपछि सहयोगी र अभियान्ताहरुले पनि राईलाई साथ दिएका थिए । कार्यभार सम्हालेको भोलिपल्टै बुधबार खानेपानीको मुहारको सफाई गर्न पुगेका नगर प्रमुख राईले त्यहाँ समेत फोहोर नगर्न र नियमित सरसफाई गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका थिए ।
बुधबारै नगर प्रमुख राईले बिहिबार हुने सरसफाई कार्यक्रममा सहभागि हुन सामाजिक संजालको प्रयोग गर्दै धरानेलाई झाडु बोकेर सहभागिहुन अनुरोध गरेका थिए । अभियान्ता र पत्रकारका विचमा रहेका राईले बस पार्क र टेम्पो स्टेण्डको बिच बिचमा डस्विन राख्न निर्देशन दिएका छन् । यसैविच मेयर राईले धरानको भानुचोकमा रहेको पव्लिक सौचालयको समेत निरीक्षण गरेका थिए ।