News Portal

कतारमा किरात समुदायले सामुहिक रुपमा ५०८२ औं उभौली साकेला चाड मनाए (फोटो फिचर)

हिमालीसंचार संवाददाता
४६२ पटक

गजेन्द्र खालिङ राई/दोहा – किरातहरूले आफ्नो महान् राष्ट्रिय चाड शालिवा श्यादर पिदार, यक्वा तङनाम, साकेला उभौली-५०८२ औं चाड कतारको दोहामा भव्य रूपमा मनाएका छन्।

कतारमासंगठीत तीन किराँती संस्थाहरू सुनुवार सेवा समाज, किरात याक्थुङ चुम्लुङ र किरात राई यायोक्खा शाखा कतारको किरात मूल समारोह आयोजक समितीद्धारा संयुक्त आयोजनामा शुभकामना आदानप्रदान तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको हो। 

आयोजित कार्यक्रममा सुनुवार सेवा समाज शाखा कतारका अध्यक्ष नीरबहादुर सुनुवारको सभापतित्वमा र नेपाल आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष पुरुषोत्तम सुनुवारको प्रमुख आतिथ्यमा व्यानर अनावरण र दिप प्रज्वलन साथ नेपाली राष्ट्रिय गान, कर्मभुमीलाई सम्मान साथ कतारको राष्ट्रिय गान र  “यो भुमी चुम्ने” किराँती राष्ट्रिय गानबाट कार्यक्रम शुरु गरिएको थियो ।

कार्यक्रममा उपस्थित सम्पुर्ण महानुभावहरुलाई स्वागत मन्तव्य तथा कार्यक्रमको महत्व बारेमा कार्यक्रमका उप-संयोजक किराया शाखा कतारका अध्यक्ष शंकरमान राईले प्रकाश पारेका थिए । तीन संस्थाका सुनुवार-नासो, लिम्बू-फेदङ्वा र राई-नछुङद्वारा प्रकृति पुजा गरिएको थियो। 

कार्यक्रममा गैर आवासीय नेपाली संघ, वैचारिक सस्थाहरु, महासंघ कतारमा आवद्ध मातृसंस्थाहरु, प्रदेश १ का सबै जिल्लाका संस्थाहरु, बग्मती प्रदेशका जिल्ला सस्थाहरु, पत्रकार तथा साहित्यिक सस्थाहरुको आतिथ्य रहेको थियो। कार्यक्रममा दर्जनभन्दा बढी वक्ताहरूले शुभकामना मन्तव्य राखेका थिए। दुई चरणमा गरिएको पहिलो औपचारिक कार्यक्रम किरात मुल समारोह समितिका सदस्य सचिव विवश लिम्बुले संचालन गरेका थिए भने दोस्रो चरणको सांस्कृतिक कार्यक्रम विनोद लिम्बु र प्रकृति राईले संचालन गरेका थिए ।  

सांस्कृतिक कार्यक्रम अन्तर्गत सुनुवार सेवा समाज शाखा कतारले मौलिक झाकी श्यादर सिल, किरात याक्थुम चुम्लुङले केलाङ र किरात राई यायोक्खा शाखा कतारले साकेला सिली प्रस्तुत गरेको थिए । साकेला सिलि बारे किराया शाखा कतारका पुर्वअध्यक्ष तथा सल्लाहकार धिरज राईले प्रस्ट्याएका थिए।

कार्यक्रममा तिनै संस्थाका कलाकारहरुले सबै बिधाका नृत्य तथा गायनद्वारा उपस्थित दर्शकलाई भरपुर मनोरन्जन दिएका थिए । कार्यक्रम अन्त्यमा उपस्थित सबैलाई उप-संयोजक कियाचु कतारका अध्यक्ष हर्क खजुमले धन्यवाद मन्तव्य राखेका थिए। औपचारिक र सांस्कृतिक दुबै कार्यक्रमको समापन किरात मुल समारोह समिती कतारका सयोजक सभापति नीर बहादुर सुनुवारले गरेको थिए।

तस्वीरः गजेन्द्र खालिङ राई, कतार

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...

रवि–बालेन सहकार्य लामो समय टिक्ने छैन: कांग्रेसको ठहर

काठमाडौं, माघ २८ – नेपाली कांग्रेसले हालको राजनीतिक परिस्थितिलाई सामाजिक सञ्जालमा देखिएको चर्चा भन्दा फरक...

प्रचण्ड भन्छन्: निर्वाचन माहोल नेकपाको पक्षमा बढ्दैछ

पोखरा, २८ माघ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

शंकास्पद रूपमा भारत लैजाँदै गरिएका बालबालिका फेला, ६ जनामाथि अनुसन्धान

दाङ, माघ २८ – बर्दिया मार्ग हुँदै भारततर्फ लैजाँदै गरिएका तीन जना नेपाली बालबालिकालाई प्रहरीले...